नेपाल प्रहरी र सशस्त्रको प्रष्टीकरण : हामीबीच कुनै झडप विवाद भएको छैन्

काठमाडौं : झापाका दुई सुरक्षा निकायहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आफ्नो संगठनबीच काँकडभिट्टामा कुनै झडप विवाद नभएको स्पष्ट पारेका छन्।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठक र सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेड.क्वा झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीद्वारा संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो कुनै झडप विवाद नभएकाे बताएका हुन्। गएराति नेपाल प्रहरीले सुपारी तस्करलाई पक्राउ गरेको र  त्यहाँ

सम्बन्धित सामग्री

रसुवामा प्रहरी र स्थानीयवासीबीच झडप, आठ सुरक्षाकर्मी घाइते

रसुवा : उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच झडप हुँदा प्रहरी निरीक्षकसहित सुरक्षाकर्मी घाइते भएका छन्।गोल्जुङ र चिलिमेका बासिन्दा सरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको हो। झडपमा दुई प्रहरी निरीक्षकसहित आठ प्रहरी घाइते भएका हुन्। घाइते हुनेमध्ये तीन सशस्त्र प्रहरी र तीन नेपाल प्रहरी छन् । आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारी साधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि दुई पक

झापामा सशस्त्र र नेपाल प्रहरी विच झडप

झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको छ। झापाको मेचीनगर नगरपालिका स्थित काँकडभित्ता नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको हो। नेपाल प्रहरीले सुपारी भारत पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप भएको हो।नेपाल प्रहरीले तस्करसँगको मिलेमतोमा सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेको र त्यसक्रममा नेपाल प्रहरीले सशस्त्रमाथि हातपात गरेको बताइएको छ।

धनुषाको धनौजीमा झडप, स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाइ फायर

धनुषा, २ जेठ । धनुषाको धनौजी गाउँपालिकामा मतगणनाको क्रममा उत्पन्न भएको विवाद हुँदा झडप भएको छ । खसेको मत भन्दा बढी मतपत्र भेटिएपछि विवाद सिर्जना भई झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको जनाएको छ । मतगणनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

झडप हुँदा स्थगित भएको जुम्लाको गर्ज्याकाेटमा मतदान चल्दै

जुम्ला - झडप हुँदा वैशाख ३० गते स्थगित भएको जुम्लाको गर्ज्याकाेटमा आज मतदान भइरहेको छ । शङ्कर माध्यमिक विद्यालयमा भइरहेको मतदानमा अहिलेसम्म १ सय ८८ मत खसेको निर्वाचन अधिकृत तुलराज चौलागाईँले जानकारी दिनुभयो । मतदान सहज गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको छ । एक हजार ७ जना मतदाता भएको केन्द्रमा ३२० मत खसिसकेको थियो । तर चुनाव स्थगित भएपछि पुनः सबै प्रक्रिया सुरु भएको हो ।

रौतहटको गढीमाईमा झडप, १५ को टाउको फुट्यो

रौतहट, वैशाख ३० । रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुरमा मतदानको क्रममा झडप भएको छ। लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा झडप भएको हो। दुई पक्षबीच मतदानकै क्रममा विवाद भएपछि झडप भएको हो। झडप अझै नियन्त्रणमा आइसकेको छैन। झडपमा अहिलेसम्म १५ जनाको टाउको फुटेको बताइएको छ। उक्त ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप […]

सिन्धुपाल्चोकमा माओवादीका दुई पक्षबीच झडप, अश्रुग्यास प्रहार

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रको दुई पक्षबीच झडप भएको छ । टिकट पाउने र नपाउने पक्षबीच झडप भएको हो । उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच झडप हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ । […]

चौतारामा माओवादीकै दुई पक्षबीच झडप, अश्रुग्यास प्रहार

काठमाडौँ- सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबीच झडप भएको छ। झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो। उम्मेदवारी बाँडफाँटमा स्थानीयभन्दा पनि काठमाडौँमा बस्नेलाई टिकट दिएको भन्दै आक्रोशित समूहले टिकट पाउने पक्षसँग झडप गरेको हो। स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको सिन्धुपाल्चोकका प्रजिअ […]

सिन्धुपाल्चोकमा माओवादीका दुई पक्षबिच झडप, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबिच झडप भएको छ । उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबिच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । उनका अनुसार चौतारामा अहिले केही राउण्ड अश्रुग्याँस पनि प्रहार […]

पूर्वमन्त्री प्रभु साह सहभागी नगर सभामा झडप, ३७ सुरक्षाकर्मी घाइते

पूर्वमन्त्री प्रभु साह सहभागी रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा झडप भएको छ । नगर सभाभित्र भएको झडप बाहिर पुग्दा प्रहरी र सर्वसाधारणबीच समेत झडप भएको छ । झडपमा ३८ सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम साहले जानकारी दिए । घाइतेमा १२ जना नेपाल प्रहरी र २५ जना सशस्त्र प्रहरी रहेका छन् । उनका अनुसार झडपलाई नियन्त्रणमा लिन २३ राउन्ड अश्रुग्यास, १४ राउन्ड हवाइ फायर समेत गरिएको छ । राजनीतिक विवादले नगर सभामा झडप हुँदा स्थिति अनियन्त्रित भएर हिंसात्मक झडपको स्थिति बनेको प्रहरीले जना...