भैरहवा भन्सारमा अचम्मको दृश्य : ७३ लाखको स्क्यानर थन्क्याएर हातैले लगेज चेकजाँच

भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउनका लागि भन्दै भैरहवा भन्सार कार्यालय, बेलहिया (सुनौली) मा ल्याइएको ‘स्क्यानर’ मशिन प्रयोगविहीन बनेको छ । मालवस्तु तौलिने तथा लगेज र झोलाहरू ‘स्क्यान’ गर्ने अत्याधुनिक उपकरणलाई ४ वर्षदेखि विनाप्रयोग थन्क्याएर राखिएको छ । मशिन सञ्चालनमा ल्याउन कर्मचारीहरूको रुचि नै देखिएको छैन । उनीहरू सडकलाई कारण देखाएर पन्छिने गरेका छन् ।  लगेज तथा ब्याग सबै मशिनले चेक गर्ने र पारदर्शी हुने भएपछि अतिरिक्त कमाइको बाटो रोकिने डरले कर्मचारीहरू मशिन प्रयोग गर्न त...