सभापतिमा अझै आठ आकांक्षी

नेपाली काँग्रेसको १४औं महाधिवेशन पर्सी शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । काँग्रेसको यो महाधिवेशनमा नेतृत्व लिन वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला र अर्का नेता गोपालमान श्रेष्ठ अघि सरेका छन् ।यस्तै, नेता कल्याण गुरुङको पनि सभापति पदमा नै दाबी रहँदै आएको छ । यीमध्ये महामन्त्री कोइरालाले भने आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई दिएका

सम्बन्धित सामग्री

प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेदवारी दिने घोषणा

काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रमबीच उनले औपचारिक रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।  संस्थापन इतर समूहमा रहेका सिंहले यसअघि नै सभापतिमा लड्ने घोषणा गरेका थिए। तर, इतर समूहमा आकांक्षी धेरै हुँदा औपचारिक घोषणा भने भएको…

गण्डकी कांग्रेसको सभापतिमा चारजना आकांक्षी

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेद्वारी घोषणा गर्ने क्रम शुरु भएको छ । प्रदेश सभापतिमा उम्मेद्वारी घोषणा गर्ने एकजना संस्थापन समूह (देउवा) र तीन जना वरिष्ठ नेता पौडेल समूहका हुन् ।हालसम्म कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशीले उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गरी नसके पनि […]

काँग्रेस सहमहामन्त्रीमा युवाको आकर्षण, दुई दर्जन आकांक्षी

नेपाली काँग्रेसको १४औं महाधिवेशन मिति नजिकिएसँगै नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। पार्टी सभापतिमा आधा दर्जनभन्दा बढी नेताले दाबी प्रस्तुत गरिरहेका छन् भने आठ सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी देखिएका छन्।यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन्। यो पदमा संस्थापन र इतर पक्षबाट गरी दुई दर्जन आकांक्षी देखिएका छन्। अहिलेसम्मको अवस्था हेर्दा यस पदमा ४५–६० वर्ष उमेर समूहका नेताहरूले दाबी पेस गरेको देखिएको छ।आक

मोरङ काँग्रेस सभापतिमा को–को छन् आकांक्षी ?

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मोरङ काँग्रेसको सभापतिमा चार जना आकांक्षी देखिएका छन् । संस्थापन र इतरका समुहले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिने तयारी गरेका छन् । जसमा आज जिल्ला अधिवेशनका लागि मनोनयन दर्ता हुँदैछ ।संस्थापन इतर पक्षबाट सभापतिका लागि डिकबहादुर लिम्बुको प्यानल र संस्थापन समूहबाट दिलिप गच्छदार प्यानल बनाएर प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । तर, उनीहरुले सभापति बाहेका अन्य प्यानलमा रहेको नाम सार्वजनिक भने गरिसकेका छैनन् । मोरङ संस्थापन इतरको समूहको बलियो पकड क्षेत

कांग्रेस महाधिवेशनः कास्की सभापतिमा चारजना आकांक्षी

नेपाली कांग्रेस कास्कीको जिल्ला सभापतिमा चारजना आकांक्षी देखिएका छन्। शुक्रबार हुने १४ औं अधिवेशनका लागि बिहीबार मनोनयन दर्ता हुनेछ।...

सिटौलाकाे गृहनगरकाे सभापतिमा पाँच जना प्रतिस्पर्धी

झापा – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरकाे नगर सभापतिमा धेरै आकांक्षी देखिएका छन्। सभापति पदका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन्। धेरै कोसिस गर्दा पनि मिलाउन नसकिएको कांग्रेस क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेलले जानकारी दिए। उनले भने, ‘चुनाव हुने नै भयो। पहिला त ८ जना आकांक्षी थिए। अहिले बल्ल पाँच जनामा […]

कांग्रेस पोखरा महानगर सभापतिमा पत्रकार, उद्योगी र वडाध्यक्षसहितका आकांक्षी

नेपाली कांग्रेस पोखरा महानगर सभापतिका लागि ६ जनाबीच प्रतिश्पर्धा हुने भएको छ । उम्मेदवारी दिनेमा पत्रकार, हालका वडाध्यक्ष, उद्योगी सहितका आकांक्षी छन ।...

काँग्रेस जिल्ला सभापतिमा आधा दर्जन आकांक्षी

खड्कबहादुर सेजुवाल, भक्तबहादुर रोकाया र कान्तिका सेजुवालको दाबी पनि कर्णबहादुर शाहीकै पक्षमा हुने देखिएको छ। जिल्ला सभापतिको आकांक्षी धेरै देखिएपछि कार्यकर्ताले सहमति गरेर सर्वसहमतीय नेतृत्व चयनका लागि दबाब दिन थालेका छन्।...

मोरङमा कांग्रेस सभापतिमा लिम्बु र गच्छदारबीच प्रतिस्पर्धाको सम्भावना

९ साउन, विराटनगर । नेपाली कांग्रेस १४ औं महाधिवेशन मिति नजिकिदै गर्दा मोरङ जिल्ला सभापतिमा ६ जना भन्दा बढी आकांक्षी देखिएका छन् । जिल्ला सभापतिमा हालसम्म गोपालराज भण्डारी, प्रदेश सांसद केदार कार्की, जिल्ला सचिव नागेश कोइराला, यदुकुमार विष्ट, रमेशजङ्ग रायमाझी र दिलिप गच्छदार आकांक्षी देखिएका हुन् । निर्वाचन मितिसम्म आइपुग्दा उम्मेद्वार भने दुई जना मात्रै […]

कांग्रेस काठमाडौंको सभापतिमा को-को छन् आकांक्षी ?

२३ असार, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि केन्द्रसँगै जिल्ला तहमा पनि दौडधुप सुरु भएको छ । संघीय राजधानी रहेको काठमाडौं जिल्लामा कांग्रेसको नेतृत्वका लागि आधा दर्जन आकांक्षी देखिएका छन् । देशभरकै सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाका कारण पनि काठमाडौंमा नेताहरूको विशेष चासो हुन्छ । १० वटा निर्वाचन क्षेत्र भएको काठमाडौंबाट २५० […]