होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न वीरगञ्‍जका व्यवसायीको माग

११ असार, वीरगञ्ज । वीरगञ्जका व्यवसायीले होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आवश्यक स्वास्थ्य प्रोटोकल पुरा गरि होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्ने बातावरण बनाई दिन आग्रह गर्दै होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतले प्रमुख जिल्ला अधिकारी पिताम्बर […]

सम्बन्धित सामग्री

आर्थिक मन्दी लागेपछि बुटवलका घरधनीले घटाउन थाले भाडा

रुपन्देही । आर्थिक मन्दी का कारण व्यवसायी विस्थापित भएर घर खाली हुन थालेपछि रुपन्देहीको बुटवलमा घरधनीहरुले घरभाडा घटाउन थालेका छन् । कोरोना महामारीपछि संकटमा परेका होटल तथा पर्यटन व्यवसाय सञ्चालन भएका घरधनीहरुले भाडा घटाउन शुरु गरेको व्यवसायीहरुले जनाएका छन् । कोराना संक्रमणले समस्यामा परेका पर्यटन व्यवसायी आर्थिक मन्दीका कारण थप समस्यामा परेकाले घरभाडा घटाउन माग […]

होटल खोल्न अनुमति माग्दै पर्सा प्रशासनमा ज्ञापन

असार ११, वीरगञ्ज  । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन् । होटल तथा पर्यटन व्यावसायी संघ वीरगञ्जले शुक्रवार पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।  कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण व्यवसाय ठप्प हुँदा व्यवसाय थलिएको भन्दै स्वास्थ्य सतर्कताका मापदण्ड पलाना गरेर व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने व्यवसायीहरूले बताएका छन् ।  सरकारले निषेधाज्ञा खुकुलो गर्दै निजी सवारी सञ्चालनमा ल्याइसकेको र हवाई यातायातसमेत खुलाउने तयारी गरेकाले होटल र पर्यटन व्यवसाय बन्द राख्नुको औचित्य नभएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तको भनाइ छ ।  गत बैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञायता व्यवसाय थप संकटमा परेको अध्यक्ष पन्तको भनाइ छ । २०७६ चैतदेखि ६ महीनासम्म लगाइएको बन्दबन्दी र निषेधाज्ञा हटाउँदा पनि स्थानीय होटल र पर्यटन व्यवासाय आंशिक रुपमा मात्र खुलेको थियो ।  बन्दाबन्दी र निषेधाज्ञा हटे पनि सिमा नाकाबाट सवारी आवागमन नखोल्दा सीमावर्ती क्षेत्रको होटल तथा पर्यटन व्यवासाय चल्न सकेको थिएन । यसबाट व्यवसाय थप मारमा परेको गुनासो उनीहरूको छ ।  यसपटक जिल्ला कोभिड व्यवस्थापन केन्द्रले असार तीन गतेदेखि अन्य क्षेत्र खुकुलो पारेको अवस्थामा होटल र पर्यटन व्यवसाय खोल्ने अनुमति नदिएको गुनासो पन्तले गरे । ‘कोरोनाको दोस्रो लहरमा व्यवसाय झन् संकटमा परेको छ । होटल ऋणको ब्याज, किस्ता, घर भाडासमेत तिर्न नसक्ने अवस्था पुगेका छन्,’ उनले सञ्चारकर्मीहरूसित भने ।

पर्यटन व्यवासायीद्वारा छुट माग

होटल तथा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूले बैंकबाट लिएको व्यावसायिक कर्जाको व्याजमा ५० प्रतिशत छुट गराईदिन माग गरेका छन् । कोरोना भाइरसको महामारी दिनानुदिन तीव्र गतिमा संसारभर फैलिँदो रहेको तथा यसको संक्रमणबाट सुरक्षित रहन हरेक देशका नागरिकहरू अहिले आ–आफ्नै घरभित्र बस्न बाध्य भएकाले स्वदेश तथा विदेशका पर्यटकहरूको भरमा चल्ने होटल तथा पर्यटन व्यवसाय त पूर्णरूपमा धारासायी हुने भन्दै होटल तथा पर्यटन व्यवसायी संघ नेपालले होटल तथा पर्यटन व्यवसायमा सरकारका तर्फबाट लगाइएका सम्पत्तिकर, व्यवसायकर, मूल्य अभिवृद्धि कर, विभिन्न प्रकारका राजस्वहरूमा छुटको व्यवस्था गर्नुका साथै विभिन्न दस्तुरहरू, पानी, बिजुली लगायतका महसुलमा ५० प्रतिशत प्रतिशत छुट गरी राहतको व्यवस्था गराइदिनु पनि माग गरेको छ ।