स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएका मध्ये सुदूरपश्चिमका तीन जिल्लामा प्रमुख ३ दल शून्यमा झरेका छन्। नेपाली काँग्रेस दार्चुलामा, नेकपा एमाले डडेलधुरा र नेकपा माओवादी केन्द्र बाजुरामा शून्य भएका हुन्। ९ पालिका रहेको दार्चुलामा नेकपा एमालले ५ र नेकपा माओवादी केन्द्रले ४ पालिका प्रमुख जितेको छ । दार्चुलामा नेपाली काँग्रेसले ३ उपप्रमुख पद जितेको छ।