झडप हुँदा स्थगित भएको जुम्लाको गर्ज्याकाेटमा मतदान चल्दै

जुम्ला - झडप हुँदा वैशाख ३० गते स्थगित भएको जुम्लाको गर्ज्याकाेटमा आज मतदान भइरहेको छ । शङ्कर माध्यमिक विद्यालयमा भइरहेको मतदानमा अहिलेसम्म १ सय ८८ मत खसेको निर्वाचन अधिकृत तुलराज चौलागाईँले जानकारी दिनुभयो । मतदान सहज गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको छ । एक हजार ७ जना मतदाता भएको केन्द्रमा ३२० मत खसिसकेको थियो । तर चुनाव स्थगित भएपछि पुनः सबै प्रक्रिया सुरु भएको हो ।