हुम्लाको सर्केगाड र खार्पुनाथमा स्थगित निर्वाचन पुनः सुरु

सिमकोट – हुम्लाको सर्केगाड गाउँपालिका र खार्पुनाथ गाउँपालिकामा विवादपछि स्थगित भएको मतदान पुनः सुरु भएको छ। सर्केगार्ड गाउँपालिका–५ कोटमारी मतदान केन्द्रमा साँझ ५ः०० बजेतिर विवाद भएपछि मतदान स्थगित भएको थियो। ५ बजेभित्र मतदानस्थल प्रवेश गरिसकेका करिब २०० मतदाताले भोट हाल्न बाँकी छँदा विवाद सिर्जना भएको थियो। उनीहरुलाई मतदानको समय सकिएको भन्दै रोक्न खोजिएपछि विवाद भएको […]

सम्बन्धित सामग्री

सर्केगाड गाउँपालिकाद्वारा १०२ कानुन तर्जुमा

सिमकोट- सर्केगार्ड गाउँपालिकाको गाउँसभाद्वारा १०२ वटा कानुन तर्जुमा गरिएको छ। पछिल्लो पटक गत फागुन १० गतेबाट सुरु भएको सभा आइतबार बेलुका मात्र सम्पन्न भएको गाउँसभाले चारवटा कानुन पारित गरेपछि आवश्यक पर्ने अधिकांस कानुन तर्जुमा गर्न गाउँसभा सफल भएको हो। गाउँपालिकाकी प्रशासकीय अधिकृत शान्ति लामाले १३ औं गाउँसभाद्वारा अधिकांस आवश्यक पर्ने कानुन तर्जुमा गर्न गाउँसभा सफल […]

कर्मचारी नहुँदा सर्केगाड इलाका प्रशासन बन्द, मर्कामा नागरिक

सर्केगाडस्थित इलाका प्रशासन कार्यालय बन्द हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन्। कार्यालयमा कर्मचारी नभएकाले ताजाँकोट, अदानचुली, सर्केगाड र चंखेली गाउँपालिकाका नागरिकहरु कार्यालय आएर त्यसै फर्कन बाध्य छन्। इलाका प्रशासन कार्यालय बन्द...

हेलिकोप्टरबाट एक महिलालाई उद्धार

हुम्लाको मध्य भेगमा पर्ने सर्केगाड गाउँपालिका-७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ।...

लोगो र गान बनाउँदै सर्केगाड

सर्केगाड गाउँपालिकाले आफ्नै पालिका गान र लोगो बनाउने भएको छ । पर्यटन प्रवर्द्धनका लागि पालिकाको आफ्नो छुट्टै पहिचान झल्किने गान र लोगो बनाउन लागेको हो ।

उच्च रक्तस्राव भएकी सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

हुम्लाको सर्केगाड गाउँपालिका–५ को गोठी गाउँकी ३३ वर्षकी कलसी छत्याल शाहीको हेलिकप्टरबाट उद्धार गरिएको हो

ओझेलमा तलछडी झरना

हुम्ला जिल्लाकाे सर्केगाड गाउँपालिका- ५ स्थित गाेठी गाउँमा पर्ने तलछडी झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेकाे छ। सर्केगाड गाउँपालिकाले संरक्षणकाे अभावमा याे झरना ओझेलमा परेकाे हाे। पर्यटकीय रूपमा प्रचुर सम्भावना रहेकाे प्रचारप्रसारको अभावमा...

हुम्लाको सर्केगाड-८ मा माओवादी केन्द्रका रोकाया निर्वाचित

१ जेठ, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका-८ मा नेकपा माओवादी केन्द्रका रंगमल रोकाया निर्वाचित भएका छन् । उनले ४०० मत पाए भने उनका प्रत्यासी नेकपा एकीकृत समाजवादीका रामकृष्ण बुढाले १७२ मत ल्याएका छन् । रोकाया पूर्व माओवादी लडाकु समेत हुन् ।

सडक बिग्रेर ढुवानी हुन नसक्दा सिमकाेट विमानस्थलमै थन्कियो खाद्यान्न

हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाबाट ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमा थन्किएको छ ।

हुम्ला सर्केगाड-३ का वडाध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : हुम्ला सर्केगाड गाउँपालिका-३ का वडाध्यक्षसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।आयोगले वडाध्यक्ष गजबहादुर रावत, गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, सर्केगाड गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र तत्कालीन लेखापाल सुरतबहादुर रेश्मीविरुद्ध ८ लाख रूपैयाँको मागदाबीसहित मुद्दा दायर गरेको हो।उनीहरूले मिलेमतोमा गाउँपालिकाबाट औषधि खरिदका लागि आएको रकम नक्कली बिल भर्पाइ बनाएर ८ लाख रूपैयाँ हिनामिना गर

हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा सिटामोल अभाव

–दाने बोहराअत्यावश्यक औषधि मध्येको सिटामोल यतिबेला हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित साया स्वास्थ्यचौकीमा पाइँदैन ।  नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा पर्दै आएका छन् । साया स्वास्थ्यचौकीमा बिरामी उपचारका लागि जाँदा सामान्य सिटामोलसमेत नपाउने गरेको गुनासो गर्न थालेका छन् । मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयवासीको गुनासो छ । स्वास्थ्यचौकीमा औषधि पाइन छाडेपछि सर्केगाडका सर्वसाधारणलाई सास्ती