चौतारामा माओवादीकै दुई पक्षबीच झडप, अश्रुग्यास प्रहार

काठमाडौँ- सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबीच झडप भएको छ। झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो। उम्मेदवारी बाँडफाँटमा स्थानीयभन्दा पनि काठमाडौँमा बस्नेलाई टिकट दिएको भन्दै आक्रोशित समूहले टिकट पाउने पक्षसँग झडप गरेको हो। स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको सिन्धुपाल्चोकका प्रजिअ […]

सम्बन्धित सामग्री

बङ्गलादेशमा तयारी पोशाक श्रमिकमाथि प्रहरीद्वारा अश्रुग्यास प्रहार

गाजिपुर (बङ्गलादेश), २३ कात्तिक । सरकारले प्रस्ताव गरेको पारिश्रमिक वृद्धिलाई अस्वीकार गर्ने तयारी पोशाक श्रमिकको विरोध प्रदर्शनमा हिंसा भड्किएपछि बङ्गलादेश प्रहरीले बिहीबार रबरको गोली र अश्रुग्यास प्रहार गरेको अधिकारी र प्रत्यक्षदर्शीहरूले बताएका छन् । सरकारले नियुक्त गरेको प्यानलले मङ्गलबार मुलुकको तयारी पोशाक कारखानाका ४० लाख श्रमिकका लागि पारिश्रमिकमा ५६ दशमलव २५ प्रतिशतले वृद्धि गरेको थियो […]

कैलालीमा तनाव : स्थानीयले गरे प्रहरीमाथि ढुंगामुढा, ३९ राउण्ड अश्रुग्यास प्रहार

धनगढी : कैलालीमा स्थानीयले प्रहरीमाथि ढुंगामुढा बर्साएका छन्। जिल्लाको गोदावरी नगरपालिका–७ स्थित हरैयामा स्थानीयले बुधबार प्रहरीमाथि ढुंगामुढा गरेका हुन्।बिहानैदेखि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेकोमा प्रहरीले बल प्रयोग गरेर खुलाउन खोज्दा ढुंगामुढा गरिएको स्थानीयले बताएका छन्। प्रहरीले पनि ढुंगामुढा भएपछि ३९ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ। स्थानीयले गोदावरीको स्याउले र हरैयामा राजमार्ग बन्द गरेका छन्।उनीहरूले गोदावरीको लालपुरमा टिपरले अटोरिक्सालाई ठक्कर दिँदा

मोरङको रंगेलीमा बढी मत भेटिएपछि तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

मोरङको रंगेलीमा बढी मत भेटिएपछि तनाव भएको छ । खसेको भन्दा १०८ मत बढी भेटिएपछि दलहरूको प्रदर्शन र नाराबाजी गर्दा स्थिति तनावग्रस्त भएको हो । प्रहरीले स्थितिलाई नियन्त्रण अश्रुग्यास प्रहार गरेको छ । बढी मत भेटिएपछि एमाले बाहेकका दलहरुले प्रदर्शन गरेका हुन् । मत गणनाका क्रममा रंगेली नगरपालिकाको वडा नम्बर ७ मा बढी मत भेटिएको हो ।

बाराको देवतालमा झडप : प्रहरीद्वारा अश्रुग्यास प्रहार, मतदान रोकियो

काठमाडौं : मतदानको क्रममा बाराको देवताल गाउँपालिका वडा ७ मा झडप भएको छ। दुई पक्षबीच विवाद हुँदा घटनालाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। हाल उक्त स्थानमा मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए। भीड नियन्त्रणमा आएको भएपनि मतदान प्रक्रिया रोकिएको उनले बताए।

बाराको देवतालमा झडप,प्रहरीद्वारा अश्रुग्यास प्रहार, मतदान रोकियो

बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच झडप हुँदा एक जना घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार एक जनाको टाउको फुटेको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।

कपिलवस्तुमा विद्यार्थीबीच झडप, आठ राउण्ड अश्रुग्यास प्रहार

कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूबीच झडप भएको छ । होलीको टीकाको विषयमा सुरु भएको विवादले विद्यालय परिसरमा आज दिनभर तनावग्रस्त भएको हाे ।होलीका दिन भएको विवाद मिलाउन विद्यालयले आज अभिभावकलाई बोलाएर छलफल गराउन लागेको थियो । छलफल नगरी विद्यार्थीहरू आक्रोशित हुँदै ढुङ्गा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । विद्यार्थीको दुई समूहबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । तनावग्रस्त भीडलाई तितरवितर पार्न प्रहरीले आठ रा

नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौँ– नयाँ बानेश्वर क्षेत्र फेरि तनावग्रस्त बनेको छ।  प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ। आज बिहानैदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो। प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेर भीड तितरवितर पारे पनि फेरि प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरुले एमसीसी राष्ट्रिय हितमा नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरिरहेका छन्। सरकारले अमेरिकी सहायता […]

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

२६ पुस, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ । विद्यालयका भिसी नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन भन्दै विद्यार्थीको एउटा समूह त्यहाँ पुगेको थियो । तर, सिंहले ज्ञापन पत्र बुझ्न मानेनन् । सिंहले मातहतका परीक्षा नियन्त्रण कार्यालय लगायतलाई बुझाए हुने बताएका थिए […]