प्रिन्सले बाइक पाउने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय ब्याडमिन्टन संघ नेपालले आफ्नो पूर्व घोषणा अनुरुप नेपालका नम्बर एक एवं पूर्व विश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई मोटरसाइकलसहितले सम्मान गर्ने भएको छ । नेपाल खेलकुद महासंघ अन्तरगतको रब्याडमिन्टन संघको आयोजनामा जारी १३ औं पुष्पलाल स्मृती वरियता राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अन्तिम दिन शनिबार प्रिन्सलाई सम्मान गर्न लागिएको जनाएको छ । […] The post प्रिन्सले बाइक पाउने first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

बेनेली बाइक छुटसहित शून्य प्रतिशत ब्याजमा पाइने

इटालियन ब्रान्डका बेनेली बाइकको खरिदमा ग्राहकले एक लाख रुपैयाँसम्म छुटका साथै शून्य प्रतिशत ब्याजमा पाउने भएका छन् । कम्पनीले मोडेलअनुसार १५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म छुटका साथै २० मिनेटमा नै...

लाखको लोभमा लाखौं बुझाउँदा सडकको बास

काठमाडौं, पुस २ । बर्दियाको बारबर्दिया–५ का अर्जुन थारू ‘बाइक राइडर’को जागिरमा मासिक १ लाख तलब सुविधा पाउने गरी काठमाडौंको बसुन्धरास्थित प्रस्तुति म्यानपावरमार्फत गत जुलाई २४ मा युएई उडे । थारूसँगै अन्य ८० जना नेपाली सोही म्यानपावर कम्पनीलाई ५/५ लाख रूपैयाँ बुझाएर युएई उडेका थिए । नेपालबाट उड्नुअघि म्यानपावर कम्पनीले युएई पुगेको एक सातामा ‘बाइक […]

लाखको आसमा लाखौं बुझाउँदा सडकको बास

काठमाडौं । बर्दियाको बारबर्दिया–५ का अर्जुन थारू ‘बाइक राइडर’को जागिरमा मासिक १ लाख तलब सुविधा पाउने गरी काठमाडौंको बसुन्धरास्थित प्रस्तुति म्यानपावरमार्फत गत जुलाई २४ मा युएई उडे । थारूसँगै अन्य ८० जना नेपाली सोही म्यानपावर कम्पनीलाई ५/५ लाख रूपैयाँ बुझाएर युएई उडेका थिए । नेपालबाट उड्नुअघि म्यानपावर कम्पनीले युएई पुगेको एक सातामा ‘बाइक राइडिङ’को अनुमति […]

दराजको ‘सेल ११:११’ स्किम : सुजुकीका बाइक-स्कुटर किन्दा विशेष छुटको अवसर

काठमाडौं । दराजले ‘सेल ११:११’ स्किममा सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले नगद १० हजार रुपैयाँ फ्ल्याट छुट पाउने भएका छन् । दराजको तर्फबाट ५ हजारदेखि ११ हजार १११ रुपैयाँसम्म नगद छुट जित्न सक्नेछन् । यो अफर भीजी सुजुकीले ५ नोभेम्बरदेखि १९ नोभेम्बरसम्म दराजमा चल्ने ११:११ सेल स्किममा लागु हुने छ | भीजी अटोमोबाइल्स […]

टीभीएसको एक्सचेन्ज मेला

जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज र फाइनान्स मेला’ अन्तर्गत ‘बेजोड अनि अद्भूत एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ ।उक्त मेलामा ग्राहकले कुनै पनि ब्रान्डका पुराना बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा छुट तथा उपहारहरू पाउने कम्पनीले जनाएको छ । मेलामा सहभागी हुने ग्राहकले पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको मोटरसाइकल र स्कुटर लिँदा बजार […]

बाइक एसेम्बलको आडमा मन्त्री र व्यवसायीको लुट, उपभोक्तालाई छैन कुनै छुट

सरकारले स्वदेशमै सवारी साधनको एसेम्बललाई प्रोत्साहन गर्ने नीति लिएको भएपनि यसले उपभोक्तालाई कुनै लाभ नदिएको पाईएको छ । हाल जगदम्बा मोटर्स र बजाज नेपालले नेपालमै २ पांग्रे सवारी एसेम्बल गरिरहे पनि यसवापत उनीहरुले सरकारबाट पाएको सहुलियत उपभोक्तामा ट्रान्सफर भएको छैन। जसका कारण, एसेम्बल उद्योग स्वदेशमै राख्दा त्यसले कुनै पनि ‘भ्यालु एड’ गरेको छैन । बरु, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका शेखर गोल्छाको गोल्छा अर्गनाईजेशन अन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनी (पल्सर मोटरसाइकल) र शंकर ग्रुपको जगदम्बा मोटर्स (टीभीएस मोटरसाइकल)ले मोटो रकम फाइदा पाएका छन् ।मूल्यमा उपभोक्तालाई कुनै फाइदा भएनजनार्दन शर्माले बजेटमार्फत मोटरसाइकलको एसेम्बल नेपालभित्रै गर्ने उद्योगहरुलाई पार्टपूर्जाको आयातमा भन्सार छुटको व्यवस्था गरिदिएका छन् । नेपालमै एसेम्बल प्लान्ट राख्नका लागि उद्योगी व्यवसायीहरुले यो माग गर्दै आएका पनि थिए।तर, अपेक्षाकृत ‘भ्यालु एड’ नहुँदा सरकारले दिएको छुट केवल उद्योगीहरुले मात्रै पाएका छन् । सरकारबाट पाएको छुट बराबरको फाइदा उपभोक्तालाई पनि हुनुपर्ने हो । तर, विगतमा तयारी मोटरसाइकल ल्याएर बिक्रि गर्दा र यहीँ एसेम्बल गर्दामा मूल्यमा कुनै अन्तर छैन ।२ समूहलाई ६०० करोड फाइदामोटरसाइकलको एसेम्बलिङ उद्योग भनेको कुनै ठूलो मात्रामा बिजुली खपत गर्ने र पर्याप्त रोजगारी सिर्जना गर्ने उद्योग होइन । एसेम्बल भनेको विदेशमै बनेर आएका पार्टहरुलाई यहाँ ल्याएर जडान (फिटिङ) गर्ने काम मात्रै हो ।शेखर गोल्छाको बजाज (पल्सर) र साहिल अग्रवालको जगदम्बा मोटर्स (टीभीएस)ले मात्रै हाल नेपालमै बाइक एसेम्बल गरिरहेका छन् । यी २ उद्योगीले वार्षिक ६ सय करोड (६ अर्ब) रुपैयाँ फाइदा पाईरहेका छन् ।उनीहरुले यहाँ एसेम्बल गर्दा पार्टपूर्जामा मात्रै एउटा मोटरसाइकल बराबर ६० हजार छुट पाएका छन् । अर्कोतर्फ करमा २५ प्रतिशत छुट पाएका छन्।वार्षिक २ वटै उद्योगले २/२ लाखको संख्यामा बाइक एसेम्बल गर्छन् । यस आधारमा गोल्छाले पल्सर मोटरसाइकल एसेम्बल गर्दा वार्षिक ३ सय करोड (३ अर्ब) र शंकर अग्रवालले टीभीएस मोटरसाइकल एसेम्बल गर्दा वार्षिक ३ सय करोड (३ अर्ब) रुपैयाँ सरकारबाट छुट पाईरहेका छन्।शंकर ग्रुपका निर्देशक साहिल अग्रवाल छन् । उनैले हाल यो व्यवसाय पनि हेरिरहेका छन्। तर, उनीहरुले नेपालमै एसेम्बल गर्दा राज्यबाट छुट पाईरहे पनि उपभोक्तालाई भने कुनै छुट र सहुलियत दिएका छैनन् ।यस विषयमा गोल्छाले पार्टहरु ल्याउँदा ढुवानी नै महँगो पर्ने र एकै पटकमा नआउने भएकाले तयारी बाइक ल्याउनु र एसेम्बल गर्नुमा मूल्यमा कुनै अन्तर हुन नसकेको दाबी पेश गर्दै आएका छन्।जनार्दन शर्मा अर्थमन्त्री भएपछि स्वदेशमा उत्पादन बढाउँने भन्दै करको दर चलाईरहेका छन्। तर उनले करको दर चलाउँदा एकातर्फ राज्यले बिगतमा पाउँदै आएको अरबौं राजश्व गुमाईरहेको छ भने अर्कोतर्फ राज्यबाट अरबौं कर छुट पाउँदा छुट पाउने उद्योग व्यवसायले उपभोक्तालाई भने एक पैसाको 'राहत' दिएका छैनन्। सतहमा स्वदेशमा उत्पादन बढाउने भनेर नीति परिवर्तन गरीएपनि यसबाट राज्यले राजश्व गुमाईरहेको छ भने मुल्यमा उपभोक्तालाई कुनै सुविधा मिलेको छैन। राजश्व छुट नीतिले उद्योगी व्यवसायीलाई भएको आर्थिक लाभमा छुट दिने नीति बनाउनेहरु पनि लाभको हिस्सेदार बनेको आशंका गर्ने ठाउँ पर्याप्त भएको जानकारहरु बताउँछन् ।गत वर्ष महालेखाको प्रतिवेदनले पनि सरकारी छुट सुविधा लिएर स्वदेशमै सवारी एसेम्बल गरे पनि त्यसको लाभ देशको समग्र अर्थतन्त्र र उपभोक्ताले नपाएको भन्दै प्रश्न उठाएको थियो ।

मकवानपुर गोल्डकपको सर्वोत्कृष्ट खेलाडीलाई बुलेट बाइक

हेटौंडा –  यही जेठ १९ गतेबाट सञ्चालन हुन लागेको स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल पाउने भएका छन्। अघिल्लो वर्षझैँ यस वर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडा स्कुल अफ म्यानेजमेण्टका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन्। सर्वोत्कृष्ट खेलाडी छनौटका लागि आयोजक मकवानपुर जिल्ला फुटबल संघले समिति समेत निर्माण […]

दशैं तिहारमा सिभिल मलमा सपिङ्ग गर्दा बाइक उपहार

सिभिल मलले दशै तिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर आकर्षक उपहारहरू घोषणा गरेको छ । जस अन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २–भी बाइक, एलजी र सिजिका इलेक्ट्रोनिक आइटम, ट्राभल प्याकेज र गिफ्ट भौचरहरु रहेका छन् ।मलले एक हजार रुपैयाँ वा सोभन्दा बढी रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरि विभिन्न आकर्षक उपहारको घोषणा गरेको हो । मलमा सपिङ गर्ने एकजना भाग्यशाली ग्राहकले बम्पर उपहारअन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २–भी  बाइक पाउने सिभिल मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताए । त्य

दशैंतिहारमा सिभिल मलमा सपिङ्ग गर्दा टिभिएस अपाचे आरटिआर बाइक उपहार

असोज १३, काठमाडौं । सिभिल मलले दशैंतिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर आकर्षक उपहारहरु घोषणा गरेको छ । जसअन्तगर्त टिभिएस अपाचे आरटिआर १६० २भी बाइक, एलजि र सिजिका इलेक्ट्रोनिक आइटम, ट्राभल प्याकेज र गिफ्ट भौचरहरु छन् ।मलले १ हजार रुपैयाँ वा सोभन्दा बढि रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरि विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको हो । मलमा सपिङ गर्ने एक जना भाग्यशाली उपभोक्ताले बम्पर उपहारअन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २भी  बाइक पाउने सिभिल मलका मोर्कटिङ म्यानेजर अमिर ठकुरीले बताए। त्यस्तै हरेक साता एक जनालाई ग्यापु डटकमको तर्फबाट १० हजार रुपैयाँको नगद भौचर प्रदान गरिने पनि उनले बताए । असोज १२ देखि मंसिर ४ गतेसम्म चल्ने अफरमा एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता एक जोडीलाई कल्चर रिसोर्टमा २ रात ३ दिनको बसाइसहित पोखरा राउन्ड ट्रिपको पनि व्यवस्था रहेको छ। सिभिल मलमा सामान्न किन्ने उपभोक्ताले ७० प्रतिशतसम्म छूट पाउनेछन्। त्यस्तै सिभिल मलको सामाजिक संजालमा फलो गरेर पनि टिभिएस स्कुटर जित्न सकिनेछ । सिभिल मलको फेसबुक पेज लाइक, इन्स्टाग्राम फलो र युट्युब सस्ब्सक्राइब गर्ने मद्ये एक जनाले टिभिएस एनटिओआरक्यु स्कुटर जित्न सक्ने ठकुरीले बताए । मलले १ हजार रुपैयाँ वा सोभन्दा माथिको खरीदमा उपभोक्तालाई कुपन दिनेछ । सिभिल मल व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर र छुट्टै नियम पनि तयार गरेर मल सञ्चालनमा ल्याएको हो। ग्राहक र स्टोर प्रबन्धकहरूलाई मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ।

जनकपुरमा चोरी भएको बाइक एक वर्षपछि काठमाडौंमा भेटिँदा दंग

काठमाडौं : ‘मैले त निवेदन नै दिएको थिएन। काठमाडौंबाट तपाईको चोरी भएको बाइक भेटियो। लिन आउनुस् भनेपछि म त अचम्ममा परें’  प्र ३,०२०० १ प २८८७ नम्बर बाइकका धनी राम गोपाल डंगोलले बाइक पाएपछि थाहाखबरलाई सुनाए। चार दिनअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्तो जानकारी दिएको शब्दले रामको खुशीको सीमा नै रहेन। २०७६ साल कात्तिक १९ गते जनकपुरको मालपोत कार्यालयबाट उनको बाइक चोरी भएको थियो। चोरी भएपछि पाउने आशा नै उनले त्यागेका थिए।तर, हराएको एक वर्षपछि काठमाडौंमा उनको बाइक महाशाख