राखेपका पूर्व सदस्यसचिव सिंहको निधन

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव किशोरबहादुर सिंहको निधन भएको छ।सिंहको ७५ वर्षको उमेरमा बिहीबार दिउँसो १२ ३० बजे निधन भएको हो।  बुधबार राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।स्व. सिंह २०५९ देखि २०६३ सम्म राखेपको सदस्यसचिव थिए। ब्याडमिन्टनका खेलाडी समेत रहेकासिंह ६ पटक राष्ट्रिय च्याम्पियन बने। उनी नेपाल ब्याडमिन्टन संघको अध्यक्ष समेत बनेका थिए।उनको अन्त्येष्टि शुक

सम्बन्धित सामग्री

पूर्व सदस्यसचिव सिंहको निधन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहको बिहीबार निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको हृदयघातका कारण निधन भएको ब्याडमिन्टन संघले जनाएको छ ।

राखेपका पूर्व सदस्यसचिव सिंहको निधन – देशसञ्चार

काठमाडाैँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव किशोरबहादुर सिंहको ७५ वर्षको उमेरमा निधन भएको छ। सिंहकाे बिहीबार दिउँसो  निधन भएको हाे।

पोखरा रंगशालामा प्याराग्लाइडिङ खेलाडी निसिमको सालिक स्थापना हुने

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदका दौरान प्रतिस्पर्धाकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको स्मृतिमा पोखरा रंगशालामा अर्धकदको सालिक स्थापना गरिने भएको छ । बुधबार साँझ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११५औं बोर्ड बैठकले खेलका दौरान ज्यान गुमाउने खेलाडीको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय गरेको राखेप सदस्यसचिव टंकलाल घिसिङले जानकारी […]

प्याराग्लाइडिङ अनुमतिको विषय उठाएकोमा प्राधिकरणप्रति राखेप सदस्यसचिव असन्तुष्ट

३१ असोज, पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङ प्रतिस्पर्धा हुँदै गर्दा दुर्घटनामा खेलाडीको मृत्यु भएपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले उडान अनुमतिको विषय उठाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार राष्ट्रिय प्याराग्लाइडिङ च्याम्पियनसिपका क्रममा पुरुष क्रसकन्ट्री विधामा नेपाल आर्मी क्लबका निसिम थापामगरको दुर्घटनामा निधन भएको थियो । टेकअफ […]

राखेपका पूर्व सदस्यसचिव राणाको निधन

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य सचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाको निधन भएको छ । उनको शुक्रबार राति ८५ वर्षको उमेरमा आफ्नै निवास काठमाडौँको बत्तीसपुतलीमा निधन भएको हो । उनी मिर्गौला रोग, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । मिर्गौला प्रत्यारोपणपछि राणा नियमित रूपमा डायलायसिस गर्दै आएका थिए ।राणाले राखेपको दुईपटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह […]

जसले नेपालमा ‘डाबर’ ब्राण्ड भित्र्याए...

काठमाडौं । सन् १८८४ मा भारतमा स्थापित ‘डाबर’ बहुराष्ट्रिय कम्पनीको रूपमा चर्चित छ । उक्त कम्पनीको ब्राण्ड नेपालमा भने सन् १९८९ मा भित्रिएको थियो, जसलाई नेपालमा भित्र्याउने श्रेय स्वर्गीय उद्योगी रुक्मशम्शेर राणालाई जान्छ । नेपालमा बहुराष्ट्रिय ब्राण्ड डाबरलाई भित्र्याएर अहिलेको ‘डाबर नेपाल कम्पनी’लाई जन्म दिएका उनै राणाको शुक्रवार साँझ निधन भएको छ । मिर्गाैलाको समस्या, मधुमेह र उच्च रक्तचापबाट पीडित ८५ वर्षीय राणाको काठमाडौंको बत्तीसपुतलीस्थित आफ्नै निवासमा निधन भएको हो । भारतीय कम्पनीको मुख्य लगानीमा स्थापित डाबर नेपालले अहिले १ हजारभन्दा बढीलाई रोजगारी दिएको छ भने वार्षिक कारोबार पनि १ हजार करोडमाथि रहेको कम्पनीका एक अधिकारीले जानकारी दिए । यो कम्पनीले अहिले नेपालबाट जुस, ‘च्यवनप्रास’, ‘हजमोला’ क्यान्डी जस्ता उत्पादन निर्यात गर्छ । डाबर नेपालका संस्थापक राणा लामो समय कम्पनीको प्रबन्ध निर्देशकको रूपमा कार्यरत रहेकोमा २ वर्षअघि भने अध्यक्षको रूपमा कम्पनीमा नियुक्त भएका थिए । सफल उद्योगीको रूपमा चिनिने उनको खेलकुदमा समेत सक्रिय सहभागिता थियो । उनले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव समेत भएर काम गरेका थिए । यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष र भारतका लागि नेपाली राजदूत भएका उनी नेपाल–भारत चेम्बर अफ कमर्शका अध्यक्ष समेत थिए । नेपाल–भारत चेम्बर्स अफ कमर्शका निर्देशक केएम सिंह नेपालमा पहिलो साग गेम गराउनेदेखि बहुराष्ट्रिय कम्पनी भित्र्याउन सक्रिय रहेका राणालाई एक असल व्यक्तिको रूपमा लिन्छन् । व्यवसाय र खेलकुदमा उनको योगदान अतुलनीय रहेको उनी बताउँछन् । डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले कम्पनीले अभिभावक गुमाएको बताए । स्वर्गीय राणाको शनिवार दिउँसो पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

राखेपका पूर्व सदस्यसचिव राणाको निधन

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव एवं पूर्वराजदूत रुक्म शमशेर राणाको निधन भएको छ। उनको गएराति ८५ वर्षको उमेरमा आफ्नै निवास काठमाडौं बत्तीसपुतलीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। राणा मिर्गौला,...

पूर्व राजदूत रुक्मशमशेर राणाको निधन

काठमाण्डाै - भारतका लागि पूर्व राजदूत रुक्मशमशेर राणाको निधन भएको छ । राणाको ८५ वर्षको उमेरमा बत्तीसपुतलीमा रहेको निवासमा गएराति निधन भएको ज्वाइँ अनिलकेशरी शाहले जानकारी दिनुभयो । मिर्गौला प्रत्यारोपणपछि उहाँले नियमित डायलाइसिस गर्दै आउनुभएको थियो । नेपाली कांग्रेसका संस्थापक नेता शुवर्णशमशेरका कान्छा छोरा रुक्मशमशेर सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बन्नुभएको थियो । साथै उहाँ नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपमा दुई पटक सदस्यसचिव रहनुभएको थियो । उहाँ अहिले ओलम्पिक कमिटीको मान...

पूर्वसदस्यसचिव सिंहको निधन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्यसचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ । पूर्वफुटबल खेलाडीसमेत रहेका सिंहको शुक्रबार राति छाउनीस्थित आफ्नै निवासमा निधन भएको नाति सुशील मल्लले जनाएका छन् । सिंह लामो समयदेखि दमको रोगबाट पीडित थिए । स्व. सिंह राखेपका सातौं सदस्यसचिव हुन् । उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्यसचिवको …