डिजिटल प्रविधिले सेवा प्रवाहमा सहज

भोजपुर– भोजपुरका मालपोत तथा नापी कार्यालयमा सुरु भएको डिजिटल प्रविधिले सेवा प्रवाहमा सहज बनाएको छ। सरकारले लागु गरेको भूमिसम्वन्धी डिजिटल प्रविधि सेवा प्रभावकारी बनेसँगै यहाँबाट प्रवाह हुने सेवामा चुस्तता आएको हो । यो प्रविधिबाट काम छिटो छरितो र पारदर्शी हुँदा नागरिकमा सेवाप्रति विस्वास बढेको छ। यहाँको भूमि सम्बन्धी सम्पूर्ण विवरण अनलाइनमा रहने भएकाले आवश्यक परेको […]

सम्बन्धित सामग्री

बुढीगङ्गामा प्रविधिमैत्री सेवा

बुढीगङ्गा नगरपालिकाले सञ्चालन गरेको डिजिटल प्रविधिले नियमित सेवा सहज बनाएको छ । नगरपालिकाले लागु गरेको डिजिटल प्रविधि सेवा प्रभावकारी बनेसँगै सेवा छिटोछरितो र चुस्त भएको छ । यो प्रविधिबाट काम छिटोछरितो र पारदर्शी हुँदा नागरिकमा सेवाप्रति विश्वास बढेको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताउनुभयो । नगरपालिकाले दर्ता चलानी, सिफारिस, सूची दर्ता, योजना, राजस्व, व्यवसाय दर्तालगायतका कार्य डिजिटल प्रविधिबाट गर्ने गरेकोे छ ।

सार्वजनिक सेवा प्रवाहमा डिजिटल प्रविधि : कति सहज, कति असहज ?

नेपालमा पनि एकद्वार सेवा प्रणालीमार्फत एकीकृत सफ्टवेयरको विकास गरी कार्यान्वयनमा ल्याउन आवश्यक छ । यसले एउटै छातामुनिबाट सेवाग्राहीलाई सार्वजनिक सेवा लिन सहज र किफायती हुनेछ ।

सूर्योदयको डिजिटल फड्को

इलामको सूर्योदय नगरपालिकाले आफ्ना दैनिक गतिविधिलाई डिजिटल माध्यममा लगेसँगै प्रविधिमा फड्को मारेको छ । प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको नगरले प्रविधिमैत्री नगरको अभियानलाई तीव्रता दिएको छ । नगरले पछिल्लो समय अनलाइन सेवा पोर्टलसमेत सञ्चालनमा ल्याएको छ । अनलाइनमार्फत कर तिर्न सकिने, सूची दर्ता गर्न सकिने, सबै प्रकारका सिफारिस, अन्य दर्ता गरी चार प्रकारका सेवा सञ्चालनमा ल्याएको छ । पेपरलेस (कागजरहित) अभियानमा लागेको नगरले अब कुनै पनि हस्तलिखित निवेदन नबुझ्ने जनाएको छ । नगरप्रमुख रणबहादुर राईले डिजिटल प्रविधि सुरु भएपछि सेवा लिने र दिने दुवैको समय बचत हुने बताउनुभयो । उहाँले भन्नुभयो, “नगरका काम गर्न अब घण्टौँ धाउनु र लाममा बस्नु पर्दैन, घरमै बसेर गरे हुन्छ ।”

डिजिटल नेपालको अभियानमा जोडियो माइपे

काठमाडौं–डिजिटल नेपाल बनाउने अभियानमा विद्युतीय भुक्तानी सेवा प्रदायक वालेट माइपे पनि जोडिएको छ । पछिल्ला दिनहरुमा नेपालीहरु डिजिटल प्रविधि प्रति आकर्षित भइरहेको बेलामा स्मार्ट कार्ड नेपालले नयाँ वालेट सञ्चालनमा ल्याएको हो । वालेटका अनुसार हाल बजारमा रहेको भुक्तानी सेवा प्रदायकहरुले भन्दा नवीन र उत्कृष्ट सुविधाहरु यस वालेटबाट प्राप्त गर्न सकिनेछ । नेपालमा कोरोना संक्रमण बढेपछि […]

माईपे डिजिटल वालेटको सेवा सुरु, २५ प्रतिशत क्यास ब्याक अफर

डिजिटल नेपाल बनाउने अभियानमा अर्काे विद्युतीय भुक्तानी सेवा प्रदायक वालेट माईपे (MYPAY) पनि थपिएको छ । पछिल्ला दिनहरुमा नेपालीहरु डिजिटल प्रविधि प्रति आकर्षित भइरहेको बेलामा स्मार्ट कार्ड नेपाल प्रा लिले नयाँ वालेट संचालनमा ल्याएको हो ।हाल बजारमा रहेको भुक्तानी सेवा प्रदायकहरुले भन्दा नवीन र उत्कृष्ट सुविधाहरु यस वालेटबाट प्राप्त गर्न सकिने स्मार्ट कार्ड प्रालीले जनाएको छ । पहिलो पटक वालेट प्रयोग गर्दा २५ प्रतिशत वा अधिकतम रु १०० रुपैयाँसम्म क्यासब्याक अफर सहित वालेटले सेवा सुरु गरेको हो । आगामी दिनमा समेत विभिन्न उत्साहजनक अफरहरु ल्याउने माईपेले बताएको छ । कम्पनीका अनुसार  हाल माईपेले सामान्य सेवाहरु सहित आफ्नो प्रणालीको स्थायित्व परीक्षण गरिरहेको छ । हाल मोबाइल टपअप बिजुलीको बिल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी गर्ने सुविधाहरु रहेका छन् । त्यसबाहेक वालेटबाट टिभीको बिल भुक्तानी गर्न सकिन्छ । वालेटमा सजिलै कुनै पनि बैंकबाट फन्ड लोड गरी कारोबार गर्न सकिने कम्पनीले उल्लेख गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले हाल संचालनमा रहेको बिद्युतिय भुक्तानी सेवा प्रदायकहरुको सेवामा रहेका बिजुली, इन्टरनेट वा अन्य बिल भुक्तानी गर्ने परम्परागत शौलिलाई चिर्दै माईपेले ग्राहकहरुको आवश्यकता र दुःख बुुझेर  नवीनतम सेवा तथा सुविधाहरुको स्वाद दिने बताए । उनले सर्वसाधारणलाई अति आवश्यक सेवाहरु डिजिटल माध्यमबाटै गर्न सकिने गरी फरक र नयाँ सेवा दिने जमर्काेमा रहेका बताए।उनले भने ‘अहिले हामीले परीक्षणका रुपमा केही विशेषताहरु मात्रै राखेर माईपे वालेट सार्वजनिक गरेका छौं, हाम्रो वालेटको परफमेन्स र सर्वसाधारणको प्रतिकृया हेरेर छिट्टैनै हामी अति आवश्यक, सहज र नवीन सुविधाहरु सहितको पूर्ण रुपको वालेट सार्वजनिक गर्नेछौं’ । उनले भविष्यमा वालेटको परिभाषा नै बदल्ने गरी भुक्तानी सेवा मात्रै नभई अन्य अत्यावश्यक सेवाहरु माईपेमा थपिने प्रतिवद्दता व्यक्त गरेका छन् ।झन्डै दुुई वर्षअघि कोभिडको संक्रमण विश्वव्यापी महामारीको रुप लिँदै नेपाल भित्रिएपछि नेपालमा डिजिटल कारोबारको संख्या ह्वात्तै बढेको थियो । भिडभाडमा जानु नपर्ने र घरबाटै सजिलै भुक्तानी गर्न सकिने भएकाले पनि डिजिटल भुक्तानी प्रति सर्वसाधारणको आकर्षण बढेको हो । नेपालमा हाल २७ वटा विद्युतीय भुक्तानी सेवा प्रदायक संचालनमा रहेको छ । यसैबिच संचालनमा आएको माईपेका सामु वालेटका प्रयाय बनेका अन्य वालेटसँग प्रतिस्प्रर्धा गर्नु निकै चुनौतिपूर्ण देखिन्छ ।

अमेरिकामा खुल्यो जेनिस सलुसन

डिजिटल प्रविधि सेवा प्रदान गर्ने कम्पनी, जेनिस सलुसनले अमेरिकामा आफ्नो पहिलो कार्यालय खोलेको छ।...

अमेरिकामा खुल्यो जेनिस सलुसनको कार्यालय

काठमाडौँ– डिजिटल प्रविधि सेवा प्रदान गर्ने कम्पनी, जेनिस सलुसनले संयुक्त राज्य अमेरिकामा आफ्नो पहिलो कार्यालय खोलेको छ। ब्रिटेनमा मुख्यालय रहेको उक्त कम्पनीको नेपाल, भारत, पाकिस्तान, बांगलादेश, अस्ट्रेलिया र फिनल्यान्डमा कार्यालय छन्। जेनिस सलुसन अमेजन वेब सर्भिसेज, गुगल तथा माइक्रोसफ्टको आधिकारिक सेवाप्रदायक पनि हो। जेनिसले यसभन्दा पहिले नै अमेरिकास्थित केही ठूला बैंकलाई आफ्नो सेवा प्रदान गर्दै […]

नेपाल बैंकको वार्षिकोत्सव मंगलबार : डिजिटल प्रविधि पछ्याउँदै नेपालको पहिलो बैंक

काठमाडौं (अस) । नेपालको पहिलो बैंक नेपाल बैंकले मंगलबार वार्षिकोत्सव मनाउँदै छ । बैंक ८४ औं वर्ष पूरा गरी ८५ औं वर्ष प्रवेश गरेको छ । १९९४ कात्तिक ३० गते स्थापना भएको नेपाल बैंकले नेपालमा बैंकिङ अभ्यासको सुरुआत गरेको मानिन्छ । बैंकले २ दशकभन्दा बढि समयसम्म लाभांश वितरण गर्न सकेको थिएन । तर, आव ०७६/७७ देखि लाभांश बिवतरण गर्न थालिसकेको छ । सोही कारण बैंकको शेयरमा पुँजी बजारका लगानीकर्ताको आकर्षण बढ्दो छ । तत्कालीन समय नेपाल  बैंक कानुन, १९३७ अनुसार स्थापना भएको यो बैंकको उद्घाटन तत्कालीन राजा त्रिभुवनले गरेका थिए । नेपाल सरकार र सर्वसाधारणको निजी–सरकारीसाझेदारीको अवधारणामा यो बैंक स्थापना गरिएको थियो । पहिला यो बैंकमा सरकारको ४० प्रतिशत र सर्वसाधारणको ६० प्रतिशत शेयर स्वामित्व थियो । अहिले त्यो परिवर्तन भएर सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व छ । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ६४ करोड पुगेको छ । नेपालमा औपचारिक बैंकिङ सेवाको सुरुआत मात्रै नभई स्वदेशी मुद्रा प्रचलमा ल्याउने श्रेय पनि नेपाल बैंकलाई नै दिइने गरेको छ । नेपालमा केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) को स्थापना भएको २०१३ सालमा मात्र हो । त्यसभन्दा पहिला नेपाल बैंकले नै केन्द्रीय बैंकको काम गरेको थियो । बैंकले उद्योग, कृषि, पर्यटन तथा व्यापार व्यवसाय र आय आर्जनका क्षेत्रको विकास एवं प्रवद्र्धनमा अग्रणी भूमिका खेलेको पाइन्छ । नेपाल बंैकले हाल हिमाल, पहाड, तराईमा शाखा विस्तार गरी कारोबार गरिरहेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत भूगोलपार्क हरियाली, रक्तदान कार्यक्रम, महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम, विपन्न वर्ग लक्षित स्वास्थ्य सुधार कार्यक्रम, बाढीपीडित राहत कार्यक्रम  सञ्चालन गरिरहेको छ । यसैगरी ज्येष्ठ नागरिक सम्मान, असहाय बालबालिकालाई सहयोग तथा विनाशकारी भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुननिर्माणमा सहयोग, कोभिड–१९ महामारीमा सरकार र विभिन्न संघ– संस्थालाई आर्थिक सहयोग उपलब्ध  गराएको छ । हाल बैंकमा स्थायी, करार सेवा र ज्यालादारी गरी करिब २४०० कर्मचारी कार्यरत छन् । सुरु चरणमा बैंकले लेजर बुक, धातुको टोकन माध्यमबाट निक्षेप बुझी भुक्तानी दिने, कारोबारको पासबुक रेकर्ड राखी ग्राहकलाई दिनेजस्ता कार्यप्रणाली प्रयोग गरिरहेको थियो । तर, पछिल्लो समय अत्याधुनिक डिजिटल बैंकिङ सेवा सञ्चालन गरिरहेको छ । बैंकले हाल २० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।