धनुषाको धनौजीमा झडप, स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाइ फायर

धनुषा, २ जेठ । धनुषाको धनौजी गाउँपालिकामा मतगणनाको क्रममा उत्पन्न भएको विवाद हुँदा झडप भएको छ । खसेको मत भन्दा बढी मतपत्र भेटिएपछि विवाद सिर्जना भई झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको जनाएको छ । मतगणनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।  

सम्बन्धित सामग्री

बिहेमा हवाइ फायर गर्ने बेहुली फरार

काठमाडौं । भारतको उत्तर प्रदेशमा आफ्नै बिहेमा हवाइ फायर गर्ने एक जना बेहुली वेपत्ता भएकी छिन् । बिहेमा स्वयम्बर गरे लगत्तै दुलाहसँगै बसेकी बेहुलीले पेस्तोलबाट चार राउण्ड हवाइ फायर गरेकी थिइन् । उनले हवाइ फायर भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको खोजी गरिरहेको छ । उनीविरुद्ध मुद्दा पनि दर्ता गरेको प्रहरीले जनाएको छ । […]

डोटीमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर

धनगढी :  डोटीको मतदान स्थलमा डोटीमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर भएको छ।जिल्लाको शिखर नगरपालिका– ८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदान स्थल भित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउण्डहवाइ फायर  गरिएको हो।केही समय विवाद हुँदा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि भीड तितरबितर पार्न ४ राउण्ड हवाइ फायर गरिएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायव निरीक्षक भीम बोहराले जानकारी दिए।केही समयका लागि मतदान प्रक्रिया रोकिए

सिरहामा झडप, तीन राउण्ड हवाइ फायर

प्रतिनिधिसभा तथा प्रदेश तथा सदस्य निर्वाचनको क्रममा सिरहाको कर्जन्हा–६ मा प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ। कर्जन्हा नगरपालिका-६ जनता माध्यमिक विद्यालय बडहारामाल बुथमा प्रतिनिधिहरूबीच भडप भएपछि प्रहरीले ३ राउन्ड हवाइ...

सप्तरीमा तस्करमाथि तीन राउण्ड हवाइ फायर

जनकपुरधाम : सप्तरीमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी र तस्कर समूहबीच झडप भएको छ। झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर गरेकाे छ।जिल्लाको बलान बिहुल गाउँपालिका वडा नम्बर ४ बेल्हीमा मंगलबार दिउँसो भारतबाट ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो। सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन गएका प्रहरीविरुद्ध तस्कर समूहले आक्रमण गरेपछि प्रहरीले हवाइ फायर गरेको हो।तस्करहरूले गरेको

बुढीगंगाको त्रिशक्ति मतदान केन्द्रमा झडप, प्रहरीद्वारा हवाइ फायर

सुर्खेत- बाजुराको बुढीगंगा नगरपालिका-९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव भएको छ । तनाव भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायर गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । ‘केही बेर विवाद भयो,’ अधिकारीले भने, ‘करिब १५ मिनेट मतदान गरेर अहिले पुनः मतदानको स्थिति बनेको […]

सर्लाहीको कौडेना र चक्रघट्टामा हवाइ फायर

३० वैशाख, काठमाडौं । सर्लाहीको कौडेना गाउँपालिका र चक्रघट्टा गाउँपालिकामा प्रहरीले हवाइ फायर गरेको छ । मतपेटिका संकलन गरेर निर्वाचन अधिकृतकाे कार्यालयमा पुर्‍याएपछि राजनीतिक दलका कार्यकर्ताले ढुंगामुढा भएपछि काैडेना गाउँपालिका कार्यालयमा सुरक्षाकर्मीले हवाइ फायर गरेका हुन् । त्यस्तै चक्रघट्टा गाउँपालिका-१ शिवनगरमा पनि मतपेटिका उठाएर लैजाने बेलामा ढुंगामुढा भएपछि सुरक्षाकर्मीले हवाइ फायर गरेका छन् । दुवै […]

ओखलढुंगामा ९ राउण्ड हवाइ फायर

विराटनगर- प्रदेश-१ काे पहाडी जिल्ला ओलखढुंगाको चम्पादेवी गाँउपालिकामा झडप हुँदा ९ राउण्ड हवाइ फायर भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच दोहोरो झडप भए पनि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरेको हो। मतदानको विषयमा मतान्तर हुँदा दुवै पक्षबीच झडप भएको बताइएको छ। जसका कारण केही सयम […]

हुम्लाको अदानचुलीमा तनाव, २ राउण्ड हवाइ फायर

३० वैशाख, हुम्ला । हुम्लाको अदानचुली मतदान केन्द्रमा ढुंगा हानाहान भएको छ । सो क्रममा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको छ । श्रीमतीको नाममा एक व्यक्तिले भोट हाल्न पाउनु पर्ने अडान लिएपछि अदानचुली गाउँपालिका-४ मा रहेको मतदान केन्द्रमा विवाद भएको थियो । ढुंगा हानाहान हुँदा दुई जना घाइते भएको स्थानीय […]