१४औं महाधिवेशन सर्दैन : कृष्णप्रसाद सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताए ।नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टी नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई […]

सम्बन्धित सामग्री

पौडेल, सिटौला, निधि, सिंह र गच्छदार के गर्छन् अब ?

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सकिएको छ । तर, परिणाम आउने क्रममै छ । कांग्रेस महाधिवेशनमा सभापतिमा चर्चामा रहेका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला अन्तिम समयमा मैदानमा उत्रिएनन् । पौडेल अन्तिम समयसम्म पनि सभापतिमा आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने प्रयत्नमा लागे । तर, उनको प्रयास सफल भएन । सिटौला अन्तिममा शेरबहादुर देउवा समूहसँग चुनावी […] The post पौडेल, सिटौला, निधि, सिंह र गच्छदार के गर्छन् अब ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस १४औं महाधिवेशन : नेतृत्वमा पुग्न चर्को प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । आज (आइतवार) हुने निर्वाचका लागि सभापति पदमा ६ जनाले उम्मेदवारी दिएका छन । सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवालाई चुनौती दिन संस्थापन इतरका दुई प्यानल र स्वतन्त्र रूपमा दुई जनाले उम्मेदवारी दर्ता गराए । १३ औं महाधिवेशनवाट सभापति चुनिएका देउवाले पार्टीलाई विधान र विधिमा चलाउन नसकेको आरोप लगाइरहेको इतरपक्ष विभाजित हुँदै उम्मेदवारी दिएको छ । देउवालाई सभापतिमा चुनौती दिँदै शेखर कोइराला र प्रकाशमान सिंह संस्थापन इतरबाट उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी, स्वतन्त्र रूपमा कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले सभापतिमा टक्कर दिन नसक्ने भए पनि देउवालाई शेखर र प्रकाशमानले टक्कर दिने आशा गरेका छन् । पहिलो चरणमा हुने मतदानमा कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ । ५१ प्रतिशत मत प्राप्त हुन नसकेमा पुनः मतदान हुनेछ । दोस्रोपटक हुने मतदान भने शीर्ष दुईमात्र प्रतिस्पर्धी हुनेछन् । यस्तै, नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा उपसभापतिमा केही नयाँ र केही पुराना अनुहार देखिएका छन् । देउवा प्यानलमा उपसभापतिमा विजयकुमार गच्छादार र पूर्णबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् । शेखर कोइराला प्यानलबाट चन्द्र भण्डारी र धनराज गुरुङले उपसभापतिमा उम्मेदवारी दिएका छन् । त्यस्तै प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइरालाले उम्मेदवारी दिएकी छन् । त्यस्तै स्वतन्त्र रूपमा महेश आचार्यले उपसभापतिमा उम्मेदवारी दिएका छन् । महामन्त्री पदमा ५ जनाले उम्मेदवारी दिएका छन । शनिवार मनोनयन दर्ताका लागि तोकिएको समयमा पाँच जनाले महामन्त्रीमा उम्मेदवारी दिएका दिए । शेरबहादुर देउवाले सभापतिको उम्मेदवारी दिँदा प्रकाशशरण महत र कृष्णप्रसाद सिटौला गुटबाट प्रदीप पौडेललाई छानेका छन् । त्यस्तै संस्थापनइतर पक्षबाट दुई जनाले सभापतिमा उम्मेदवारी दिँदा तीन जनाले महामन्त्रीमा उम्मेदवारी दर्ता गराए । शेखर कोइराला प्यानलबाट गगन थापा र मीनेन्द्र रिजालले महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् भने प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् ।

कांग्रेसमा गुटैगुटको जञ्जाल : स्थापनाकालदेखिकै नालीबेली !

नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रवार उद्घाटन हुँदैछ तर अघिल्लो दिनसम्म पनि पदाधिकारीका उम्मेदवारको टुंगो लाग्न सकेको छैन । जसको मुख्य कारण हो, पार्टीभित्र मौलाउँदो गुटगत राजनीति ।  कांग्रेसमा मुख्य गरी २ गुट छन् – सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका । देउवा र पौडेललाई चुनौती दिइरहेका छन् अर्का नेता कृष्णप्रसाद सिटौला । देउवा र पौडेल पक्षमा पनि उपगुटहरू हाबी छन् । पौडेलतिर प्रकाशमान सिंहदेखि कोइराला परिवारको बेग्ला–बेग्लै हाँगो छ । कतिपय यस्ता कार्यकर्ता छन् जो कोइराला परिवार...

काँग्रेस सभापतिमा अझै ८ जना आकांक्षी

नेपाली काँग्रेसको १४औं महाधिवेशन पर्सी शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । काँग्रेसको यो महाधिवेशनमा नेतृत्व लिन वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला र अर्का नेता गोपालमान श्रेष्ठ अघि सरेका छन् । यस्तै, नेता कल्याण गुरुङको पनि सभापति पदमा नै दाबी रहँदै आएको छ । यीमध्ये महामन्त्री कोइरालाले भने आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई दिएका छन् । सभापतिको दौडमा संस्थापन ...

सभापतिमा अझै आठ आकांक्षी

नेपाली काँग्रेसको १४औं महाधिवेशन पर्सी शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । काँग्रेसको यो महाधिवेशनमा नेतृत्व लिन वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला र अर्का नेता गोपालमान श्रेष्ठ अघि सरेका छन् ।यस्तै, नेता कल्याण गुरुङको पनि सभापति पदमा नै दाबी रहँदै आएको छ । यीमध्ये महामन्त्री कोइरालाले भने आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई दिएका

सभापतिको टुंगो नलाग्दा पदाधिकारीका आकांक्षी अन्योलमा

काठमाडौं, मंसिर २० । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन एक साताभन्दा कम समय बाँकी छ। महाधिवेशनमार्फत नेतृत्वमा पुग्न झन्डै दर्जन नेता आकांक्षी छन्। वर्तमान सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेता शेखर कोइराला र कल्याण गुरुङले शीर्ष नेतृत्वका लागि […]

कांग्रेसमा २१ दिनपछि नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसले अबको २१ दिन पछि नयाँ नेतृत्व पाउँदै छ । कांग्रेसको केन्द्रीय नेतृत्व छान्न १४औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुँदै छ । कांग्रेस नेतृत्व हात पार्न हालका सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह तथा नेता गोपालमान […]

कांग्रेसमा २१ दिनपछि नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसले अबको २१ दिन पछि नयाँ नेतृत्व पाउँदै छ । कांग्रेसको केन्द्रीय नेतृत्व छान्न १४औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुँदै छ । सभापतिमा दोस्रो मत नपाउने ‘रिङ आउट’ कांग्रेस नेतृत्व हात पार्न हालका सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला […] The post कांग्रेसमा २१ दिनपछि नयाँ नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काँग्रेसमा पुराना टिम भत्कँदै, नयाँ बन्दै

नेपाली कांग्रेसले फेरि पनि महाधिवेशनको कार्यतालिका परिवर्तन नगरे आजको एक महिनापछि नयाँ नेतृत्व पाउँछ । कांग्रेसको नयाँ नेतृत्व चयन गर्न २४ देखि २६ मंसिरसम्म काठमाडौंमा १४औं महाधिवेशन तय भएको छ ।कांग्रेसभित्र केन्द्रीय नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौला हुँदै युवा नेता कल्याण गुरुङसम्म अघि सरेका छन् । सभापतिका लागि देउवाले नै नेतृत्व गर्दै आएको हालको संस्थापन समूहबाट मात्रै तीन जना आकांक्षी देख

सुजाताले गरिन् पौडेल र सिटौला मिलाउने पहल, नयाँ समूह बन्नसक्ने

काठमाडौं, १४ असार । नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा ध्रवीकरण तिव्र बन्दै गएको छ । शक्तिशाली नेताहरुले महाधिवेशनका लागि फरक समूह तयार गर्न गृहकार्य बढाएका छन् । आज मण्डिखाटारस्थित सुजाता कोइरालाको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पुगेर गम्भीर छलफल गरेका छन् । पौडेल र सिटौलालाई मिलाउने पहलसहित कोइरालाले भेटको वातावरण […]