आईपीओ ल्याउँदै मुक्तिनाथ कृषि कम्पनी

काठमाडौं । मुक्तिनाथ बिकास बैंक लगायत नेपालका ८६३ जना भन्दा बढी व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि ४ करोड बराबरको ४ लाख कित्ता धितोपत्र निष्काशन हुने जनाएको छ ।कम्पनीले कृषि पेसालाई प्रतिस्पर्धी र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि अर्थतन्त्रमा काम गर्ने भएको छ ।विभिन्न उद्देश्यहरू प्राप्तिको लागि आफ्नो स्थापना कालदेखि विभिन्न कृषि व्यवसायी, कृषक समूह तथा सहकारीहरूसँग

सम्बन्धित सामग्री

मुक्तिनाथ कृषि कम्पनी यस वर्ष नाफामा, प्रतिशेयर आम्दानी १ रुपैयाँ ४१ पैसा

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत मङ्सिरमा सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको कम्पनी यस वर्ष खुद नाफामा रहेको हो । गत वर्ष २ करोड १९ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष ४९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको कुल आम्दानीमा उल्लेख्य बृद्धि भएसँगै नोक्सानी सुधार्दै नाफामा गएको हो । गत वर्ष १ करोड ७८ लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ५ करोड ६४ लाख रूपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । कुल सञ्चालन खर्च २९ प्रतिशत बढी ५ करोड १४ लाख रूपैयाँ भएको छ । गत वर्ष ३ करोड ९८ लाख रूपैयाँभन्दा बढी कुल सञ्चालन खर्च गरेको कम्पनीले यस वर्ष ५ करोड १४ लाख रूपैयाँभन्दा बढी यो खर्च गरेको हो । गत मङ्सिरमा सर्वसधारणलाई आईपीओ बाँडफाँट गरी कम्पनीको चुक्तापूँजी ७० करोड रूपैयाँ कायम भएको छ । जगेडा कोष रकम भने ६ करोड रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी १ रूपैयाँ ४१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रूपैयाँ ४२ पैसा रहेको छ । रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ सर्वसाधारणमा बाँडफाँट

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडले मंगलवार बिहान आईपीओ बाँडफाँट गरेको हो । सर्वसाधारणका लागि कम्पनीले मङ्सिर ८ गतेदेखि १२ गतेसम्म आईपीओ जारी गरेको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्न अनुमति पाएको थियो । कम्पनीले पहिलो चरणमा १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।  दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरू र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारणका लागि बाँडफाँट गरेको हो । सर्वसाधारणमा निष्कासन गरेको शेयर खरीदका लागि १३ लाख ४० हजार १९९ जनाले आवेदन दिएको जानकारी विक्री प्रबन्धकले गराएको छ । यीमध्ये १२ लाख ७४ हजार ५६७ जनाको आवेदन मात्र रितपूर्वक भएकाले स्वीकृत गरेको भनाइ विक्री प्रबन्धकको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट १ लाख १४ हजार ८०० जनामा १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो । मुक्तिनाथ कृषि कम्पनीले कृषक तथा कृषि व्यवसायीहरूको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक गुणस्तरीय उत्पादनका साधनहरू, जस्तै : मल, बीउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको साथै कृषि सुनिश्चितता गरी राष्ट्रिय र अन्तरराष्ट्रिय बजारीकरणसम्बन्धी क्रियाकलापहरू गरिरहेको छ ।

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ मंगलवार बाँडफाँट हुने, कति जनाले पाउँछन शेयर ?

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ भोलि अर्थात मंगलवार बाँडफााट हुने भएको छ । विक्री प्रबन्धक एनआईएमबि एस कयापिटलका अनुसार भोलि बिहान १० बजे बाँडफाँट हुने जानकारी दिएको हो । कम्पनीले मङ्सिर ८ गते देखि १२ गते सम्म सर्वसाधारणको लागि ११ लाख ४८ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।  कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा  १३ लाख २२ हजार ९९४ जना आबेदकहरुबाट १ करोड ४३ लाख २८ हजार १८० कित्ता शेयर माग भएको थियो । यी आवेदकहरुमध्येबाट १ लाख १४ हजार ८ सय जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर पाउनेछन् ।  आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी ईक्रा नेपालले कम्पनीलाई ईक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । यस कम्पनीले कृषक तथा कृषि व्यवसायीहरूको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक गुणस्तरीय उत्पादनका साधनहरू, जस्तै: मल, बीउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको साथै कृषि सुनिश्चितता गरी राष्ट्रिय र अन्तरराष्ट्रिय बजारीकरणसम्बन्धी क्रियाकलापहरू गरिरहेको छ ।

मुक्तिनाथ कृषि कम्पनीको खुल्यो आईपीओ, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज(शुक्रबार) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर आईपीओ बिक्री खुल्ला गरेको छ । मुक्तिनाथ कृषि कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले एक सय रुपैयाँ प्रतिकित्ताका दरले ११ लाख ४८ हजार कित्ता सेयर सर्वासाधारणका लागि खुला गरेको छ । जहाँ सर्वसाधारणहरुले न्युनतम १० कित्ता […]

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ दशैंकै बीचमा विक्रीमा आउने

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले दशैंको बीचमै पहिलो चरणको आईपीओ विक्री खुला गर्दैछ । कात्तिक ११ गते पूर्णिमाको दिनसम्म बडादशैं मनाउने गरिन्छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक १० गतेदेखि आईपीओ विक्री खुला गर्न लागेको हो । कम्पनीले सर्वसाधारणतर्फको शेयरमध्ये पहिलो चरणमा १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूले यो आईपीओ खरीद गर्न सक्नेछन् ।  सर्वसाधारणमा कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता आईपीओ विक्री गर्न स्वीकृति पाएको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएकोमा कुल कित्ता शेयरमध्ये १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता आईपीओ भने  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विक्री गर्न लागिएको हो ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराइएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन समेतबाट आवेदनका दिन सकिनेछ ।   कम्पनीले आफ्नो उद्देश्यअनुसार कृषि, कृषक तथा कृषि व्यवसायीहरूको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक गुणस्तरीय उत्पादनका साधनहरू, जस्तै : मल, बीउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको साथै कृषि सुनिश्चितता गरी राष्ट्रिय र अन्तरराष्ट्रिय बजारीकरण सम्बन्धी क्रियाकलापहरू गरिरहेको छ । हाल कम्पनीमा संस्थापकतर्फ ८० प्रतिशत शेयर स्वामित्व कायम छ । गत आर्थिक वर्ष ०७९/८० सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी ४ करोड ८३ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

मुक्तिनाथ कृषिले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई आईपीओ बिक्री गर्न अनुमति दिएको छ । यस कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा सर्वसाधारणका लागि कुल १४ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । यसले कुल १४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ । यो आईपीओमा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटलले गर्ने […]

मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीलाई आईपीओ निष्कासन गर्ने स्वीकृति

१२ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने स्वीकृति दिएको छ । धितोपत्र बोर्डले १० असोजमा दुवै कम्पनीलाई आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको थियो । मुक्तिनाथ कृषि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने […]

मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने

काठमाडौं (अस) । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले मेगा क्यापिटल मार्केट्सलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर वादे श्रेष्ठबीच धितोपत्र निष्कासन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कार्यक्रमा मुक्तिनाथ कृषि कम्पनी सञ्चालक तुलसीराम ढकाल, सीताराम काफ्ले र विजय गुरुङ, प्रमुख कार्यकारी अधिकृत सलिलकुमार श्रीवास्तव, कम्पनी सचिव रामशरण तिमल्सिना, मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशि, मुक्तिनाथ बैंकका क्षेत्रीय प्रमुख बाबुराम ढकाल र मेगा क्यापिटलका प्रमुख लगानी अधिकृत सुलभ श्रेष्ठलगायत उपस्थिति थिए । कृषि क्षेत्रमा काम गर्ने उद्देश्यले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीमध्ये सर्वसाधारणका लागि यो धितोपत्र निष्कासन पहिलो हुनेछ । सम्झौताअनुसार आउँदो चैत मसान्तभित्र आईपीओ निष्कासनका सबै प्रक्रिया पूरा गरी सर्वसाधारणका लागि ४ करोड बराबरको ४ लाख कित्ता धितोपत्र निष्कासन हुनेछ ।

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ जारी गर्ने

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । मुक्तिनाथ बिकास बैँकलगायत नेपालका ८ सय ६३ जनाभन्दा बढी व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको यस कम्पनीले यही वर्षको चैत मसान्तभित्र आईपीओ निष्काशनको सबै प्रकृया पुरा गरी जारी गर्ने लक्ष लिएको छ । यसअन्तर्गत सर्वसाधारणको लागि ४ करोड बराबरको ४ लाख कित्ता धितोपत्र निष्काशन हुनेछ । २०७५ सालमा १ अर्ब रुपैयाँ अधिकृत पुँजी र ४० करोड जारी पुँजीसहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । उक्त शेयर...