व्यवसायीहरुले भने : स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न दिनुपर्छ

कोरोना महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरुले सरकारले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् । विभिन्न पेशामा आवद्ध व्यवसायीहरुले कोरोनाको भयावह अवस्था देखिएपछि विगतका दिनमा सरकारले लकडाउन गर्ने गरेको र त्यसले अर्थतन्त्रमा ठूलो असर पारेको भन्दै व्यवसायीहरुले अब कोरोनासँगै व्यवसाय सञ्चालन गर्न सरकारले सहजता प्रदान गर्नुपर्ने माग गरेका हुन् ।

सम्बन्धित सामग्री

रात्रिकालीन व्यवसाय सञ्चालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने चेतावनी

काठमाडौँ- रात्रीकालीन व्यवसायीहरूले व्यवसाय सञ्‍चालन गर्न पाउनुपर्ने माग गरेका छन् । व्यवसाय गर्न नपाए लाखौं मजदुर तथा व्यवसायीलाई सडकमा उतार्ने चेतावनी दिएका छन् । शुक्रबार (आज) राजधानीमा आयोजित पत्रकार सम्मेलनमा व्यवासायीहरूले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रीकालीन व्यवसाय सञ्‍चालन गर्न नदिए १ लाख व्यवसायी…

रात्रीकालिन व्यवसाय सञ्चालनको अनुमति दिन सरकारसँग आग्रह

काठमाडौं । रात्रीकालिन व्यवसायीहरुले व्यवसाय सञ्चालनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेका छन् । व्यवसाय सञ्चालनका लागि एकहप्ते अल्टिमेटम दिँदै उनीहरुले नभए लाखौंलाई सडकमा उतार्ने चेतावनी समेत दिएका छन् । शुक्रबार रिपोर्टस क्लबमा भएको साक्षत्कारमा व्यवसायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रीकालिन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदूरसहित सडक संघर्षमा […]

रात्रिकालीन व्यवसाय एक साताभित्र सञ्चालन गर्न नदिए आन्दोलन गर्ने चेतावनी

काठमाडौँ– रात्रिकालीन व्यावसायीहरूले एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरूले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदुरसहित सडक संघर्षमा उत्रने चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा रात्रिकालीन मनोरञ्जन व्यवसायी संघका अध्यक्ष आशिष खड्काले […]

रात्रिकालीन व्यवसाय एक साताभित्र सञ्चालन गर्न नदिए आन्दोलन गर्ने चेतावनी

काठमाडौँ– रात्रिकालीन व्यावसायीहरूले एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै व्यावसायीहरूले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदुरसहित सडक सङ्घर्षमा उत्रिने चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा रात्रिकालीन मनोरञ्जन व्यवसायी संघको अध्यक्ष आशिष खड्काले सरकारले […]

कोभिड महामारीले पुनः सुस्ताउँदै पर्यटन क्षेत्र

काठमाडौं । कोभिड महामारीको असरबाट विस्तारै लयमा फर्किंदै गरेको नेपालको पर्यटन क्षेत्र कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को त्रासले पुनः सुस्ताउन थालेको छ । पर्यटन क्षेत्रले लय लिँदै गर्दा ओमिक्रोन भेरियन्ट संक्रमण बढेसँगै  पर्यटन क्षेत्र प्रभावित भएको छ । पछिल्ला दिनमा निरन्तर बढिरहेको संक्रमणले व्यवसायी मात्रै होइन, आम सर्वसाधारणलाई चिन्तित तुल्याएको छ । महामारीको प्रतिकूल परिस्थितिका बीच स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटन व्यवसाय चलायमान बनाउन व्यवसायीले माग गरेका छन् । कुल जनसंख्यामध्ये आधाभन्दा बढीले कोभिडविरुद्धको खोप लगाएको र पछिल्लो भेरियन्ट ‘डेल्टा’जस्तो खतरनाक नभएको विज्ञले बताइरहेका छन् । तथापि, नयाँ भेरियन्टले चाँडो संक्रमण फैलने र माघको मध्यतिर अस्पतालमा बिरामीको चाप बढ्ने विज्ञको भनाइ छ । कोभिड संक्रमितको ग्राफ हेर्दा पछिल्ला १० दिनमा अत्यधिक संख्यामा संक्रमित बढेका छन् । पुसको तेस्रो साता झन्डै ३०० हाराहारी संक्रमित रहेकोमा पुस मसान्तसम्म पुग्दा पाँच हजार नाघिसकेको छ । पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि महामारी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । यसै सन्दर्भमा पर्यटन क्षेत्रका व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिन माग गरेका हुन् । साथै उनीहरूले कोरोना संक्रमण भन्दै हठात् लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशयी भएको भन्दै त्यस्ता निर्णय नगर्न पनि सरकारसँग अनुरोध गरेका छन् । संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलायमान बनाउनुपर्ने व्यवसायीको सुझाव छ ।      होटल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिनुपर्ने बताए । ‘संक्रमण बढे पनि एक्कासि बन्दाबन्दी गर्नु हुँदैन । मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिनुपर्छ, अत्यधिक संक्रमण बढेका विश्वका अन्य मुलुकले पनि यही अभ्यास गरिरहेका छन्,’ उनले भने । स्वास्थ्य र आर्थिक क्षेत्रलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा सरकार र निजीक्षेत्रको समन्वयका साथ प्रभावकारी कदम अविलम्ब अघि बढाइनुपर्ने उपाध्यक्ष शाहको भनाइ छ । महामारीको त्रासले होटल क्षेत्र पनि सुनसान जस्तै छन् । विदेशी पर्यटक उल्लेख्य मात्रामा नआउँदा होटल खोल्ने र पाहुना कुर्नुपर्ने अवस्था मात्रै भएको एयरपोर्ट होटलका सञ्चालक समेत रहेका उपाध्यक्ष शाहले बताए । ‘होटल व्यसाय सुस्त छ, व्यापार छैन, होटल खोलेर के गर्नु मानिसमा अन्योल छ,’ उनले भने । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले कोभिडविरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए । कोभिड–१९ का अघिल्लो लहरजस्तो यो पटकको भेरियन्ट बढी घातक नभएको विज्ञले बताइरहेको र खोपको मात्रा बढेर स्वास्थ्य मापदण्डको पालनामा पनि विशेष ध्यान दिइरहेको अवस्था भएकाले तत्कालै बन्दाबन्दीमा नगरेर पर्यटन क्षेत्रलाई सञ्चालन गरिनुपर्ने नेपाल पर्वतारोहण संघ (एनएमए)का महासविच कुलबहादुर गुरुङले बताए । उनका अनुसार योपटक वसन्तकालीन पर्वतारोहणका लागि बुकिङ राम्रो छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खोमबहादुर सुवेदीले महामारीबाट सतर्कता अपनाएर व्यवसायलाई चलायमान बनाउन सरकार र निजीक्षेत्रले प्रभावकारी कार्ययोजनाका साथ काम गर्नुपर्ने खाँचो औंल्याए । यस्तै प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बडुवालले कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको र व्यवसायलाई कसरी सञ्चलन गर्ने भन्नेबारे सरकार र निजी क्षेत्रको समन्वय र सहकार्य जरुरी भएको बताए । पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्था हेरेर पर्यटन प्रवर्द्धनको रणनीति परिवर्तन गर्न सुझाव दिए । यस्तै एक्सपिडिसन अपरेटर एशोसिएशनका अध्यक्ष डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउनुपर्ने सुझाए । रासस

सुनसान लेकसाइड : पर्यटक कुर्दै पोखराका पर्यटन व्यवसायी

पोखरा : कोरोना महामारीका कारण करिब दुई वर्षसम्म थलिएको पोखराको पर्यटन व्यवसाय बिस्तारै उठ्न खोज्दै छ। सरकारले स्वास्थ्य मापदण्ड अपनाउँदै व्यवसाय सञ्चालन गर्ने अनुमति प्रदान गरेपछि बन्द रहेका होटल र रेस्टुरेन्टका ताला खुलेका छन्। ताला खुले पनि पोखरामा पर्यटकको चहलपहल भने न्यून देखिन्छ। कोरोनाको पहिलो लहरको सामना गरिसकेको पोखराको पर्यटनले…

पलायन हुने खतरामा पार्टी प्यालेस, सरकार गुहार्दै व्यवसायी

कोरोना महामारीसँगै करीब दुई वर्षदेखि ठप्प भएको पार्टी प्यालेस व्यवसायीहरुले व्यवसाय बिउँत्याउन सरकारले सहयोग गर्नु पर्ने माग गरेका छन् । यस विषयमा केही दिन अघि व्यबसायीले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए । व्यवसायीहरुले दुखेसो थियो, आफूहरुको रोजीरोटी नै बन्द हुने अवस्थामा पुग्यो स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउँ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीसँग भेट गरी व्यवसायीको तर्फबाट क्षमताको ३५ प्रतिशत रहने गरी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिन माग गरेको इभेन्ट भेन्यु एसोसिएन अफ नेपालका महासचिव उत्तम प्रकाश शर्माले गोरखापत्रलाई जानकारी दिनुभयो । काठमाडौंमा रहेका करीब १५० पार्टी प्यालेस व्यवसायीहरुले प्रजिअ शर्मासँग गुनासो पोख्दै होटल व्यवसाय सञ्चालन हुदाँ पार्टी प्यालेस व्यवसायलाई ठप्प पार्नु सान्दर्भिक नभएको गुनासो गर्नुभएको थियो । यस अघि जिल्ला प्रशासन कार्यालयले २५ जनासम्म भेला भई विवाह लगायतका पार्टी गर्न पाउने निर्णय गरिसकेको छ । व्यक्तिगत दुरी कायम, मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गरीस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा अपनाएर क्षमताको ३५ प्रतिशतसम्म सहभागि गराई व्यवसाय खोल्ने पक्षमा व्यवसायिहरु उभिएको शर्माले बताउनुभयो । कतिपय पार्टी पार्टी प्यालेसमा १५ सय जनासम्म आट्ने क्षमता रहेको छ ।

मुस्ताङका होटल खुले, मुक्तिनाथ मन्दिर खोल्ने तयारी

कोरोना भाइरसको जोखिम बढेपछि बन्द भएको हिमालपारिको जिल्ला मुस्ताङका होटल व्यवसायहरु बिहीबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । होटल व्यवसायी संघकै पहलमा मुक्तिनाथ मन्दिर तथा कागबेनीमा पनि सर्वसाधारणका लागि पूजाआजा खुला गर्नका लागि पहल शुरु भएको छ । बाहिरी जिल्लाबाट प्रवेश गर्नका लागि पनि स्थानीयको अनुमति बिना रोक लगाइएको अवस्थामा मुस्ताङमा अब भने सबैका लागि स्वास्थ्य मापदण्ड अपनाएर खुला गरिएको हो । विश्वभर फैलिएको कोरोना भाइरसको त्रासले गतवर्षको चैतदेखि बन्द रहेका मुस्ताङका होटलहरु बिहीबारदेखि खुल्ने निर्णय गरिएको होटल व्यवसायी संघ मुस्ताङका अध्यक्ष खगेन्द्र तुलाचनले बताउनुभयो । पर्यटकको लागि आकर्षक धार्मिक स्थल कागबेनी तथा मुक्तिनाथ जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई बस्नका लागि रोक लगाइएको मुस्ताङमा अब होटल तथा रेष्टुरेन्टहरु खुला गरिएको अध्यक्ष तुलाचनले बताउनुभयो । कोरोना भाइरसको जोखिम बढेपछि गत चैतदेखि आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गर्न रोक लगाइएको मुस्ताङमा होटल सञ्चालन गर्ने सन्दर्भमा बुधबार व्यवसायीहरुको बैठकले निर्णय गरेको अध्यक्ष तुलाचनले बताउनुभयो । मुस्ताङ र कास्कीको घान्द्रुकका होटलहरु नखुल्दा म्याग्दीमा होटल तथा रेष्टुरेन्ट खुला गरेर बसेका व्यवसायीहरु मर्कामा परेका थिए । त्यस्तै कास्कीको घान्द्रुक क्षेत्रका र मुस्ताङका होटल बन्द हुँदा धवलागिरिभित्रका म्याग्दी, बागलुङ र पर्वतका ब्यवसाय समेत संकटमा परेपछि होटल ब्यवसायी संघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय म्याग्दीमार्फत ज्ञापनपत्र समेत बुझाएको होटल व्यवसायी संघ म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्यले बताउनुभयो । होटल व्यवसायी संघ मुस्ताङको बुधबारको बैठकले राज्यले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर होटल व्यवसाय सञ्चालन गर्ने, मुक्तिनाथ तथा कागबेनीमा पूजाआजाको लागि आग्रह गर्ने तथा अन्य जिल्ला एवम् आन्तरिक र बाह्य पर्यटकलाई मुस्ताङ आउन आग्रह गर्ने निर्णय गरेको होटल व्यवसायी संघ मुस्ताङका अध्यक्ष तुलाचनले बताउनुभयो । यस भन्दा पहिला मुस्ताङका होटल व्यवसायीले फागुन १ गते मात्र होटल खोल्ने निर्णय गरेका थिए । उक्त निर्णयपछि ट्रेकिङ एसोसियसन कास्की, होटल व्यवसायी संघ म्याग्दी लगायतले पटकपटक गरेको आग्रह एवं प्रशासनको आग्रहलाई ध्यानमा राख्दै होटल खुलाउन माग गरेकाे छ ।