किबीको जाम उत्पादन शुरू

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा किबीको जाम (खुदो) उत्पादन शुरू गरिएको छ । स्थानीय सातजना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर किबीको जाम उत्पादन गर्न थालेका हुन् । उद्योगबाट उत्पादित जाम दिक्तेल बजार तथा आसपासका क्षेत्रमा विक्री हुँदै आएको सञ्चालक समितिका अध्यक्ष शुभचन्द्र राईले जानकारी दिए । ‘परीक्षण चरणमै रहेको जामले बजार मूल्य राम्रो पाएको छ,’ उनले भने, ‘पहिलो चरणमा पाँच सय ग्राम रू. तीन सय र ७०० ग्राम रू. चार सयमा विक्री भइरहेको छ ।’ जाम, जुस, स्क्वास, क्याण्डीलगायत १३ प्रकारका खाद्य वस्तु उत्पादन गर्ने गरी प्रशोधन उद्योग सञ्चालन गरिएको बताइएको छ । किबी, केरा, आँप, आल्चा, नास्पती, अम्बा, मेहेललगायतका फलफूलबाट विभिन्न प्रकारका खाद्य वस्तु उत्पादन गर्ने गरी उद्योग स्थापना गरिएको समितिका सचिव कविकुमार राईले जानकारी दिए । गत मङ्सिर २० गते घरेलु तथा साना उद्योग कार्यालय खोटाङबाट स्वीकृति लिएको फलफूल प्रशोधन उद्योगमा रू. २५ लाखभन्दा बढी लगानी रहेको छ । शुरुआती चरणमा रू. पाँच लाख लगानीमा उपकरण खरीद गरेर उद्योग स्थापना गरिएको अध्यक्ष राईले बताए । जिल्लामै पहिलोपटक फलफूल प्रशोधन उद्योग स्थापना भएपछि कृषक उत्साहित भएका छन् । आफूले उत्पादन गरेका किबी, केरा, आँप, आल्चा, नास्पती, अम्बा, मेहेललगायतका फलफूल खेर नजाने भएपछि कृषक उत्साहित भएका हुन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै खोलिएको उद्योगमा जिल्लाका विभिन्न ठाउँमा उत्पादन गरिएका फलफूल संकलन गरेर प्रशोधन गर्ने लक्ष्य राखिएको छ । प्रशोधन उद्योग अभावमा जिल्लाका कृषकले उत्पादन गरेका फलफूल यस अघिसम्म खेर जाने गरेको थियो । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय किबी उत्पादन बढ्न थालेको छ । केही वर्षदेखि मात्र उत्पादन हुन थालेको किबी अहिले प्रतिकेजी रू. २५० मा फार्मबाटै विक्री हुँदै आएको छ । जिल्लाका कृषकले उत्पादन गरेका किबी बाहिरी जिल्लासमेत निर्यात हुँदै आएको छ । जिल्लामा उत्पादित किबी पूर्वी तराई र काठमाडौंमा निकासी हुने गरेको कृषक बताउँछन् । रासस

सम्बन्धित सामग्री

बन्द हुने अवस्थामा द्रुत बस सेवा

काठमाडौं। गत असोज ३ गतेदेखि सरकारले सञ्चालन गरेको दु्रत बस सेवा बन्द हुने अवस्थामा पुगेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक अध्ययन नै नगरी सञ्चालनमा ल्याएकाले द्रुत बस सेवा बन्द हुने अवस्थामा पुगेको हो । मन्त्रालयले भक्तपुरको सूर्यविनायक–रत्नपार्क (१३ किलोमिटर) रूटमा २५ ओटा बस सञ्चालनमा ल्याएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा यातायात क्षेत्रमा एउटा ठूलो उपलब्धि भएको दाबी गरेका थिए । उक्त सेवा २ करोड रुपैयाँको लगानीमा शुरू गरिएको थियो । द्रुत बसलाई छुट्टै लेनमा गुड्ने सुविधाका लागि रातो रङ पोतिएको थियो । ती लेनमा दैनिक बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि साँझ ६ बजेसम्म दु्रत बस गुड्ने बताइएको थियो । तर अहिले यो सेवा अव्यवस्थित बनेको छ । द्रुत बस गुड्न छुट्टै लेनको व्यवस्था गरिए पनि सबै गाडी सोही लेनबाट गुड्दा दु्रत बस सेवा प्रभावकारी हुन नसकेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए । ‘द्रुत बस सेवा अन्तर्गत सञ्चालित बस र अन्य बस गुड्ने लेन एउटै भयो, जसले गर्दा यसको प्रभावकारिता घट्यो,’ उनले भने, ‘द्रुत यातायातको सेवा दिने विषयमा हामी नयाँ नै छौं, सिक्दै पनि छौं । सञ्चालनअघि अध्ययन पनि कम भयो । तिहारपछि यसलाई थप प्रभावकारी ढंगले अगाडि बढाउँछौं ।’ एम्बुलेन्स र दमकललाई भन्दा पनि बढी प्राथमिकतामा राखेर द्रुत बसका नाममा छुट्टै लेनको व्यवस्था गरिएकाले साधारण यात्रुवाहक बस तथा अन्य गाडीले घण्टौंसम्म ट्राफिक जाम खेप्नुपरेको भन्दै यसको आलोचना समेत हुँदै आएको छ । विभागका महानिर्देशक रिजालले तिहारपछि उक्त रुटमा चल्ने सबै सार्वजनिक यात्रुवाहक बसलाई द्रुत बस सेवा अन्तर्गत सञ्चालन गर्नेगरी अध्ययन भइरहेको बताए । मन्त्रालयले सो सेवा परीक्षणका लागि मात्रै शुरू गरिएको भन्दै व्यवस्थापनमा केही समस्या देखिनु स्वाभाविक भएको दाबी गरेको छ । मन्त्रालयकी सूचना अधिकारी शुभा श्रेष्ठले अब थप अध्ययनसहित प्रभावकारी रूपमा द्रुत बस सेवा शुरू गरिने उनले बताइन् ।

सूर्यविनायक–धुलिखेल सडक : काभ्रेपलाञ्चोकको साँगाबाट विस्तारको काम शुरू

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट निर्माण शुरू भएको छ । उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो । यी दुवै सडकखण्डको काम ठेक्का सम्झौता भएको ३६ महीनाभित्र सक्नुपर्नेछ । साँघुरो सडकका कारण वर्षेनि ट्राफिक जाम बढ्दै गएकाले उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार सोमवारदेखि पहिलो चरणमा साँगा–धुलिखेल सडकखण्ड विस्तार शुरू गरिएको हो । उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्न थालिएको छ । विस्तार गरिने कुल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किलोमिटरको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियो । साँगा–धुलिखेल सडकखण्डअन्तर्गत बनेपा नगरपालिकाको साँगा नजिक सडकको बाँयातर्फ होचो स्थानमा सोमवारदेखि पर्खाल बनाउन थालिएको छ । सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तारका लागि रू. चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का परेको थियो । दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी लामो छ । रासस

ग्वार्कोमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै बढ्न थाल्यो जाम (तस्बिरहरु)

ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य शुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ । आज बिहानबाट ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य शुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो । ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ । आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले शुक्रवारदेखि फ्लाइओभर निर्माण शुरू गरेको हो । फ्लाइ ओभर निर्माणका लागि डिजाइन लगायतका अन्य आवश्यक पूर्वतयारी भइसकेको छ । चक्रपथ बिस्तार आयोजनाअन्तर्गत बिस्

ट्राफिक जाम घटाउने उपाय

काठमाडौं उपत्यकामा ट्राफिक जाम भयावह बन्दै गइरहेको अवस्थामा सरकारले चक्रपथको ग्वार्कोमा फ्लाइओभर बनाउन कम्पनी छानेको छ र चाँडै नै सम्झौता गर्ने तयारी गरेको छ । तर, फ्लाइओभरले मात्रै उपत्यकाको ट्राफिक समस्यालाई समाधान गर्न कठिन देखिन्छ । दीर्घकालीन समाधान भनेको सार्वजनिक यातायात सुधार गर्नु नै हो । फ्लाइओभरपछि ठूला बसहरू सञ्चालन गर्न सकिने अवस्था आउन सक्छ । त्यस्तै मोनोरेललगायतका विकल्पमा पनि सरकारले अहिलेदेखि नै अध्ययन थालिहाल्नुपर्छ । काठमाडौंमा बस्ती फैलने क्रम अझै जारी छ । करीब करीब उपत्यकाका प्रायः सबै क्षेत्र घरले भरिइसकेका छन् यस शंकै छैन । उपत्यकाको सबैभन्दा फराकिलो सडक चीनले निर्माण गरिदिएको चक्रपथ मात्रै हो भन्दा हुन्छ । यही चक्रपथलाई आधार मानेर काठमाडौंमा बस्ती विस्तार भइरहेको हो । त्यही कारण यो चक्रपथबाट भित्र छिर्ने सबै चोकमा ट्राफिक जाम अत्यधिक हुने गरेको छ । चाबहिल, कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना, कलंकी, सीतापाइला, बालाजु, महाराजगञ्ज सबैभन्दा बढी जाम हुने क्षेत्रमा पर्छन् । त्यस्तै भित्री शहरमा पनि त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, बानेश्वर आदि क्षेत्र यस्तै ट्राफिक जाम हुने क्षेत्र हुन् । यो जामका कारण मुलुकले आर्थिक क्षति बेहोर्नुपरिरहेको छ भने थुप्रो मानिस सडकमा थुनिनुपर्दा उनीहरूको उत्पादकत्व पनि खेर जाने गरेको छ । ट्राफिक जामका आर्थिक लागत आफ्नो ठाउँमा छँदै छ, यसले वातावरणमा पुर्‍याएको थप क्षतिको हिसाबकिताब पनि डरलाग्दो देखिन्छ । तर, यस्तो डरलाग्दो ट्राफिक जाम हुने गरेको भए पनि त्यसलाई कसरी विकल्प दिन सकिन्छ भन्नेमा सरकारले गम्भीर भएर अध्ययन गरेको पाइँदैन । चक्रपथको तीनकुने–कलंकी खण्डको विस्तार भएपछि भने यस क्षेत्रमा फ्लाइओभर राख्न सरकारले केही प्रक्रिया शुरू गरेको छ । त्यसमध्ये ग्वार्को पहिलो प्राथमिकतामा परेको छ जसका लागि सरकारले स्रोतको सुनिश्चितता पनि गरिसकेको छ । नेपालसँग फ्लाइओभरको आफ्नो अनुभव छैन । ग्वार्कोमा यो बनेपछि क्रमशः यसलाई विस्तार गर्न सकिन्छ । फ्लाइओभरका लागि आवश्यक पर्ने जग्गासमेत उपलब्ध नहुने चोकहरू छन् । ती चोकमा कसरी ट्राफिक सहज बनाउने भन्नेमा पनि थप अध्ययन जरुरी छ । काठमाडौं उपत्यकामात्र होइन, बिस्तारै पोखरा, विराटनगर आदि ठूला समयमा पनि यही समस्या देखिने निश्चित छ । २ दशकयता उदाउँदो मध्यम वर्गका कारण गाडीको प्रयोग बढ्दो छ । त्यसमा पनि नेपालको सार्वजनिक यातायातको बेथितिका कारण मानिसहरूलाई गाडी किन्नुपर्ने बाध्यतासमेत छ । गाडी किन्न नसक्नेहरूले मोटरसाइकल किन्ने गरेका छन् । यी मोटरसाइकलको संख्या ज्यादै भएकाले ट्राफिक समस्या झनै थपिएको छ । खासगरी ट्राफिक नियम मिच्नेमा दुईपांग्रे सवारी भएको बताइन्छ । त्यसैले उपत्यकाका यातायात सुधार्न नसक्ने हो भने सडकमै धेरै समय जाने निश्चित जस्तै छ । अहिले नै ट्राफिक जामको अवधि थपेर घरबाट निस्कनुपर्ने अवस्था छ । त्यो समस्या झनै बढ्दै जाने देखिन्छ । त्यसैले यहाँको ट्राफिक जाम कम गर्न तत्कालीन र दीर्घकालीन नीति बनाएर काम गर्नुपर्ने देखिन्छ । अहिले निजी तथा सार्वजनिक सवारीका यात्रुहरूले भोग्नुपरेको सास्ती यसरी नै बढ्दै जाने हो भने काठमाडौंको वायुप्रदूषणको स्तर अत्यन्तै खराब हुने मात्र होइन, मानिसहरूमा मानसिक समस्यासमेत नआउला भन्न सकिँदैन । सरकारले ग्वार्कोमा फ्लाइओभर बनाउन कम्पनी त छनोट गर्‍यो तर त्यो छनोट पनि विवादमा परेको छ । यस्तो विवादले निर्माणको काम पछि धकेलिन पनि सक्छ । अतः पारदर्शी ढंगले कम्पनी छनोट गरिनु आवश्यक छ । दीर्घकालीन समाधान भनेको सार्वजनिक यातायात सुधार गर्नु नै हो । फ्लाइओभर पछि ठूला बसहरू सञ्चालन गर्न सकिने अवस्था आउन सक्छ । त्यस्तै मोनोरेललगायतका विकल्पमा पनि सरकारले अहिलेदेखि नै अध्ययन थालिहाल्नुपर्छ । यहाँ भइरहेको बसाइँसराइ रोक्न र यहाँका बस्तीहरू अन्यत्र स्थानान्तरण गर्न झनै सम्भव देखिँदैन । अतः यहाँको ट्राफिक व्यवस्थापनका लागि गम्भीर अध्ययन आवश्यक देखिन्छ ।

बेनी बजारको सडकमा आजदेखि एकतर्फी यातायात सञ्चालन

म्याग्दीको सदरमुकाम बेनी बजारभित्रको सडकमा बिहीवारदेखि एकतर्फी यातायात सञ्चालन गर्न थालिएको छ । बेनी नगरपालिकाको कार्यालयमा मंसिर १४ गते भएको सरोकारवालाको बैठकको निर्णयअनुसार नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बजारभित्रका सडकमा एकतर्फी यातायात सञ्चालन गर्न लागिएको हो ।   जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले सवारीसाधनको बढ्दो चापसँगै बजारभित्र हुने जाम हटाउन, यातायात आवत जावतलाई व्यवस्थित, सुरक्षित बनाउन र दुर्घटना न्यूनीकरण गर्न एकतर्फी यातायात सञ्चालन शुरू गरिएको जानकारी दिए । उनका...

महाधिवेशनस्थल पुग्दैछन् एमाले कार्यकर्ता, ठाउँठाउँमा जाम [तस्वीरहरू]

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ । महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ ।  देशका विभिन्न ठाउँबाट नेता/कार्यकर्ता नारायणी किनार पुगिरहेका छन् ।  एकैपटक धेरै ठाउँबाट कार्यकर्ताहरू पुग्दा अहिले नारायणी पुल वरपर तथा मुख्य राजमार्गमा पनि जाम भएको  छ ।

कोटेश्वर–जडीबुटी सडकमा २ लेन थपिँदै

काठमाडौं (अस) । काठमाडौंको कोटेश्वर चोकमा हुने ट्राफिक जाम व्यवस्थापन गर्न विभिन्न विकल्पहरूको अध्ययन तथा छलफलका बीच दाँयाबाँया २ लेनको सडक थपिने भएको छ । तीनकुने–कोटेश्वर–जडीबुटीसम्म नै हुने ट्राफिक जाम न्यूनीकरण गर्न कोटेश्वर चोकमा फ्लाईओभर, अण्डरपास वे र सुरुङमार्ग जस्ता विकल्पमा अध्ययन भएका छन् । ती अध्ययनबाट तत्काल कुन संरचना वा कुन विकल्पको संरचना निर्माण गर्ने भन्ने विषय एकिन हुन समय लाग्ने देखिएपछि सडक विभागले जडीबुटी–चोकदेखि कोटेश्वर चोक हुँदै चक्रपथसम्म जोड्ने गरी १ लेन सडक विस्तार गर्दै छ । साथै तीनकुने तर्फबाट कोटेश्वर–जडीबुटी सडक खण्डसम्म पुग्नेगरी बाँयातर्फबाट पनि १ लेनको सडक विस्तार गरिनेछ । यसमध्ये पहिलो चरणमा दाँयातर्फ १ लेनको सडक विस्तार भने जारी छ । विभागले पहिलो चरणमा विस्तार गर्दै आएको कोटेश्वर–जडीबुटी चोकसम्मको दाँयातर्फको थप १ लेनको सडक करीब ३ महीनामा सञ्चालनमा ल्याउने तयारी गरेको छ । विभागका प्रवक्ता शिवप्रसाद नेपालले कोटेश्वर चोकदेखि जडीबुटीसम्म १/१ लेनको सडक निर्माण गरिने जानकारी दिए । अहिले जडीबुटी चोकदेखि चक्रपथतिर आउने सवारीसाधनका लागि १ लेन थपिएको छ । यद्यपि जडीबुटी चोकमा एउटा घर अधिग्रहण र केही पसल व्यवस्थापन नहुँदा सञ्चालनमा ल्याउन समस्या भएको उनको भनाइ छ । उक्त चोकमा रहेका पसलहरूलाई मिलाएर पर्खाल लगाउने कार्यमा समन्वय भएमा उक्त लेन सञ्चालन गर्न सकिन्छ । ‘जडीबुटी चोकमा पर्ने सो घर अधिग्रहण गरी पहिला नै मुआब्जा दिएको भन्ने छ,’ नेपालले भने, ‘तर, उक्त विषयका कागजात नभेटिँदा पुष्टि हुन सकेको छैन, अधिग्रहणको समस्या सल्टिएमा ३ महीनाभित्र उक्त लेनमा यातायात सञ्चालन गर्न सकिनेछ ।’ गत असारमै लेन सम्पन्न गर्नेगरी सडक विभागले फागुनदेखि यो लेन निर्माण शुरू गरेको थियो । त्यसपछि कोभिडको समस्या, मुआब्जा जस्तो समस्याले गर्दा पूरा हुन भने सकेको छैन । कोटेश्वरचोकमा अत्यधिक सवारीसाधनको चाप हुँदा घण्टौं ट्राफिक जाम हुँदै आएको छ ।

मुस्ताङका किसानलाई स्याउ टिप्ने चटारो

असोज ४, म्याग्दी । मुस्ताङमा यतिबेला स्याउ टिप्ने चटारो शुरू भएको छ । जिल्लाका मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायत ठाउँका स्याउ बगैंचामा लटरम्मै स्याउ फलेको छ । स्याउको राजधानी समेत भनिने मार्फा र टुकुचेका बगैंचाहरू स्याउले राताम्मे भएका छन् । पाँचओटा गाउँपालिका रहेको मुस्ताङका विभिन्न ठाउँमा लगाइएको स्याउ पाकेपछि किसानहरूले स्याउ टिप्ने र बजार पठाउने तयारी शुरू गरेका हुन् । विगतका वर्षहरूमा तीजअघि नै स्याउ टिप्ने गरिएकोमा गुणस्तर कम भएको गुनासो आएपछि यस वर्ष बोटमै राम्रोसँग पकाएर असोज लागेपछि मात्र टिप्न शुरू गरिएको मार्फाका स्याउ किसान दीपक लालचनले बताए । अहिले स्याउ खरीद गर्नका लागि स्थानीयसहित बाहिरी जिल्लाका व्यापारी बगैंचामै पुगेको किसानहरूले बताएका छन् । मुस्ताङका किसानले फलाएका स्याउ खरीद गर्न व्यापारीहरू बगैंचा नै ठेक्कामा लिन्छन् । मुस्ताङको स्याउ खरीद गर्न छिमेकी जिल्ला म्याग्दीसहित पोखरा, चिवतन, धादिङ, काठमाडौंलगायत ठाउँबाट व्यापारीहरू पुग्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुस्ताङका कृषि अधिकृत शिव अर्यालले बताए । अहिले स्याउ खरीद गर्न पुगेका व्यापारी र कामदार स्याउको बगैंचा कुरेर बसिरहेका छन् । मुस्ताङमा यस वर्ष स्याउ टिप्न, खरीद गर्न र भ्रमणका लागि आउनेहरूलाई कोरोना परीक्षणको रिपोर्टसहित कोरोनाविरुद्ध लगाइएको खोपकार्ड लिएर आउन अनिवार्य गरिएको छ । पीसीआर रिपोर्ट नेगेटिभ भएका र खोप कार्ड लिएर आएकाहरूलाई मात्र प्रवेश अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । मुस्ताङमा १२ सयभन्दा बढी हेक्टरमा व्यावसायिक रूपमा स्याउ खेती गरिएको छ भने वार्षिक झन्डै ६ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ । मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड र फुजी डेलिसियस जातका स्याउको उत्पादन हुने गरेको छ । जिल्लामा केही समयदेखि इटालियन जातको स्याउसमेत लगाइएको छ । यहाँ उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाडौं, नारायणगढ, बुटवल, भैरहवा लगायत बजारमा पुग्ने गरेको छ । साथै स्थानीय किसानहरूले स्याउबाट जुस, ब्रान्डी, जाम, चिप्स, सुकुटी, क्यान्डी, स्लाइडर जस्ता चिज बनाएर समेतविक्री गर्ने गरेका छन् ।

हाछेथुको नयाँ प्लान : ललितपुरका नगर प्रहरीलाई सवारी जाम व्यवस्थापनसम्बन्धी तालिम

ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई ट्राफिक प्रहरीको तालिम दिन शुरू गरेको छ ।  ललितपुर महानगरपालिकाका नगर प्रहरीको वृत्ति विकास र दिनदिनै बढ्दै गएको सवारी जामलाई मध्यनजर गरेर नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनको तालिम दिन शुरूआत गरेको हो ।  महानरपालिकाको सुन्दरतालाई बढाउनका लागि नगर प्रहरीको पनि भूमिका हुने भएकाले त्यसलाई मध्यनजर गरेर महानगरभित्रका गल्लीहरूमा ‘पिक आवर’मा ट्राफिक प्रहरीलाई सहयोग गर्ने उद्देश्यले तालिम दिन थालेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए...