धान दिवस र डिजिटल अर्थतन्त्र

भूमिका : आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । यसलाई राष्ट्रिय धान रोपाइँ दिवसका रूपमा पनि मनाउने चलन छ । कृषिप्रधान देश नेपालमा असार १५ का दिनमा हिलो कुल्चने भन्ने नाममा पनि हरेक मानिसले धान रोपाइँमा सामेल हुने परम्परा रहिआएको छ । असार १५ लाई मानो खाएर मुरी उब्जाउने मौसमको उत्कर्षका रूपमा पनि मनाउने गरिन्छ । असार १५ को उत्सवका रूपमा खेतमा प्रवेश गर्नुभन्दा पहिले नेपाली परम्परागत पोसाकमा सजिएर चाडपर्व मनाउने रूपमा नाचगान र बजानका साथ खेतमा प्रवेश गर्ने प्रक्रियाबाट रोपाइँको आरम्भ हुन्छ । १ डिसेम्बर २००४ मा नेपाल सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा घोषणा गरेदेखि भने यो दिनले चर्चा पाएको छ । किसान नियमित कामका रूपमा, गैरकिसान दिवस मनाउने औपचारिकताका रूपमा र पर्यटक मनोरजनका रूपमा यो दिवसलाई मनाउने गरेको पाइन्छ । सङ्घीय संरचनाको आरम्भले विभिन्न प्रदेशले आफ्नो विशेषताका आधारमा आ–आफ्ना दिवस मनाउने गरिआएकोमा कर्णाली प्रदेशले भने असार १५ लाई सार्वजनिक बिदाका रूपमा पनि घोषणा गरेको पाइन्छ ।

सम्बन्धित सामग्री

रामेछापमा अझै हुन सकेन धान रोपाइँ, खडेरीले बर्खे बाली सुक्दै

रामेछाप । देशका विभिन्न भागमा अत्यधिक वर्षाका कारण बाढी पहिरो आइरहेका बेला रामेछापमा भने पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन सकेको छैन । साथै खडेरीले बर्खे बालीका रूपमा लगाइएका बाली पनि सुक्न लागेका छन् ।  जिल्लाको बढी धान हुने माडी फाँट, मन्थली फाँट मुगिटार फाँट, खिम्ती बेसी, तिल्पुङ हलेदे बेंसीलगायतका ठाउँमा उल्लेख्यरूपमा अझै धान रोपाइँ हुन सकेको छैन । पानीका भल छोपेर रोप्नुपर्ने पाखे खेतमा रोप्न राखिएको धानको बीउ छिप्पिन लागिसकेको छ । बीउ छिप्पिएपछि धान रोप्नु र नरोप्नुको कुनै अर्थ नहुने कृषि विज्ञ बताउँछन् ।  धान रोप्नेमात्र नभई पाखो बारीमा छरिएका बर्खे बाली मकै, गहत, कोदोलगायतका बाली पनि खडेरीका कारण सुक्न लागेका हुन् । जिल्लामा बिहान बेलुका सामान्य धुलो मर्ने गरी कहिलेकाहीं पानी पर्ने गरेको भए पनि जमिन भिज्ने र खोलानाला आउने गरी दुई महिनाअघिदेखि पानी पर्न सकेको छैन ।  जिल्लामा रहेको कुल खेतीयोग्य जमिन ५० हजार नौ सय आठ हेक्टर रहे पनि धान रोप्न योग्य जमिन सात हजार आठ सय ५९ हेक्टर छ । त्यसमध्ये अहिलेसम्म करिब ४४ प्रतिशत मात्र धान रोपिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  केन्द्र प्रमुख निर्मला गुरुङका अनुसार वर्षाको समयमा पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन नसकेको हो । यसअघि असार १५ गते धान रोपेर धान दिवस जिल्लाका विभिन्न पालिकामा मनाइएको भए पनि त्यसपछि भने पर्याप्त वर्षा नहुँदा जिल्लाका किसानले धान रोप्न पाएका छैनन् ।   रामेछापमा मात्र होइन सिन्धुलीका बढी धान उत्पादन हुने सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिकामा पनि पर्याप्त धान रोपाइँ हुन नसकेको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइरालाले बताए । रासस

सरकारीस्तरमा मनाइएको धान दिवसको रौनकले छोएन किसानलाई

सरकारले विभिन्न औपचारिक कार्यक्रम गरी असार १५ गते राष्ट्रिय धान दिवस मनाए पनि किसानको मुहारमा यो दिवसको रौनकता देखिएको छैन । रासायनिक मलको अभावले चिन्तित किसानलाई वर्षाले भने केही राहत दिएको छ ।समयमा मल, सिञ्चाईको व्यवस्था नगर्ने तर क्यालेन्डर अनुसार औपचारिकताका लागि राष्ट्रिय धान दिवस मनाउनुको अर्थ नरहने किसानहरू बताउँछन् ।रुपन्देहीको सियारीमा प्रदेशको कृषि मन्त्रालयले धान दिवसका अवसरमा औपचारिक कार्यक्रम गरेको थियो । बुटवल नगरपालिका र तिलोत्तमा नगरपालिकाले पनि छुट्टाछुट्टै कार्यक्रम गरी धान दिव