झापा।
आज बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट चेक जाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका फाकफोकथुम– १ इलामका २७ बर्षीय प्रकाश गुरुङ र फिदिम नगरपालिका– ८ पाँचथरका २१ बर्षीय लक्षुमान तामाङको साथबाट १४ ग्राम ब्राउनसुगर बरामद गरेको हो।