पूर्वअन्तर्राष्ट्रिय खेलाडी राणालाई ब्याडमिन्टन संघको सहयोग

काठमाडौं । पूर्वअन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी कल्पना राणालाई नेपाल ब्याडमिन्टन संघले मंगलबार सहयोग प्रदान गरेको छ । संघको पहलमा पदाधिकारी, प्रशिक्षक, खेलाडी तथा अन्य शुभचिन्तकहरूबाट संकलन गरिएको १ लाख ६६ हजार ५६० रुपैयाँ बराबरको रकम तथा खाद्यन्न सहयोग गरेको हो ।  ब्याडमिन्टनकी पूर्वप्रशिक्षक तथा पूर्वराष्ट्रिय च्याम्पियन राणा लामो समयदेखि 'ब्लड क्यान्सर'सँग संघर्ष गर्दै आइरहेकी...

सम्बन्धित सामग्री

प्रिन्सले बाइक पाउने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय ब्याडमिन्टन संघ नेपालले आफ्नो पूर्व घोषणा अनुरुप नेपालका नम्बर एक एवं पूर्व विश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई मोटरसाइकलसहितले सम्मान गर्ने भएको छ । नेपाल खेलकुद महासंघ अन्तरगतको रब्याडमिन्टन संघको आयोजनामा जारी १३ औं पुष्पलाल स्मृती वरियता राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अन्तिम दिन शनिबार प्रिन्सलाई सम्मान गर्न लागिएको जनाएको छ । […] The post प्रिन्सले बाइक पाउने first appeared on हाम्रो खेलकुद.

झापा ब्याडमिन्टनको अध्यक्षमा ढकाल

मेचीनगर (हाम्रो खेलकुद) – झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्ष दिपेश ढकाल चयन भएका छन् । झापाको मेचीनगरमा आज सम्पन्न संघको अधिवेशनले यसअघिका उपाध्यक्ष ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । भद्रपुर झापा गोल्ड कपका अध्यक्ष, झापा उद्योग संघका उपाध्यक्ष लगायत संघसंस्थामा आवद्ध ढकाल भेट्रान्स ब्याडमिन्टन खेलाडी हुन् । संघका निर्वतमान अध्यक्ष ललित तामाङको अध्यक्षतामा भएको […] The post झापा ब्याडमिन्टनको अध्यक्षमा ढकाल first appeared on हाम्रो खेलकुद.

एनएनआईपीएमा श्रेष्ठको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुदको करातेका दोहोरो स्वर्ण विजेता दीपक श्रेष्ठलाई निरन्तरता दिंदै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को साधारण सभा सकिएको छ । त्यस्तै निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय केन्द्रीय कार्यसमिति मंगलबार निर्विरोध चयन गरेको छ । संघको उपाध्यक्षमा सागकी दोहोरो स्वर्ण विजेता आयशा शाक्या (तेक्वान्दो), दीपक थापा (ब्याडमिन्टन), […] The post एनएनआईपीएमा श्रेष्ठको निरन्तरता first appeared on हाम्रो खेलकुद.

खुला तथा सी लेभल ब्याडमिन्टन प्रतियोगिता हुँदै

पर्वत : ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद’ भन्ने नारासहित पर्वत सदरमुकाम कुश्मा बजारमा खुला तथा सी लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।पर्वत स्पोर्टस् हाउस कुश्माको आयोजनामा पर्वत मोदीकाली ब्याडमिन्टन संघको कभर्डहल वडागाँउमा आउँदो भदौ ८ र ९ गते प्रतियोगिता हुन लागेको हो। प्रतियोगताका लागि जिल्ला खेलकुद विकास समिति र पर्वत मोदीकाली ब्याडमिन्टन संघको संयोजन रहेको छ।खुला ब्याडमिन्टन तर्फ नेपालका २० रेङकिङ भित्रका खेलाडी बाहेकका खेलाडीहरू प्रतियोगितामा सहभागी हुन पा

राखेपका पूर्व सदस्यसचिव सिंहको निधन

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव किशोरबहादुर सिंहको निधन भएको छ।सिंहको ७५ वर्षको उमेरमा बिहीबार दिउँसो १२ ३० बजे निधन भएको हो।  बुधबार राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।स्व. सिंह २०५९ देखि २०६३ सम्म राखेपको सदस्यसचिव थिए। ब्याडमिन्टनका खेलाडी समेत रहेकासिंह ६ पटक राष्ट्रिय च्याम्पियन बने। उनी नेपाल ब्याडमिन्टन संघको अध्यक्ष समेत बनेका थिए।उनको अन्त्येष्टि शुक

ब्याडमिन्टन : दीपेश र रशिलालाई उपाधि

राष्ट्रिय च्याम्पियन एपिएफका दीपेश धामी र सेनाकी रशिला महर्जनले प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि उचालेका छन् । पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन धामीले रिभाइभ लिजर पार्कका विश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई २१–१५, १२–२१, २१–१२ को अन्तरमा पराजित गर्दै उपाधि उचालेका हुन् । तृतीय स्थानमा पुलिसका जीवन आचार्य र विष्णु कटुवाल रहे । सेमिफाइनलमा जीवन दीपेशसँग र विष्णु प्रिन्ससँग पराजित भएका थिए ।भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएक

प्रिन्स अन्तिम १६ मा

रिभाईभका प्रिन्स दाहाल प्रथम राष्ट्रब्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिप २०२२ को अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । बिश्व जुनियर नम्बर १ खेलाडी प्रिन्सले १६ फिदरका सुजन थापा माथि २१–३, २१–११ को सहज जित निकाले ।भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको च्याम्पियनसिप अन्तरगत भएको खेलमा राष्ट्रिय च्याम्पियन दिपेश धामी पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । एपिएफका धामीले काठमाडौँ ब्याडमिन्टन एकेडेमीका बविश थापा माथि २१–७, २१–८ को सहज जित निकाले ।

पूर्वअन्तर्राष्ट्रिय खेलाडी राणालाई सहयोग प्रदान

पूर्व अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी कल्पना राणालाई नेपाल ब्याडमिन्टन संघले सहयोग प्रदान गरेको छ । संघको पहलमा संघका पदाधिकारी, प्रशिक्षक, पूर्व तथा हालका खेलाडीहरु तथा शुभचिन्तकहरुबाट संकलन गरिएको १ लाख ६६ हजार ५ सय ६० बराबरको रकम तथा खाद्यान्न सहयोग संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, सचिव नविन विक्रम शाह, प्रशिक्षक रजनी जोशी तथा किरण थापा र पूर्व च्याम्पियन बिकास श्रेष्ठले ललितपुर, बिष्टछापमा बसोबास गर्दै आइरहेकी राणालाई प्रदान गरेको हो ।ब्याडमिन्टनकी पूर्व प्रशिक्षक तथा पूर्व राष्ट्रिय च

एनबिए ब्याडमिन्टन अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने भनिएको योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अनिश्चित कालका लागि स्थगित भएको संघले जनाएको छ ।कोरोनाको कहर बढे संगै नेपालमा पनि कोरोनाका बिरामीहरुको संख्यामा बृद्धि भइरहेको अवस्थालाई उच्च जोखिम मध्य नजर राख्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सूचनाअनुसार अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको संघद्वारा जानकारी गराइएको छ । साथै खेलाडी सम्मानलाई पनि सोहि समयमा गरिने जानकारी गराएको छ ।यस अघि चैत्र १५ गते देखि आयोजना

यी हुन् उत्कृष्ट २६ खेलाडी, गौरिका र मण्डेकाजी बने सर्वोत्कृष्ट

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा चार स्वर्णपदक जितेकी गौरिका सिंह र दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा सिंह र श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी बनेका हुन्। उनीहरुले ग्लोबल आईएमई बैंकबाट प्रायोजित जनही १ लाख रुपैयाँ प्राप्त गरे। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी (एनएनआईपीए) ले अवार्डको १५औँ संस्करणमा २६ खेलाडीलाई सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडीबाट सम्मानित गरेको हो । उत्कृष्ट खेलाडीको सूची यसअघि नै एनएनआईपीएले सार्वजनिक गरिसकेको थियो । सम्मानित अधिकांश खेलाडी गत वर्ष स्वदेशमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी हुन् । उत्कृष्ट २६ खेलाडीमध्ये महिला र पुरुष सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान र राइजिङ प्लेयर अफ दि इयर घोषणा गरिएको थियो । सागकै दोहोरो स्वर्णपदक विजेता तेक्वान्दोकी आयशा शाक्य र सागमा स्वर्णपदक विजेता फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ प्रतिभावान खेलाडी घोषित भए । आयशा र र सुजनले युएसए एभरेष्ट तेक्वान्दोले प्रायोजन गरेको समान ५० हजार रुपैयाँ प्राप्त गरे । यसपटक थप राइजिङ प्लेयर अफ दि इयर अवार्ड सागका दोहोरो स्वर्णपदक विजेता गल्फका सुवास तामाङ र सागमा पहिलो पटक कुस्तीमा स्वर्णपदक जित्ने संगीता धामीले जितिन् । सुवास र संगीताले स्काई फिटले प्रायोजन गरेको समान ५० हजार रुपैयाँ पाए । एनएनआईपीए स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट खेलाडी गौरिका सिंह (पौडी) मण्डेकाजी श्रेष्ठ (कराते) सुजल श्रेष्ठ (फुटबल) पुरुषोत्तम बज्राचार्य (टेबल टेनिस) कल्पना परियार (सुटिङ) कुलबहादुर थापा (भलिबल) विकास थापा भारोत्तोलन (भारोत्तोलन) प्रदीप खड्का (लन टेनिस) रविना थापा (फेन्सिङ) कल्पना ओली (ह्यान्डबल) विपना ब्लोन (स्क्वास) मिनु गुरुङ (बक्सिङ) श्याम बुढाथोकी (खो खो) रत्नजित तामाङ (ब्याडमिन्टन) सोनी तामाङ (ट्राइथोलन) अन्जली चन्द (क्रिकेट) आयशा शाक्य (तेक्वान्दो) सुवास तामाङ (गल्फ) देविका खड्का (जुडो) सनातन मल्ल (आर्चरी) जुनी राई (उसु) अनुशा मल्ल (बास्केटबल) संगीता धामी (कुस्ती) मेनुकाकुमारी राजभण्डारी (कबड्डी) सन्तोषी श्रेष्ठ (एथलेटिक्स) बुद्धिबहादुर तामाङ (साइक्लिङ) सर्वोत्कृष्ट खेलाडी गौरिका सिंह (पौडी) मन्डेकाजी श्रेष्ठ (कराते) प्रतिभावान खेलाडी आयशा शाक्य (तेक्वान्दो) सुजल श्रेष्ठ (फुटबल) उदीयमान खेलाडी सुवास तामाङ (गल्फ) संगीता धामी (कुस्ती) पारा एथ्लेट केशव थापा (टेबल टेनिस) गजराज आदर्श खेल व्यक्तित्व अकवर शाह (कराते) एनएनआईपीए पत्रकारिता सम्मान रोशन सिंह राउत (अन्नपूर्ण पोष्ट)