स्वास्थ्यका मापदण्ड पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न माग

काठमाडौँ, ७ माघ । कोरोना महामारीलाई ध्यान दिँदै व्यवसायीहरुले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । विभिन्न पेशामा आबद्ध व्यवसायीहरुले कोभिडको भयावह अवस्था देखिएको अवस्थामा लकडाउन गर्दा देशको अर्थतन्त्रमा ठूलो असर पारेको बताउँदै व्यवसायीहरुले कोरोना कहरको बीच पनि व्यवसाय सञ्चालन गर्न माग गरेका हुन् । संकटको बेलामा सरकारले पर्यटन […]

सम्बन्धित सामग्री

लकडाउन हैन, व्यवसाय चलाउन देऊ : व्यवसायी

कोरोना संक्रमित बढ्दै जाँदा लकडाउन हुने डरमा रहेका व्यवसायीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने बताएका छन् । विगतमा सरकारले गरेको लकडाउनले अर्थतन्त्रमा ठूलो असर पारेको भन्दै उनीहरुले अब कोरोनासँगै जुधेर व्यवसाय सञ्चालन गर्न सहजता प्रदान गर्नुपर्ने माग गरे ।

कोभिड महामारीले पुनः सुस्ताउँदै पर्यटन क्षेत्र

काठमाडौं । कोभिड महामारीको असरबाट विस्तारै लयमा फर्किंदै गरेको नेपालको पर्यटन क्षेत्र कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को त्रासले पुनः सुस्ताउन थालेको छ । पर्यटन क्षेत्रले लय लिँदै गर्दा ओमिक्रोन भेरियन्ट संक्रमण बढेसँगै  पर्यटन क्षेत्र प्रभावित भएको छ । पछिल्ला दिनमा निरन्तर बढिरहेको संक्रमणले व्यवसायी मात्रै होइन, आम सर्वसाधारणलाई चिन्तित तुल्याएको छ । महामारीको प्रतिकूल परिस्थितिका बीच स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटन व्यवसाय चलायमान बनाउन व्यवसायीले माग गरेका छन् । कुल जनसंख्यामध्ये आधाभन्दा बढीले कोभिडविरुद्धको खोप लगाएको र पछिल्लो भेरियन्ट ‘डेल्टा’जस्तो खतरनाक नभएको विज्ञले बताइरहेका छन् । तथापि, नयाँ भेरियन्टले चाँडो संक्रमण फैलने र माघको मध्यतिर अस्पतालमा बिरामीको चाप बढ्ने विज्ञको भनाइ छ । कोभिड संक्रमितको ग्राफ हेर्दा पछिल्ला १० दिनमा अत्यधिक संख्यामा संक्रमित बढेका छन् । पुसको तेस्रो साता झन्डै ३०० हाराहारी संक्रमित रहेकोमा पुस मसान्तसम्म पुग्दा पाँच हजार नाघिसकेको छ । पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि महामारी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । यसै सन्दर्भमा पर्यटन क्षेत्रका व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिन माग गरेका हुन् । साथै उनीहरूले कोरोना संक्रमण भन्दै हठात् लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशयी भएको भन्दै त्यस्ता निर्णय नगर्न पनि सरकारसँग अनुरोध गरेका छन् । संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलायमान बनाउनुपर्ने व्यवसायीको सुझाव छ ।      होटल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिनुपर्ने बताए । ‘संक्रमण बढे पनि एक्कासि बन्दाबन्दी गर्नु हुँदैन । मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिनुपर्छ, अत्यधिक संक्रमण बढेका विश्वका अन्य मुलुकले पनि यही अभ्यास गरिरहेका छन्,’ उनले भने । स्वास्थ्य र आर्थिक क्षेत्रलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा सरकार र निजीक्षेत्रको समन्वयका साथ प्रभावकारी कदम अविलम्ब अघि बढाइनुपर्ने उपाध्यक्ष शाहको भनाइ छ । महामारीको त्रासले होटल क्षेत्र पनि सुनसान जस्तै छन् । विदेशी पर्यटक उल्लेख्य मात्रामा नआउँदा होटल खोल्ने र पाहुना कुर्नुपर्ने अवस्था मात्रै भएको एयरपोर्ट होटलका सञ्चालक समेत रहेका उपाध्यक्ष शाहले बताए । ‘होटल व्यसाय सुस्त छ, व्यापार छैन, होटल खोलेर के गर्नु मानिसमा अन्योल छ,’ उनले भने । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले कोभिडविरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए । कोभिड–१९ का अघिल्लो लहरजस्तो यो पटकको भेरियन्ट बढी घातक नभएको विज्ञले बताइरहेको र खोपको मात्रा बढेर स्वास्थ्य मापदण्डको पालनामा पनि विशेष ध्यान दिइरहेको अवस्था भएकाले तत्कालै बन्दाबन्दीमा नगरेर पर्यटन क्षेत्रलाई सञ्चालन गरिनुपर्ने नेपाल पर्वतारोहण संघ (एनएमए)का महासविच कुलबहादुर गुरुङले बताए । उनका अनुसार योपटक वसन्तकालीन पर्वतारोहणका लागि बुकिङ राम्रो छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खोमबहादुर सुवेदीले महामारीबाट सतर्कता अपनाएर व्यवसायलाई चलायमान बनाउन सरकार र निजीक्षेत्रले प्रभावकारी कार्ययोजनाका साथ काम गर्नुपर्ने खाँचो औंल्याए । यस्तै प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बडुवालले कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको र व्यवसायलाई कसरी सञ्चलन गर्ने भन्नेबारे सरकार र निजी क्षेत्रको समन्वय र सहकार्य जरुरी भएको बताए । पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्था हेरेर पर्यटन प्रवर्द्धनको रणनीति परिवर्तन गर्न सुझाव दिए । यस्तै एक्सपिडिसन अपरेटर एशोसिएशनका अध्यक्ष डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउनुपर्ने सुझाए । रासस

उद्योग व्यवसाय सञ्चालन गर्न माग

चितवनका उद्योगी–व्यवसायीले उद्यम व्यवसाय सञ्चालनको माग राखेका छन् । उद्योग वाणिज्य संघ चितवनले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई सोमबार ज्ञापनपत्र बुझाउँदै असार ११ गतेदेखि जनस्वास्थ्यका मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेको हो । कोभिड–१९ को दोस्रो लहरलाई रोकथाम तथा नियन्त्रण गर्न जिल्लामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा (लकडाउन) असार १० गते सकिँदैछ […]

खोपको व्यवस्था गरेर अर्थतन्त्र चलायमान बनाउन नाडाको माग

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल ले अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने बताएको छ। एसोसिएसनले सबै नेपालीलाई छिटो खोपको व्यवस्था गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएको हो। एक विज्ञप्ती निकाल्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर उद्योग/व्यवसाय सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्ने बताइएको छ।

ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग

ठमेल क्षेत्रका पर्यटन व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्। कोरोना भाइरसका कारण आठ महिनादेखि बन्द रहेको रात्रिकालीन व्यवसाय सामाजिक मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन्।

स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने क्यान महासंघको माग

२४ भदौ, काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) कारण लगाइएको निषेधाज्ञा र लकडाउनले गर्दा गरिखाने वर्ग अफ्ठ्यारोमा …