भैरहवा भन्सारमा सेटिङमा तस्करी

एउटै प्रज्ञापनपत्रबाट दुई गाडी छुटेको सार्वजनिक भएपछि भैरहवा भन्सार कार्यालयमा तस्करहरुले सेटिङ मिलाएर दिनहुँ लाखौं राजस्व छलिरहेको खुलेको छ।

सम्बन्धित सामग्री

लक्ष्यको आधा पनि उठेन भैरहवा भन्सारमा राजस्व

रुपन्देहीको भैरहवा भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको आधा राजस्व पनि उठाउन सकेको छैन । आर्थिक वर्ष २०७९/०८० मा भैरहवा भन्सारमा एक खर्ब ५५ अर्ब ६० करोड ३८ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । तर ७६ अर्ब ८९ करोड, पाँच लाख राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ । यो लक्ष्यको ४९.४१ प्रतिशत हो […]

भैरहवा भन्सारमा पार्किङ समस्या

रुपन्देही – आयातकर्ताले आयात गरेका साना–ठूला सवारीसाधन समयमै जाँचपास प्रक्रियामा नलग्दा भैरहवा भन्सार कार्यालयको पार्किङस्थलमा समस्या सिर्जना भएको छ । नयाँ सवारीसाधनले यतिबेला भन्सारको एउटा यार्ड नै भरिएको भन्सार कार्यालय प्रमुख मनिराम पौडेलले बताए । “नयाँ सवारीसाधन आयातकर्ताले जाँचपासको प्रक्रियामा लगेका छैनन्, हामीले छिटो जाँचपास गराउन ताकेता गरेका छौँ ।” बेलहियामा आइसिपीको निर्माण कार्य सुरु […]

भैरहवा भन्सारमा हुँदैन खाद्यान्नको गुणस्तर परीक्षण

भैरहवा– भैरहवा भन्सार हुँदै भित्रने खाद्यान्नको ल्याब परीक्षण नै नभई भित्रिने गरेको छ। उपभोक्ताले सिधैँ प्रयोग गर्ने चामल, दाल, गहुँ, गेडागुडी, दलिया, मकै, तोरी, सुक्खा फलफल लगायतका वस्तुको खाद्य परीक्षण नै नभई नेपाल भित्रिने गरेको हो । भारत वा तेस्रो मुलुकबाट भित्रिने जुनसुकै खाद्यवस्तु वैध तरिकाले भित्रिँदा खानयोग्य छ कि छैन भनी परीक्षण गर्नुपर्छ । […]

भन्सारमा ९ सय गाडी अलपत्र

भन्सारले जाँचपास नगर्दा विभिन्न मुलुकबाट आयात भएका पौने ५ अर्ब रुपैयाँ बराबरको ९ सय गाडी भन्सारमै अपलत्र परेको छ ।

भैरहवा भन्सारमा अचम्मको दृश्य : ७३ लाखको स्क्यानर थन्क्याएर हातैले लगेज चेकजाँच

भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउनका लागि भन्दै भैरहवा भन्सार कार्यालय, बेलहिया (सुनौली) मा ल्याइएको ‘स्क्यानर’ मशिन प्रयोगविहीन बनेको छ । मालवस्तु तौलिने तथा लगेज र झोलाहरू ‘स्क्यान’ गर्ने अत्याधुनिक उपकरणलाई ४ वर्षदेखि विनाप्रयोग थन्क्याएर राखिएको छ । मशिन सञ्चालनमा ल्याउन कर्मचारीहरूको रुचि नै देखिएको छैन । उनीहरू सडकलाई कारण देखाएर पन्छिने गरेका छन् ।  लगेज तथा ब्याग सबै मशिनले चेक गर्ने र पारदर्शी हुने भएपछि अतिरिक्त कमाइको बाटो रोकिने डरले कर्मचारीहरू मशिन प्रयोग गर्न त...

भैरहवा भन्सारमा बेथिती बढ्दै

अर्थ मन्त्रालयलको निर्देशनविपरीत भारत तथा तेस्रो मुलुकबाट आयात गर्ने सामानमा चेकजाँच गर्दा भैरहवा भन्सार कार्यालयमा पछिल्लो समय बेथिती बढ्दै गएको छ । मन्त्रालयले सबै सामान एक–एक गरी चेकजाँच गर्न निर्देशन दिए पनि भन्सार कार्यालयले प्रज्ञापनपत्रका आधारमा केही सामानको नमूना मात्रै हेरेर सामान पास गर्ने गरेको छ । व्यवसायीको विश्वासका आधारमा गरिने चेकजाँचले दैनिक लाखौं रूपैयाँ राजश्व भन्सारबाटै चुहावट हुँदै आएको छ ।

भैरहवा भन्सारमा लक्ष्य भन्दा कम राजस्व

भैरहवा भन्सारले चालु आर्थिक बर्षको ६ महिनामा लक्ष्य भन्दा झाण्डै १२ प्रतिशत कम राजश्व संकलन गरेको छ। राजस्व संकलनको गती यही रहे बिभागले दिएको बार्षिक लक्ष्य पुरा गर्न भैरहवालाई मुस्किल पर्नेछ।