रुपन्देहीमा मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने तीन प्रतिष्ठानलाई आज जिल्ला प्रशासन कार्यालयले जरिवाना गरेको छ । जिल्ला अनुगमन समितिको नेतृत्वमा आज भैरहवामा भएको अनुगमनको क्रममा मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने रुपन्देहीका तीन व्यवसायिक प्रतिष्ठानलाई जरिवाना गरिएको हो ।कार्यालयका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा रहेको आरके एग्रो इण्डष्ट्रिजलाई ५० हजार, वडा नम्बर ६ मा रहेको निमा किराना पसललाई ५ हजार र वडानम्बर ४ कै अम्बे इन्टरनेशनललाई २० हजार जरिवाना गरिएको छ । अन