इराकमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवनमा प्रवेश : नाचगान गर्दै टेबलमा सुते

इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन् । धर्मगुरु मुक्तदा अल–सदरका समर्थकले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन् । गएको अक्टोबरमा भएको चुनावमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन । संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको बीबीसीले जनाएको छ । प्रदर्शनकारी प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन् । इराकका प्रधानमन्त्री ...

सम्बन्धित सामग्री

प्रदर्शनकारी छिरे इराकको संसद भवनमा

काठमाडौँ । इराकको राजधानी बगदादस्थित संसद भवनमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरे पनि नसकेको र ठूलो भीड संसद भवनभित्र छिरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । सामाजिक सन्जालहरुमा सेयर भइरहेका भिडियो र फोटोहरूमा प्रदर्शनकारीहरू संसद भवनभित्र नाचगान गरेको र टेबलहरूमा सुतेको देखिन्छ । इराकमा शिया धर्मगुरु […]

इराकको संसद भवनमा छिरे प्रदर्शनकारी

१२ साउन, काठमाडौं । इराकको राजधानी बगदादस्थित संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेका छन् । संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरे पनि नसकेको र ठूलो भीड संसद भवनभित्र छिरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । सामाजिक सन्जालहरुमा सेयर भइरहेका भिडियो र फोटोहरुमा प्रदर्शनकारीहरू संसद भवनभित्र नाचगान गरेको र टेबलहरूमा सुतेको देखिन्छ । इराकमा […]

धान दिवस र डिजिटल अर्थतन्त्र

भूमिका : आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । यसलाई राष्ट्रिय धान रोपाइँ दिवसका रूपमा पनि मनाउने चलन छ । कृषिप्रधान देश नेपालमा असार १५ का दिनमा हिलो कुल्चने भन्ने नाममा पनि हरेक मानिसले धान रोपाइँमा सामेल हुने परम्परा रहिआएको छ । असार १५ लाई मानो खाएर मुरी उब्जाउने मौसमको उत्कर्षका रूपमा पनि मनाउने गरिन्छ । असार १५ को उत्सवका रूपमा खेतमा प्रवेश गर्नुभन्दा पहिले नेपाली परम्परागत पोसाकमा सजिएर चाडपर्व मनाउने रूपमा नाचगान र बजानका साथ खेतमा प्रवेश गर्ने प्रक्रियाबाट रोपाइँको आरम्भ हुन्छ । १ डिसेम्बर २००४ मा नेपाल सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा घोषणा गरेदेखि भने यो दिनले चर्चा पाएको छ । किसान नियमित कामका रूपमा, गैरकिसान दिवस मनाउने औपचारिकताका रूपमा र पर्यटक मनोरजनका रूपमा यो दिवसलाई मनाउने गरेको पाइन्छ । सङ्घीय संरचनाको आरम्भले विभिन्न प्रदेशले आफ्नो विशेषताका आधारमा आ–आफ्ना दिवस मनाउने गरिआएकोमा कर्णाली प्रदेशले भने असार १५ लाई सार्वजनिक बिदाका रूपमा पनि घोषणा गरेको पाइन्छ ।

शुभकामना र खुसी साटासाटको पर्व

हामी पुरानो वर्षलाई बिदा गर्दै नयाँ वर्षलाई स्वागत गरिरहेका छौँ । सामान्यतया नयाँ वर्ष भन्नाले नराम्रा पक्षलाई हटाएर नौलो राम्रो र सकारात्मक कार्य गर्नका लागि शुभारम्भ गर्ने महत्वपूर्ण अवसर हो । त्यसैले हामी घर घरमा पनि शुभकामनाको आदानप्रदान गर्दछौँ । मुख्य गरी राष्ट्रिय पर्व भएकाले पनि सार्वजनिक विदा हुने यस दिनमा वनभोज भेटघाट नाचगान गरी आपसमा मनोरञ्जन गर्दै, धुमधामले मनाइने वैषाख १ गतेलाई अत्यन्तै शुभ दिने मानिन्छ । हाम्रो सन्दर्भमा नै भन्ने हो भने सौरमान अनुरुप सूर्यले एक वर्ष यात्रा पुरा गरी मीन राशिबाट मेष राशिमा प्रवेश गरेपछि नव वर्ष शुरु भएको मानिन्छ । वाह्र राशिमध्येको पहिलो नै मेष र वाह्र महिना मध्येको पहिलो महिना वैषाख हो ।