मुस्ताङका किसानलाई स्याउ टिप्ने चटारो

असोज ४, म्याग्दी । मुस्ताङमा यतिबेला स्याउ टिप्ने चटारो शुरू भएको छ । जिल्लाका मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायत ठाउँका स्याउ बगैंचामा लटरम्मै स्याउ फलेको छ । स्याउको राजधानी समेत भनिने मार्फा र टुकुचेका बगैंचाहरू स्याउले राताम्मे भएका छन् । पाँचओटा गाउँपालिका रहेको मुस्ताङका विभिन्न ठाउँमा लगाइएको स्याउ पाकेपछि किसानहरूले स्याउ टिप्ने र बजार पठाउने तयारी शुरू गरेका हुन् । विगतका वर्षहरूमा तीजअघि नै स्याउ टिप्ने गरिएकोमा गुणस्तर कम भएको गुनासो आएपछि यस वर्ष बोटमै राम्रोसँग पकाएर असोज लागेपछि मात्र टिप्न शुरू गरिएको मार्फाका स्याउ किसान दीपक लालचनले बताए । अहिले स्याउ खरीद गर्नका लागि स्थानीयसहित बाहिरी जिल्लाका व्यापारी बगैंचामै पुगेको किसानहरूले बताएका छन् । मुस्ताङका किसानले फलाएका स्याउ खरीद गर्न व्यापारीहरू बगैंचा नै ठेक्कामा लिन्छन् । मुस्ताङको स्याउ खरीद गर्न छिमेकी जिल्ला म्याग्दीसहित पोखरा, चिवतन, धादिङ, काठमाडौंलगायत ठाउँबाट व्यापारीहरू पुग्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुस्ताङका कृषि अधिकृत शिव अर्यालले बताए । अहिले स्याउ खरीद गर्न पुगेका व्यापारी र कामदार स्याउको बगैंचा कुरेर बसिरहेका छन् । मुस्ताङमा यस वर्ष स्याउ टिप्न, खरीद गर्न र भ्रमणका लागि आउनेहरूलाई कोरोना परीक्षणको रिपोर्टसहित कोरोनाविरुद्ध लगाइएको खोपकार्ड लिएर आउन अनिवार्य गरिएको छ । पीसीआर रिपोर्ट नेगेटिभ भएका र खोप कार्ड लिएर आएकाहरूलाई मात्र प्रवेश अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । मुस्ताङमा १२ सयभन्दा बढी हेक्टरमा व्यावसायिक रूपमा स्याउ खेती गरिएको छ भने वार्षिक झन्डै ६ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ । मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड र फुजी डेलिसियस जातका स्याउको उत्पादन हुने गरेको छ । जिल्लामा केही समयदेखि इटालियन जातको स्याउसमेत लगाइएको छ । यहाँ उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाडौं, नारायणगढ, बुटवल, भैरहवा लगायत बजारमा पुग्ने गरेको छ । साथै स्थानीय किसानहरूले स्याउबाट जुस, ब्रान्डी, जाम, चिप्स, सुकुटी, क्यान्डी, स्लाइडर जस्ता चिज बनाएर समेतविक्री गर्ने गरेका छन् ।

सम्बन्धित सामग्री

जुम्लाका किसानलाई स्याउ टिप्ने चटारो

जुम्लाको तातोपानी गाउँपालिका-२ डागीवाडा गाउँका रामबहादुर रावललाई यतिबेला आफ्नो बगैंचाको स्याउ टिप्न भ्याईनभ्याई छ।...

मुस्ताङमा स्याउ टिप्ने चटारो, व्यापारीको चहलपहल बढ्यो

म्याग्दी : हिमालपारिको जिल्ला मुस्ताङमा स्याउ टिप्न सुरु गरिएको छ। बगैँचामा स्याउ पाक्न थालेपछि बजारीकरणको लागि कृषकहरूले स्याउ टिप्न थालेका हुन्। मुस्ताङका ५ वटै स्थानीय तहका स्याउ बगैँचामा यतिबेला स्याउ व्यापारीहरूको चहलपहल बढेको छ।बोटमा स्याउ नपाक्दै बजार पठाउने प्रवृत्तिलाई रोक्दै यस वर्ष स्याउ टिप्ने समय तोकिएको थियो। भदौ २५ गतेदेखि कृषकहरूलाई स्याउ टिप्न दिने निर्णय भयसँगै बगैँचाहरूमा स्याउ टिप्न सुरु भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए।उनक

मुगुका किसानलाई स्याउ टिप्ने चटारो भन्छन्,’ढिला टिपे कुहिन्छ की भन्ने डर छ’

मुगुको छायाँनाथ रारा नगरपालिका–५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिवेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै व्यस्त हुनुहुन्छ । रोकाया र भाम मात्र होइन गाउँका सबैलाई स्याउ टिप्न चटारो छ । यतिबेला मुगुमा स्याउ उत्पादन हुने क्षेत्रका किसान स्याउ बगैँचामै भेटिन्छन् । उत्पादन हुुने क्षेत्रका […]

मुगुका किसानलाई बेलै नभइ स्याउ टिप्ने चटारो

छायाँनाथ रारा नगरपालिका–५ का स्याउ किसान विष्णुमाया  रोकायाका परिवारलाई अचेल स्याउ टिप्न भ्याइनभ्याइ छ । भदौ लागेसँगै उनको परिवार बिहानैदेखि बगैँचामै हुने गरेको छ । मुगुसहितका भेगमा अहिले स्याउ पाक्ने बेला हो । यसकारण यहाँका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ । वडा नम्बर ४ का किसान हरिबहादुर भाम पनि स्याउ टिप्न व्यस्त छन् । उनीहरू मात्र होइन यतिबेला मुगुका स्याउ उत्पादन हुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ ।मुगुका बाम, ताल्च, रोवा, शोभा, खमाले सेरीलगायतका क्षेत्रमा स्याउक

जुम्लाका किसानलाई स्याउ टिप्ने चटारो

पाेखरा । जुम्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो परेकाे छ । स्याउ पाकेसँगै किसानहरुलाई स्याउ टिप्ने चटारो परेको हो । तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले स्याउ बिक्रीका लागि बजारसम्म पुर्याउन हतारो भएको बताउनुभयो । अहिले गाउँमा बगैंचाका स्याउ टिपेर बिक्री समेत गर्न थालिएको छ । किसानहरुले स्थानीय जातको स्याउ र गोल्डेन जातका स्याउ […]

मनाङमा स्याउ टिप्ने चटारो, यसवर्ष १० प्रतिशतले उत्पादन बढ्ने अनुमान

यतिबेला मनाङमा स्याउ टिप्ने चटारो छ। मनाङको ङिस्याङ–१ भ्राताङको स्याउ बगैंंचामा दैनिक स्याउ टिप्नेको भीड लागेको छ। एग्रो मनाङको उक्त स्याउ फार्ममा मात्रै दैनिक ४० कामदार स्याउ टिप्न खटिने गरेका...

मनाङमा स्याउ टिप्न चटारो

लमजुङ – मनाङमा स्याउ टिप्ने चटारो छ। ङिस्याङ-१ भ्राताङको स्याउ बगैँचामा स्याउ टिप्नेको भिड लागेको हो । एग्रो मनाङको उक्त स्याउ फार्ममा मात्रै दैनिक ३०/४० जना कामदार स्याउ टिप्न खटिएका छन् । ‘हाइ डेन्सिटी’ प्रविधिको उक्त फार्मको ७ सय ३५ रोपनीमा स्याउ फलेको छ। बगैँचामा ‘गाला’, फुजी र गोल्डेन जातका स्याउ पाकेसँगै कृषकको चटारो बढेको […]

मुस्ताङमा स्याउ टिप्ने चटारो

मुस्ताङका स्याउ बल्ल बजारमा जान थालेका छन् । स्याउ जोन मुस्ताङले जिल्लामा उत्पादित स्याउ असोज १ गतेबाट मात्र टिप्न पाइने नियम बनाएपछि अहिले मुस्ताङमा धमाधम स्याउ टिप्ने चटारो चलेको हो । मुस्ताङका अधिकांश बगैंचाका स्याउ किसानले ठेक्कामार्फत व्यापारीलाई बिक्री गर्छन् । व्यापारीले संकलन गरेका स्याउ पोखरा, काठमाडौं लगायतका स्थानमा बिक्री गर्ने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार असोज महिना लागेपछि मुस्ताङका बगैंचामा यतिखेर धमाधम स्याउ टिप्ने र बजार ...

धमाधम बजार ढुवानी गरिँदै मुस्ताङका स्याउ

हिमाली जिल्ला मुस्ताङमा उत्पादित यसवर्षको स्याउ धमाधम बजार ढुवानी गरिँदै छ । यसअघि स्याउ जोन मुस्ताङले जिल्लामा उत्पादित स्याउ असोज १ गतेबाट मात्र टिप्न पाइने नियम बनाएपछि अहिले मुस्ताङमा धमाधम स्याउ टिप्ने चटारो चलेको हो । मुस्ताङका अधिकांश बगैचाका स्याउहरु कृषकहरुले ठेक्कामार्फत व्यापारीहरुलाई बिक्री गर्ने गरेको र व्यापारीहरुले संकलन गरेका स्याउ पोखरा-काठमाडौं लगायतका स्थानमा बिक्री गर्ने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार असोज महिना लागेपछि ...

मुस्ताङमा स्याउ टिप्ने चटारो, खरिद गर्न पीसीआर रिपोर्ट अनिवार्य

ध्रुबसागर शर्माम्याग्दी । रसिला स्याउ फल्ने गतिलो ठाउँ हो मुस्ताङ । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा यतिबेला स्याउ टिप्ने चटारो सुरु भएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगाएतका ठाउँका स्याउ बगैंचामा लटरम्मै स्याउ फलेको छ । स्याउको राजधानी समेत भनिने मार्फा र टुकुचेका बगैंचाहरु स्याउले राताम्यै भएका छन् । पाँच […]