सिन्धुपाल्चोकमा माओवादीका दुई पक्षबीच झडप, अश्रुग्यास प्रहार

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रको दुई पक्षबीच झडप भएको छ । टिकट पाउने र नपाउने पक्षबीच झडप भएको हो । उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच झडप हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ । […]

सम्बन्धित सामग्री

दुर्घटनाबाट स्थानीय नेताको मृत्युपछि रौतहटमा तनाव, तीन राउण्ड अश्रुग्यास प्रहार

५ पुस, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा आइतबारराति भएको दुर्घटनाका दोषीलाई प्रहरीले जोगाउन खोजेको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा स्थानीयले ठक्कर दिन टिपर तोडफोड गर्दै प्रहरी चौकीमा समेत ढुंगामुढा गरेका छन् । हिमालीवासमा आइतबार राति ८.३० बजेको समयमा ना.८ख ४२०२ नम्बरको टिपरले ना.१८प ८११५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा माओवादीका स्थानीय नेता […]