इलाम। इलामबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ परेका छन्। इलामको सुर्योदय नगरपालिका– ६ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुर्योदय नगरपालिका– ८ का १९ बर्षीय मिक कुमार तामाङ र २३ बर्षीय सेवन गुरुङ रहेका छन्।