बुढीगङ्गा नगरपालिकाले सञ्चालन गरेको डिजिटल प्रविधिले नियमित सेवा सहज बनाएको छ । नगरपालिकाले लागु गरेको डिजिटल प्रविधि सेवा प्रभावकारी बनेसँगै सेवा छिटोछरितो र चुस्त भएको छ । यो प्रविधिबाट काम छिटोछरितो र पारदर्शी हुँदा नागरिकमा सेवाप्रति विश्वास बढेको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताउनुभयो । नगरपालिकाले दर्ता चलानी, सिफारिस, सूची दर्ता, योजना, राजस्व, व्यवसाय दर्तालगायतका कार्य डिजिटल प्रविधिबाट गर्ने गरेकोे छ ।