कांग्रेस १४औं महाधिवेशन : नेतृत्वमा पुग्न चर्को प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । आज (आइतवार) हुने निर्वाचका लागि सभापति पदमा ६ जनाले उम्मेदवारी दिएका छन । सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवालाई चुनौती दिन संस्थापन इतरका दुई प्यानल र स्वतन्त्र रूपमा दुई जनाले उम्मेदवारी दर्ता गराए । १३ औं महाधिवेशनवाट सभापति चुनिएका देउवाले पार्टीलाई विधान र विधिमा चलाउन नसकेको आरोप लगाइरहेको इतरपक्ष विभाजित हुँदै उम्मेदवारी दिएको छ । देउवालाई सभापतिमा चुनौती दिँदै शेखर कोइराला र प्रकाशमान सिंह संस्थापन इतरबाट उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी, स्वतन्त्र रूपमा कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले सभापतिमा टक्कर दिन नसक्ने भए पनि देउवालाई शेखर र प्रकाशमानले टक्कर दिने आशा गरेका छन् । पहिलो चरणमा हुने मतदानमा कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ । ५१ प्रतिशत मत प्राप्त हुन नसकेमा पुनः मतदान हुनेछ । दोस्रोपटक हुने मतदान भने शीर्ष दुईमात्र प्रतिस्पर्धी हुनेछन् । यस्तै, नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा उपसभापतिमा केही नयाँ र केही पुराना अनुहार देखिएका छन् । देउवा प्यानलमा उपसभापतिमा विजयकुमार गच्छादार र पूर्णबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् । शेखर कोइराला प्यानलबाट चन्द्र भण्डारी र धनराज गुरुङले उपसभापतिमा उम्मेदवारी दिएका छन् । त्यस्तै प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइरालाले उम्मेदवारी दिएकी छन् । त्यस्तै स्वतन्त्र रूपमा महेश आचार्यले उपसभापतिमा उम्मेदवारी दिएका छन् । महामन्त्री पदमा ५ जनाले उम्मेदवारी दिएका छन । शनिवार मनोनयन दर्ताका लागि तोकिएको समयमा पाँच जनाले महामन्त्रीमा उम्मेदवारी दिएका दिए । शेरबहादुर देउवाले सभापतिको उम्मेदवारी दिँदा प्रकाशशरण महत र कृष्णप्रसाद सिटौला गुटबाट प्रदीप पौडेललाई छानेका छन् । त्यस्तै संस्थापनइतर पक्षबाट दुई जनाले सभापतिमा उम्मेदवारी दिँदा तीन जनाले महामन्त्रीमा उम्मेदवारी दर्ता गराए । शेखर कोइराला प्यानलबाट गगन थापा र मीनेन्द्र रिजालले महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् भने प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस १४औं महाधिवेशन : दिउँसो ३ बजेसम्म ८ सय बढी मत खस्यो

काठमाडौँ, २७ मङ्सिर। नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज (सोमबार) मतदान जारी छ । तोकिएको समय भन्दा साढे ३ घन्टा पछि सुरु भएको मतदानमा दिउँसो ३ बजेसम्म ८ सय भन्दा बढी प्रतिनिधिले मतदान गरेको कांग्रेस निर्वाचन समितिले जनाएको छ । देशभरबाट आएका ४ हजार ७ सय ४३ जना प्रतिनिधिले मतदान गर्नेछन् । […]

कांग्रेस १४औं महाधिवेशन : कल्याण गुरुङद्वारा सभापतिमा मनोनयन दर्ता

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा कल्याणकुमार गुरुङले सभापतिमा उम्मेद्धवारी दर्ता गराएका छन् । उनले ११ बज्न केही मिनेट बाँकी रहँदै आफ्नो उम्मेद्धवारी दर्ता गराएका हुन् । आफूले परिवर्तन, न्याय र समानताका लागि उम्मेद्धवारी दर्ता गराएको गुरुङको प्रतिक्रिया छ । उनले भने,‘युवा पुस्ताको प्रतिनिधित्वका रुपमा मेरो उम्मेदवारी हो ।’ उनले आफूले सस्तो […]

कांग्रेस १४औं महाधिवेशन : यसकारण सभापतिमा मेरो भोट देउवालाई

टिकाराम खनाल : नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुँदैछ । सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवाले नै दोहोरिने भनिसक्नुभएको छ । उहाँले सभापतिमा नदोहोरिने भनेको भएपनि मजस्ता युवाहरुले उहाँलाई पूनः एकपटक नेतृत्वमा आउन अपिल गर्ने थियौं । अहिले पार्टी सभापति देउवा पाँच दलीय गठबन्धनको सहकार्यमा सरकारको नेतृत्वमा हुनुहुन्छ । यो उहाँले आफ्नो ईच्छाले भन्दापनि देशको परिस्थितिले उहाँको […]

कांग्रेस १४औं महाधिवेशन: प्रतिनिधिलाई १२ सयको खाना, ८ सयको कोठा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व चयनका लागि २४ मंसिरबाट काठमाडौंमा १४औं महाधिवेशन हुँदै छ । महाधिवेशनमा देश तथा विदेशबाट गरी ४ हजार ६ सय बढी प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रबाट प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने छन् । यसैगरी, ती निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, […] The post कांग्रेस १४औं महाधिवेशन: प्रतिनिधिलाई १२ सयको खाना, ८ सयको कोठा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस १४औं महाधिवेशन : कुन प्रदेशमा कति मत खस्यो ?

काठमाडौं । संघीय संरचनाअनुसार पार्टी संरचना निर्माणका लागि नेपाली कांग्रेसले देशका सात प्रदेशमध्ये ६ वटामा प्रदेश अधिवेशन सम्पन्न गरेको छ । कांग्रेसले प्रदेश १ को नेतृत्व चुन्न विराटनगर, बाग्मतीको हेटौंडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा शनिबार एकै दिन प्रदेश अधिवेशन सम्पन्न गरेको हो । प्रदेश संरचनाको अधिवेशनमा १ सय ६५ प्रतिनिधि […] The post कांग्रेस १४औं महाधिवेशन : कुन प्रदेशमा कति मत खस्यो ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस १४औं महाधिवेशनः टिम बनाउँदै देउवा, आफ्नैलाई फकाउँदै पौडेल

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन नजिक छ । कांग्रेसले २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ । कांग्रेसभित्र पार्टी नेतृत्वका लागि हालका सभापति शेरबहादुर देउवा अघि बढिसकेका छन् । उनले आफ्नो तलैसम्मको टिम बनाउन नेताहरूलाई खटाएका छन् । संस्थापन समूहबाट हालका उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले […]