प्रतियोगिताबाट बाहिरिने डरबाट गुज्रेको इंग्ल्यान्डले बुधबार अतिरिक्त समयमा स्पेनलाई २–१ ले हराउँदै युरो २०२२ को सेमिफाइनल यात्रा तय गरेको छ । जर्जिया स्टनवेले ९६ औं मिनेटमा निर्णायक गोल गरिन् । स्पेनले इथर गोन्जालेजको गोलले ५४ औं मिनेटमा सुरुआती अग्रता लिएको थियो ।