काँग्रेस सभापतिमा अझै ८ जना आकांक्षी

नेपाली काँग्रेसको १४औं महाधिवेशन पर्सी शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । काँग्रेसको यो महाधिवेशनमा नेतृत्व लिन वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला र अर्का नेता गोपालमान श्रेष्ठ अघि सरेका छन् । यस्तै, नेता कल्याण गुरुङको पनि सभापति पदमा नै दाबी रहँदै आएको छ । यीमध्ये महामन्त्री कोइरालाले भने आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई दिएका छन् । सभापतिको दौडमा संस्थापन ...

सम्बन्धित सामग्री

सिटौलाकाे गृहनगरकाे सभापतिमा पाँच जना प्रतिस्पर्धी

झापा – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरकाे नगर सभापतिमा धेरै आकांक्षी देखिएका छन्। सभापति पदका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन्। धेरै कोसिस गर्दा पनि मिलाउन नसकिएको कांग्रेस क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेलले जानकारी दिए। उनले भने, ‘चुनाव हुने नै भयो। पहिला त ८ जना आकांक्षी थिए। अहिले बल्ल पाँच जनामा […]

काँग्रेस संस्थापन इतर पक्षका सभापतिका आकांक्षीबीच छलफल

नेपाली काँग्रेसको संस्थापन इतर पक्षका सभापतिका आकांक्षीबीच छलफल सुरु भएको छ । शुक्रबार अपराह्न चार बजेबाट बत्तिसपुतलीस्थित अनुपम फुडल्याडमा इतर पक्षका सभापतिका आकांक्षीहरुबीच छलफल चलिरहेको छ। । छलफलमा सभापतिका ८ जना आकांक्षी सहभागी छन् । वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्व सहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र डा.रामशरण महत, नेताहरु, डा.शेखर कोइराला र सुजाता कोइरालाबीच छलफल चलिरहेको छपौडेल पक्षबाट सभापतिमा दाबी गरिरहेका य