नेपाल चलचित्र संघ र निर्माता संघबीच सहमति, हल बन्दको निर्णय फिर्ता

काठमाडौं । नेपाली चलिचत्र क्षेत्रमा देखिएका पछिल्ला समस्याबारे नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघबीच छलफल भएको छ । शुक्रबार भएको छलफलमा दुवै संघका महासचिवको नेतृत्वमा पाँच/पाँच सदस्यीय वार्ता समिति गठन गर्ने सहमति भएको छ । समितिबाटै समस्याको समाधान खोज्ने सहमति भएको छ । सहमति भएसँगै सोमबारदेखि सिनेमा हल बन्दको निर्णय चलचित्र संघले फिर्ता लिएको छ...

सम्बन्धित सामग्री

चलचित्र निर्माता र प्रदर्शकबीच शेयर बाँडफाँटमा सहमति

काठमाडौँ – नेपाल चलचित्र संघ र नेपाल निर्माता संघबीच शेयर बाँडफाँटमा सहमति जुटेको छ। सहमतिअनुसार अब नेपाली चलचित्रले हलमा चलुञ्जेल ५० प्रतिशत शेयर पाउनेछन्। चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र निर्माता संघका अध्यक्ष नवल खड्काले उक्त सहमतिपत्रमा हस्ताक्षर गरे। गत कार्तिक २४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’का निर्माताले शेयर बाँडफाँटमा विभेद हुने गरेको भन्दै […]

बालेनको निर्णयविरुद्ध नेपाल चलचित्र संघ उच्च अदालतमा

काठमाडौं– भारतीय फिल्म आदिपुरुषलाई लिएर काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्र हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्ध नेपाल चलचित्र संघ पाटन उच्च अदालत पुगेको छ ।  आदिपुरुषमा जानकी छोरी भारतमा जन्मिएको भन्ने शब्दलाई लिएर प्रमुख शाहले उक्त संवाद नसच्याएसम्म काठमाडौं महानगरमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका छन् । जसविरुद्ध बुधबार संघ उच्च अदालत […]

नयाँ सेन्सर नियमको विरोधमा हलवाला, बोर्डको समर्थनमा निर्माता संघ

नेपाली फिल्म हलको छाता संस्था नेपाल चलचित्र संघ अहिले आन्दोलित छ ।  चलचित्र विकास बोर्डले पछिल्लो समय ल्याएको ‘रिलिजको एक साता अगाडि नै फिल्म सेन्सर गर्नुपर्ने’ नियमको विरोध गर्दै संघ आन्दोलनमा उत्रिएको हो ।बोर्डको नियमले चलचित्र हल संकटमा परेको र ब्यवसाय बचाउनुपर्ने परिस्थिति आएको संघको भनाइ छ । संघले गत पुस १ गते देशभरका सबै सदस्यलाई पत्र लेख्दै बोर्डको गलत निर्णयमा आन्दोलनमा उत्रिन आह्वान समेत गरिसकेको छ ।आन्दोलनको पहिलो चरणस्वरुप पुस ६ गते बुधबार देशभरका हल ब्यावसायीहरुको बृ

सोमबार देशभर सिनेमा हल बन्द गर्ने निर्णयबाट पछि हट्यो नेपाल चलचित्र संघ

काठमाडौं : नेपाल चलचित्र संघले साेमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय फिर्ता लिएको छ। चलचित्र संघले एक प्रेस विज्ञप्ति निकाल्दै सोमबार नेपालभर चलचित्र घरहरू बन्द गर्ने निर्णय स्थगित गरिएको जनाएको हो। शुक्रबार नेपाल चलचित्र निर्माता संघसँगको छलफल र सहमतिपछि संघ आफ्नो निर्णयबाट पछि हटेको हो। 'आगामी दिनमा समस्या समाधानका लागि…

फिल्म क्षेत्रको विकासमा राज्यले सहयोग नगरेको भुवनको गुनासो

चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले फिल्म क्षेत्रकै हितका खातिर आफु बोर्डमा आएको बताएका छन् । नेपाल चलचित्र संघ (फिल्म प्रदर्शकहरुको छाता संस्था) ले बुधबार आयोजना गरेको आफ्नै स्वागत कार्यक्रममा उनले फिल्म क्षेत्रको विकासका लागि राज्यले सहयोग नगरेको आरोप लगाए । केसीले आफ्नो कार्यकालमा फिल्म उद्योगलाई विश्वभर पुर्याउने र फिल्म क्षेत्रमा देखिएको समस्या समाधान गर्ने धारणा राखे ।कार्यक्रममा संघका पूर्व अध्यक्षहरू नकिम उद्दिन र प्रदीपकुमार उदयले फिल्मको विकासमा सरकार गम्भीर नभएक

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई महासंघले गर्यो स्वागत

नेपाल उद्योग वाणिज्य महासंघले वस्तुगत संघहरूको हालै सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारीहरूलाई स्वागत गरेको छ । महासंघको वस्तुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा नेपाल हस्तकला महासंघ, नेपाल इँटा उद्योग महासंघ, नेपाल अलैंची व्यवसायी महासंघ, नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस्, नेपाल चलचित्र संघ, नेपाल दाना उद्योग संघ र नेपाल बिउ व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गरिएको थियो ।कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूलाई खाद

सातामा एक नेपाली फिल्म : विदेशीलाई बाटो दिने ‘ट्रिकी स्टाइल’ ?

१२ पुस, काठमाडौं । असोज १० गतेबाट पुस अन्तिम सातासम्म नेपाल चलचित्र संघ अन्तर्गतको ‘चलचित्र प्रदर्शन व्यवस्थापन समिति’ले गरेको निर्णयमा दुई साताको अन्तरमा मात्र एक नेपाली चलचित्र रिलिज गर्न पाउने निर्णय गरिएको थियो । अब यो नियम वैशाख १ गतेसम्म लागू गरिने भएको छ । यसअनुसार अब वैशाख १ गतेसम्म कुनै पनि नेपाली चलचित्र एकसाथ […]

घटस्थापनाको दिनबाट फिल्म रिलिज हुने

काठमाडौं । कोरोनाका कारण बन्द रहेको फिल्म हल २१ असोजदेखि खुल्ने भएको छ । घटस्थापनाको दिन पारेर २१ गतेबाट फिल्म हल खोल्न नेपाल चलचित्र संघ तयार रहेको महासचिव अशोक शर्माले बताए ।‘२१ असोजदेखि देशभरका हल खोलेर फिल्म प्रदर्शन सुरु गर्दैछौ’ शर्माले भने ‘सुरुवातको चरणमा ठुला, चर्चित भन्दा पनि ठिक्क बजेटको फिल्म लाग्छ ।’ शर्माले २१ गते निर्देशक शोभित बस्नेतको फिल्म ‘डाँडाको बरपिपल’ लाग्न सक्ने सुनाए ।‘बलिउडमा पनि फिल्म हल खुलेको छ । हिन्दी फिल्म पनि आउँछ । हिन्द

भ्याक्सिन कार्डवाला दर्शकलाई हलमा प्रवेश गराउने सोचेका छौँ

कोरोना संक्रमणपछि फिल्म हलहरू बन्द भएको करिब १८ महिना भएको छ । फिल्म प्रदर्शकको छाता संस्था ‘नेपाल चलचित्र संघ’ का अनुसार देशभरमा २८ हल सधैँका लागि बन्द भएका छन् । केही हलहरू अझै केही महिना फिल्म नचले सधँैका लागि बन्द हुने अवस्थामा छन् । केही हलका सञ्चालकहरू परिस्थिति सामान्य हुने प्रतीक्षामा छन् । यही परिप्रेक्ष्यमा […]