काठमाडौं । इक्रा नेपालले दुई कम्पनीलाई रेटिङ प्रदान गरेको छ । मुक्तिनाथ कृषि कम्पनी र सुपर माई हाइड्रोपावर लिमिटेडलाई रेटिङ प्रदान गरेको हो ।
इक्रा नेपाल लिमिटेडले सुपर माई हाइड्रोपावर लिमिटेडलाई इक्रा एनपी आइआर ट्रीपल बी माइनस निष्कासनकर्ता रेटिङ्ग पुनःपुष्टि गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।
त्यसैगरी इक्रा नेपालले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई इक्रा एनपी आइआर डब्बल बी माइनस निष्कासनकर्ता रेटिङ्ग पुनःपुष्टि गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।
उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र रहेको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले प्रष्ट पारेको छ ।