कांग्रेसमा गुटैगुटको जञ्जाल : स्थापनाकालदेखिकै नालीबेली !

नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रवार उद्घाटन हुँदैछ तर अघिल्लो दिनसम्म पनि पदाधिकारीका उम्मेदवारको टुंगो लाग्न सकेको छैन । जसको मुख्य कारण हो, पार्टीभित्र मौलाउँदो गुटगत राजनीति ।  कांग्रेसमा मुख्य गरी २ गुट छन् – सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका । देउवा र पौडेललाई चुनौती दिइरहेका छन् अर्का नेता कृष्णप्रसाद सिटौला । देउवा र पौडेल पक्षमा पनि उपगुटहरू हाबी छन् । पौडेलतिर प्रकाशमान सिंहदेखि कोइराला परिवारको बेग्ला–बेग्लै हाँगो छ । कतिपय यस्ता कार्यकर्ता छन् जो कोइराला परिवार...