महाधिवेशनस्थल पुग्दैछन् एमाले कार्यकर्ता, ठाउँठाउँमा जाम [तस्वीरहरू]

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ । महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ ।  देशका विभिन्न ठाउँबाट नेता/कार्यकर्ता नारायणी किनार पुगिरहेका छन् ।  एकैपटक धेरै ठाउँबाट कार्यकर्ताहरू पुग्दा अहिले नारायणी पुल वरपर तथा मुख्य राजमार्गमा पनि जाम भएको  छ । 

सम्बन्धित सामग्री

घर फर्कन नपाएका एमाले कार्यकर्ता बाटोमै मेस चलाउँदै (तस्बिरहरु)

एकै साथ हजारौं कार्यकर्ता गन्तव्य प्रस्थान गर्दा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । यहाँको मुल सडक मात्रै होइन अन्य शाखा सडकमा पनि जाम छ ।