पाँचथरमा मतदानस्थल नजिक विष्फोट, मतदान स्थगित

पाँचथर । पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै विस्फोट भएको छ । मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै विस्फोट भए पनि मानवीय क्षति भने भएको छैन । सो विस्फोटसँगै केही बमका छर्रा भने मतदान केन्द्रसम्म आइपुगेका थिए । कुनै किसिमको मानवीय क्षति नभएपनि मतदान प्रक्रिया भने अवरुद्ध भएको छ । […] The post पाँचथरमा मतदानस्थल नजिक विष्फोट, मतदान स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कर्मचारीको गल्तीले तुलसीपुरको एक ठाउँमा रोकियो मतदान

दाङ : दाङको तुलसीपुरमा रहेको एक मतदान केन्द्रमा मतदान रोकिएको छ। निर्वाचन क्षेत्र-३ मा पर्ने तुलसीपुर उपमहानगरपालिका-१० को मावि पातुबनगाउँ केन्द्रको मतदानस्थल ‘ग’ मा मतदान स्थगित भएको हो।कर्मचारीहरूको गल्तीले प्रदेश सभाको मात्रै मतपत्र पठाइएकाले समस्या भएको  मतदान केन्द्रकी मतदान अधिकृत पुष्पलता घर्तीले जानकारी दिइन।‘पहिलो पटक ५० वटा मतपत्रको बन्डल पठाउँदा ठिकै थियो, दोस्रो पटक एक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र मात्रै गयो,’उनले भनिन्। ४२ जनाले मत खसाल

दाङमा राेकिएकाे मतदान पुन:सुरु हुने

दाङ – दाङको तुलसीपुरमा रहेको एक मतदान केन्द्रमा राेकिएकाे मतदान सुरु हुने भएको छ ।भोट हालेर गएकाहरूलाई फेरि बोलाएर मतदान सुरू गरिने भएको हाे। आज आइतबार बिहान कर्मचारीको गल्तीका कारण क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर-१० को मावि पातुबनगाउँ केन्द्रको मतदानस्थल ‘ग’मा मतदान स्थगित भएको थियो । दोस्रो पटक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश […]

दाङ : तुलसीपुर-१० काे मावि पातुवनगाउँ केन्द्र 'ग' मा मतदान स्थगित

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका-१० को पातुवनगाउँ माध्यमिक विद्यालयमा रहेकाे मतदान केन्द्र अन्तर्गत 'ग' काे मतदान रोकिएको छ । क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर-१० को मावि पातुवनगाउँ केन्द्रको मतदानस्थल  'ग' मा  मतदान स्थगित भएकाे हाे। पहिलो पटक ५० वटा मतपत्रको बन्डल पठाउँदा नबिग्रिएको र दोस्रो पटक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र मात्रै परेको मतदान अधिकृत पुष्पलता घर्तीले बताउनुभयो ।   ४२ जनाले मत खसालिसकेपछि यसबारे थ...

उदयपुरका मुख्य निर्वाचन अधिकृतले दिए राजीनामा

उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन् । निर्वाचनको काम नसकिँदै उनले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका हुन । उदयपुरको ९८ मतदानस्थल मध्ये त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाटमा रहेको मतदान केन्द्रमा विवाद भएपछि मुख्य निर्वाचन अधिकृत तनावमा थिए । सोही कारण राजीनामा दिएको हुनसक्ने स्थानीयको अनुमान छ । विवादपछि जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । स्थगित गरिएको ठाउँमा मतदान गर्न नसक्ने भन्दै मुख्य

मानव अधिकार आयोगले औंल्यायो निर्वाचनका कमजोरी

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनका क्रममा देखिएका कमजोरीहरू औंल्याएको छ । आयोगले शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनको मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरी ती कमजोरी औंल्याएको हो । आयोगले जारी गरेको विज्ञप्तिमा मतदानमा ज्येष्ठ नागरिक, सुत्केरी, बिरामी, किरियापुत्री, महिला, अपांगता भएका व्यक्तिको सहभागिता रहे पनि हुम्ला, गोरखा लगायतका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मतदानस्थल टाढा भएकोले मतदाता अघिल्लै दिनदेखि हिँडेर जानुपरेको उल्लेख गरेको छ । मतदाता शिक्षाको अभावमा मतदान गर्ने तरिकामा अलमल परेको, कतिपय मतदानस्थलमा खानेपानीको व्यवस्थापन नहुँदा मतदाता बेहोस हुन पुगेको, शौचालयको अभाव भएको, ज्येष्ठ नागरिक, असहाय, अपांगता भएका व्यक्तिलाई सहज रुपमा मतदान गर्न सक्ने व्यवस्था नभएको पाइएको आयोगले औंल्याएको छ । त्यसैगरी, मतपेटिका तोडफोड तथा आगजनी भएको, मतदान अधिकृत कुटिएको जस्ता घटनाप्रति आपत्ति जनाउँदै आयोगले राजनीतिक दलहरूलाई थप संयमित हुन सुझाएको छ । आयोगले स्थानीय तहको निर्वाचन स्थगित भएका स्थानमा शान्ति सुरक्षाको व्यवस्था गरी तत्काल मतदान गराउन, मतदानमा सबैको पहुँच पुर्‍याउन तथा यथाशक्य छिटो मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । आयोगले झडपमा घाइते भएकाहरूको उपचार गर्न पनि आग्रह गरेको छ । स्थानीय तह निर्वाचनमा स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणको सुनिश्चितताका लागि आयोगका अध्यक्ष, सदस्य, पूर्व पदाधिकारीहरू तथा कामु सचिव नेतृत्वको ७ वटा उच्चस्तरीय अनुगमन टोली एवं आयोगका कर्मचारी सम्मिलित ४५ टोलीले ७७ ओटै जिल्लामा अनुगमन गरेको आयोगले जानकारी दिएको छ । ‘अनुगमनको क्रममा प्राप्त जानकारीअनुसार सप्तरी, काभ्रेपलाञ्चोक, अछाम, कपिलवस्तु र दाङ जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान स्थगित भएको पाइएको छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘बाजुरा, बझाङ, हुम्ला, जुम्ला, अछाम, कालीकोट, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सर्लाही, सप्तरी, रौतहट, धनुषा, महोत्तरी लगायत जिल्लाका केही मतदान केन्द्रमा राजनीतिक दलका कार्यकताबीच झडप हुँदा केही व्यक्ति घाइते भएको, केही स्थानमा हवाईफायर हुँदा केही समय मतदान प्रभावित भएको बुझिएको छ ।’ आयोगले निर्वाचत अपेक्षाकृत शान्तिपूर्ण रुपमा हुन नसकेको पनि औंल्याधएको छ ।

हुम्लाको सर्केगाड र खार्पुनाथमा स्थगित निर्वाचन पुनः सुरु

सिमकोट – हुम्लाको सर्केगाड गाउँपालिका र खार्पुनाथ गाउँपालिकामा विवादपछि स्थगित भएको मतदान पुनः सुरु भएको छ। सर्केगार्ड गाउँपालिका–५ कोटमारी मतदान केन्द्रमा साँझ ५ः०० बजेतिर विवाद भएपछि मतदान स्थगित भएको थियो। ५ बजेभित्र मतदानस्थल प्रवेश गरिसकेका करिब २०० मतदाताले भोट हाल्न बाँकी छँदा विवाद सिर्जना भएको थियो। उनीहरुलाई मतदानको समय सकिएको भन्दै रोक्न खोजिएपछि विवाद भएको […]

पाँचखालमा मतदानस्थल नै तोडफोड

काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ । एक समूहले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो । आक्रोशित समूहले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन् । तर, प्रहरीले भने मतपेटिका सुरक्षित राखेको छ । मतदानस्थल नै तहसनहस बनाइएको छ ।मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिएको दाबीसहित सत्तारूढ दलका कार्यकर्ताहरूले विरोध गर्दै तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख

रामेछापमा झडप : हवाईफायर, थप सुरक्षाकर्मी पठाइयो, सर्वदलीय छलफल हुँदै

काठमाडौं । रामेछापमा स्थानीय तह निर्वाचनका क्रममा आज तीन ठाउँमा झडप भएको छ । प्रमुख निर्वाचन अधिकृत दिवाकर भट्टका अनुसार ठूलो समूह गएर मतदानस्थल कब्जाको प्रयास गरेपछि झडपको अवस्था आएको हो । भट्टका अनुसार त्यसपछि मतदान स्थगित गरेर सर्वदलीय छलफल भइरहेको छ । थप सुरक्षाबल पनि पठाइएको छ । झडप सुरु भएपछि...