घरजग्गालगायत शेयर कर्जामा कडाइ, ‘व्यापार/ व्यवसाय सञ्चालन एवं विस्तारको वातावरण बनाऊ’

फागुन ७, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले करीब ४९ लाख सर्वसाधारण जोडिएको शेयर बजार कर्जामा गरिने कडाइले मूलतः साना लगानी प्रभावित हुनेतर्फ राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।  महासंघले शनिवार जारी गरेको विज्ञप्तिमा निक्षेपको ब्याज दर बढाउँदा बैंक वित्तीय संस्थामा रकम बढ्न नसकेको पछिल्लो ६ महीनाको अवस्था ज्ञात हुँदाहुँदै कर्जाको ब्याज दर बढाउनेतर्फ मौद्रिक नीतिको समिक्षा केन्द्रित हुँदा पूँजीको लागत थप बढन गई व्यवसायी र वित्तीय संस्थामा समेत समस्या देखिने सम्भावना बढेको उल्लेख गर्दै निक्षेप नबढनुका साथै कर्जा निक्षेप अनुपात तोकिएभन्दा माथि रहेको अवस्थामा बैंक दरमा गरिएको दुई प्रतिशत बिन्दुको वृद्धिले कर्जासमेत महंगिने उल्लेख  छ । कोभिड - १९ महामारीको तीन ओटा लहरसँग जुध्दै अर्थतन्त्र सुधारोन्मुख रहेका बेला अर्धवार्षिक समिक्षाले आर्थिक गतिविधि प्रभावित हुने देखिएको भन्दै महासंघले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले उत्पादनमूलक उद्योगलाई कम ब्याज दरमा कर्जा उपलब्ध गराउन अध्ययन गर्ने बिषयले औद्योगिकरणमा सहयोग पुग्ने देखिए पनि निजी क्षेत्रका अधिकांश सुझाव सम्बोधन नभएकाले व्यापार / व्यवसाय एवं लगानी प्रभावित हुने बताएको छ ।  बढदो आयात निरुत्साहित गर्न नीति केन्द्रित हुँदा यसले उत्पादन, मूल्य वृद्धि, राजस्व र रोजगारीमा नकारात्मक असर पर्नेतर्फ पनि उसले केन्द्रीय बैंकको ध्यानाकर्षण गराएको छ । महासंघले कोभिड - १९ महामारीका कारण संकटमा परेको व्यवसाय पुनरुत्थानका लागि पुनर्कर्जा, पुर्नतालिकीकरण र पुर्नसंरचनामार्फत राहत दिएको कन्द्रीय बैंकले तेस्रो लहरको प्रभाव कायमै रहेका बेला पुनर्कर्जाको ब्याजदरसमेत बढाइदिंदा विशेषगरि साना तथा मझौला उद्यमी प्रभावित हुने दावी गरेको छ । महासंघले मौद्रिक नीतिको समिक्षामा ट्रष्ट रिसिटलगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरिने भन्ने उल्लेख छ रहेको भन्दै नीतिको रुझान हेर्दा यी प्रकृतिका कर्जामा कडाइ गर्ने गरि ब्याजदर वृद्धिलगायतका उपाय अवलम्बन हुने देखिएको बताएको छ । भारतबाट क्रेडिट सुविधामा वस्तु आयात गर्न सकिने विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने भन्ने बुँदाले पनि भारतबाट हुने आयातमा कडाई गरिने संकेत गरेको भन्दै उसले निर्यात प्रवर्द्धन र मुलुकभित्र रकम भित्र्याउन अन्य उपाय अवलम्बन नगरि आयात घटाउने उपाय अबलम्बन गरिंदा यसले अनधिकृत व्यापार बढनुका साथै मूल्यसमेत अकासिने बताएको छ ।  महासंघको सुझाव बमोजिम उत्पादनमूलक उद्योगलाई अन्य व्यवसायभन्दा कम ब्याजदरमा कर्जा उपलब्ध गराउने गरि अध्ययन गर्ने भनि समिक्षामा उल्लेख हुनु स्वागतयोग्य रहेको भन्दै  उसले यसको तत्काल कार्यान्वयन गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले कोभिड महामारीबाट निजी क्षेत्रको पुनरुत्थानमा निक्कै सहयोगी नीति अबलम्बन गरेको भन्दै महासंघले अल्पकालिन उपाय नहेरि तरलता अभावका कारण समस्याग्रस्त निजी क्षेत्रको हितका लागि समिक्षामा लिइएका नीतिको पुनरावलोकन गरि व्यापार/ व्यवसाय सञ्चालन एवं विस्तारको वातावरण बनाउन आग्रह पनि गरेको छ । 

सम्बन्धित सामग्री

दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ

भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा गल्याङ नगरपिलका- ७ ठेगाना भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकै श्रीमती ३१ वर्षीया अस्मीता भण्डारी, (रिया वली भन्ने टिका कुमारी वली) रहेका छन् । विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाईने र …

लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनी छनोट

नेपाल बीमा प्राधिकरणले लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनीको प्रस्ताव छनोट गरेको छ। प्राधिकरणले आज सार्वजनिक गरेको सूचनाअनुसार लघु जीवन बीमा व्यवसाय गर्नका लागि तीन वटा र लघु निर्जीवन बीमा...

नयाँबजार सलीसल्लामा दर्ताबिनै व्यवसाय सञ्चालन

सिमकोट – सडक सञ्जाल जोडिएपछि नयाँबजार बनेको सलीसल्लामा दर्ताबिनै व्यवसाय सञ्चालन भइरहेको पाइएको छ। व्यवसाय दर्ता गर्ने निकाय नजिक नहुनु र नियमनकारी निकायको उपस्थिति नभएकै कारण एक वर्षयता दर्ताबिनै व्यवसाय सञ्चालन हुँदै आएका हुन्। हाल सलीसल्लामा सञ्चालन भएको एक होलसेल पसलमा काम गर्दै आएका सर्जन जेठाराले नयाँ स्थापना भएका अधिकांश होटल तथा पसल दर्ताबिनै सञ्चालन […]

जनस्वास्थ्यका मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने सुझाव

कोरोना महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरुले सरकारले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने सुझाव दिएका छन् ।विभिन्न पेशामा आवद्ध व्यवसायीहरुले कोरोनाको भयावह अवस्था देखिएपछि विगतका दिनमा सरकारले लकडाउन गर्ने गरेको र त्यसले अर्थतन्त्रमा ठूलो असर पारेको भन्दै अब कोरोनासँगै व्यवसाय सञ्चालन गर्न सरकारले सहजता प्रदान गर्नुपर्ने बताएका हुन् । संकटको बेलामा सरकारले पर्यटन […]

स्वास्थ्यका मापदण्ड पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न माग

काठमाडौँ, ७ माघ । कोरोना महामारीलाई ध्यान दिँदै व्यवसायीहरुले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । विभिन्न पेशामा आबद्ध व्यवसायीहरुले कोभिडको भयावह अवस्था देखिएको अवस्थामा लकडाउन गर्दा देशको अर्थतन्त्रमा ठूलो असर पारेको बताउँदै व्यवसायीहरुले कोरोना कहरको बीच पनि व्यवसाय सञ्चालन गर्न माग गरेका हुन् । संकटको बेलामा सरकारले पर्यटन […]

व्यवसायीहरुले भने : स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न दिनुपर्छ

कोरोना महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरुले सरकारले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् । विभिन्न पेशामा आवद्ध व्यवसायीहरुले कोरोनाको भयावह अवस्था देखिएपछि विगतका दिनमा सरकारले लकडाउन गर्ने गरेको र त्यसले अर्थतन्त्रमा ठूलो असर पारेको भन्दै व्यवसायीहरुले अब कोरोनासँगै व्यवसाय सञ्चालन गर्न सरकारले सहजता प्रदान गर्नुपर्ने माग गरेका हुन् ।

सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी ऐन ल्याउन माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी ऐन ल्याउन माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर महासंघले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी प्रष्ट ऐन ल्याउन आग्रह गरेको हो ।महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको टोलीले प्रधानमन्त्री देउवासँग प्रष्ट ऐन तथा नीति निर्देशिकाको अभावमा व्यवसाय सञ्चालनमा कठिनाई उत्पन्न भएको भन्दै यथासिघ्र ऐन निर्माणका लागि सरकारको ध्यानाकर्षण […]

‘उद्योग, व्यवसाय सञ्चालन गर्न सहज वातावरण बनाऊ’

उनीहरूले औद्योगिक शान्ति कायम गरी विद्यमान कठिन परिस्थितिबाट चाडो बाहिर निस्कन तथा निर्वाधरूपमा उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाई राख्ने काममा सहयोग पुर्‍याउन सम्पूर्ण श्रमिकलाई आग्रह गरेका छन्।...

होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न वीरगञ्‍जका व्यवसायीको माग

११ असार, वीरगञ्ज । वीरगञ्जका व्यवसायीले होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आवश्यक स्वास्थ्य प्रोटोकल पुरा गरि होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्ने बातावरण बनाई दिन आग्रह गर्दै होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतले प्रमुख जिल्ला अधिकारी पिताम्बर […]

मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने तीन प्रतिष्ठानलाई कारबाही

रुपन्देहीमा मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने तीन प्रतिष्ठानलाई आज जिल्ला प्रशासन कार्यालयले जरिवाना  गरेको छ । जिल्ला अनुगमन समितिको नेतृत्वमा आज  भैरहवामा भएको अनुगमनको क्रममा मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने रुपन्देहीका तीन व्यवसायिक प्रतिष्ठानलाई जरिवाना गरिएको हो ।कार्यालयका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा रहेको आरके एग्रो इण्डष्ट्रिजलाई ५० हजार, वडा नम्बर ६ मा रहेको निमा किराना पसललाई ५ हजार र वडानम्बर ४ कै अम्बे इन्टरनेशनललाई २० हजार जरिवाना गरिएको छ  । अन