सूर्यविनायक–धुलिखेल सडक : काभ्रेपलाञ्चोकको साँगाबाट विस्तारको काम शुरू

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट निर्माण शुरू भएको छ । उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो । यी दुवै सडकखण्डको काम ठेक्का सम्झौता भएको ३६ महीनाभित्र सक्नुपर्नेछ । साँघुरो सडकका कारण वर्षेनि ट्राफिक जाम बढ्दै गएकाले उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार सोमवारदेखि पहिलो चरणमा साँगा–धुलिखेल सडकखण्ड विस्तार शुरू गरिएको हो । उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्न थालिएको छ । विस्तार गरिने कुल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किलोमिटरको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियो । साँगा–धुलिखेल सडकखण्डअन्तर्गत बनेपा नगरपालिकाको साँगा नजिक सडकको बाँयातर्फ होचो स्थानमा सोमवारदेखि पर्खाल बनाउन थालिएको छ । सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तारका लागि रू. चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का परेको थियो । दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी लामो छ । रासस

सम्बन्धित सामग्री

सूर्यविनायक-धुलिखेल सडक विस्तार सुस्त

सूर्यविनायक–धुलिखेल सडक विस्तार भएको २५ वर्षपछि ६ लेनको सडक विस्तार अभियान थालिए पनि बजेट अभावले गर्दा विस्तार कार्यले गति लिन सकिरहेको छैन।...

सूर्यविनायक धुलिखेल सडक विस्तार अघि बढ्यो

सरकारले सूर्यविनायक–धुलिखेल सडक विस्तार भएको २५ वर्षपछि चार लेनको सडक विस्तार गर्न सुरु गरेको छ।...

सूर्यविनायक–धुलिखेल सडक चार लेनको बन्दै

सूर्यविनायक–धुलिखेल सडक चार लेनमा बिस्तार हुने भएको छ। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ३ वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो।

सूर्यविनायक–धुलिखेल सडक खण्ड ६ लेनमा विस्तार गर्न टेन्डर

नेपाल सरकारले आफ्नै लगानीमा सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार गर्न बोलपत्र आह्वान गरेको छ ।

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुरू

सरकारले अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार सुरु गरेको छ । जापानी सहयोग नियोग (जाईका) सूर्यविनायक–धुलिखेल सडक खण्ड विस्तारबाट पछि हटेसँगै सडक विभागले आन्तरिक स्रोतबाट नै निर्माण प्रकृया थालेको हो ।सूर्यविनायक–धुलिखेल १५.९ किलोमिटरमध्ये विभागले दुई खण्डमा विभाजन गरेर निर्माण थाल्ने प्रकृया अगाडि बढाएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । विभागले सूर्यविनायक–साँगा–धुलिखेल गरेर […]

सूर्यविनायक–धुलिखेल सडकः काभ्रेपलाञ्चोक खण्ड तीन वर्षमै बन्ने

अरनिको राजमार्गको भक्तपुरको सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्ने प्रक्रियाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्मको सडक तीन वर्षभित्र विस्तार गरिने भएको छ।सरकारले सूर्यविनायक–धुलिखेल सडक विस्तारको निर्माण आन्तरिक स्रोतबाटै गर्ने गरी हाललाई साँगाबाट धुलिखेलसम्मका लागि रु चार अर्ब ८९ करोड लागतमा ठेक्का आह्वान गरेको छ।विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अनुसार छ लेनमा सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्न रु नौ अर्ब लाग्ने छ।

सूर्यविनायक–धुलिखेल सडक तीन वर्षमा बन्ने

काठमाडौं : अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्मको सडक तीन वर्षभित्र विस्तार गरिने भएको छ। यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले बोलपत्र आह्वान गरेको हो।आयोजनाले केही दिनअघि मात्रै विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सकेर निर्माण प्रक्रिया अघि बढाएको हो। सरकारले सूर्यविनायक–धुलिखेल सडक विस्तारको निर्माण आन्तरिक स्रोतबाटै गर्ने गरी हाललाई साँगाबाट धुलिखेलसम्मका लागि चार अर्ब ८९ करोड लागतमा ठेक्का आह्वान गरेको छ। यसअघि ज

सूर्यविनायक–धुलिखेल सडक : काभ्रेपलाञ्चोक खण्ड तीन वर्षमै बन्ने

भक्तपुर – अरनिको राजमार्गको भक्तपुरको सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्ने प्रक्रियाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्मको सडक तीन वर्षभित्र विस्तार गरिने भएको छ । यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले बोलपत्र आह्वान गरेको छ । आयोजनाले केही दिनअघि मात्रै विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सकेर निर्माण प्रक्रिया अघि बढाएको हो । सरकारले सूर्यविनायक–धुलिखेल सडक विस्तारको निर्माण आन्तरिक स्रोतबाटै […]

सूर्यविनायक–धुलिखेल सडक विस्तार चाँडै सुरु हुने, ८ अर्ब रुपैयाँ खर्च हुने अनुमान

काठमाण्डाै – भक्तपुरको सूर्यविनायकबाट काभ्रेको धुलिखेलसम्मको सडक नेपाल सरकारले आफ्नै लगानीमा विस्तार गर्ने भएको छ । सुरुमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) को सहुलियतपूर्ण ऋणमा सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना निर्माण भए पनि जाईकाले आयोजनाबाट हात झिकेपछि सरकारले आफ्नै लगानीमा निर्माण गर्ने भएको हो ।  जाईकाले यो सडक निर्माणमा २२ अर्ब रुपैयाँ लाग्ने बताएको थियो । तर नेपाल सरकारले आयोजनामा आठ अर्ब रुपैयाँ खर्च हुने अनुमान गर्दै बहुवर्षीय ठेक्का अन्तर्गत अघि बढाउने निर्णय गरेको हो । सडक १६ क...

सूर्यविनायक-धुलिखेल सडक चार लेनको बन्ने

काठमाडौं। सरकारले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक खण्डलाई चार लेनको बनाउने भएको छ। आगामी आर्थिक वर्षदेखि निर्माण सुरु हुने सडकखण्डका लागि भौतिक पूर्वाधार मन्त्रालयले २ अर्ब ७० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। यो आयोजनालाई बजेटले समेत समेटेको छ।