दाङ : तुलसीपुर-१० काे मावि पातुवनगाउँ केन्द्र 'ग' मा मतदान स्थगित

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका-१० को पातुवनगाउँ माध्यमिक विद्यालयमा रहेकाे मतदान केन्द्र अन्तर्गत 'ग' काे मतदान रोकिएको छ । क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर-१० को मावि पातुवनगाउँ केन्द्रको मतदानस्थल  'ग' मा  मतदान स्थगित भएकाे हाे। पहिलो पटक ५० वटा मतपत्रको बन्डल पठाउँदा नबिग्रिएको र दोस्रो पटक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र मात्रै परेको मतदान अधिकृत पुष्पलता घर्तीले बताउनुभयो ।   ४२ जनाले मत खसालिसकेपछि यसबारे थ...

सम्बन्धित सामग्री

कर्मचारीको गल्तीले तुलसीपुरको एक ठाउँमा रोकियो मतदान

दाङ : दाङको तुलसीपुरमा रहेको एक मतदान केन्द्रमा मतदान रोकिएको छ। निर्वाचन क्षेत्र-३ मा पर्ने तुलसीपुर उपमहानगरपालिका-१० को मावि पातुबनगाउँ केन्द्रको मतदानस्थल ‘ग’ मा मतदान स्थगित भएको हो।कर्मचारीहरूको गल्तीले प्रदेश सभाको मात्रै मतपत्र पठाइएकाले समस्या भएको  मतदान केन्द्रकी मतदान अधिकृत पुष्पलता घर्तीले जानकारी दिइन।‘पहिलो पटक ५० वटा मतपत्रको बन्डल पठाउँदा ठिकै थियो, दोस्रो पटक एक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र मात्रै गयो,’उनले भनिन्। ४२ जनाले मत खसाल

दाङमा राेकिएकाे मतदान पुन:सुरु हुने

दाङ – दाङको तुलसीपुरमा रहेको एक मतदान केन्द्रमा राेकिएकाे मतदान सुरु हुने भएको छ ।भोट हालेर गएकाहरूलाई फेरि बोलाएर मतदान सुरू गरिने भएको हाे। आज आइतबार बिहान कर्मचारीको गल्तीका कारण क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर-१० को मावि पातुबनगाउँ केन्द्रको मतदानस्थल ‘ग’मा मतदान स्थगित भएको थियो । दोस्रो पटक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश […]

तुलसीपुरमा जारी पुनः मतदानमा अहिलेसम्म २९ प्रतिशत मत खस्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा जारी मतदानमा अहिलेसम्म २९ प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार अहिलेसम्म १ हजार ७ सय ९४ मत खसेको छ । नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिका १७ वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधनका कारण गत वैशाख ३० गतेको मतदान स्थगित भएको थियो । मतदान आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा वडाध्यक्ष पदका लागी त्रिपक्षीय भिडन्त भैरहेको छ । गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका थलराज पुरी, नेकपा ए...

मानव अधिकार आयोगले औंल्यायो निर्वाचनका कमजोरी

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनका क्रममा देखिएका कमजोरीहरू औंल्याएको छ । आयोगले शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनको मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरी ती कमजोरी औंल्याएको हो । आयोगले जारी गरेको विज्ञप्तिमा मतदानमा ज्येष्ठ नागरिक, सुत्केरी, बिरामी, किरियापुत्री, महिला, अपांगता भएका व्यक्तिको सहभागिता रहे पनि हुम्ला, गोरखा लगायतका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मतदानस्थल टाढा भएकोले मतदाता अघिल्लै दिनदेखि हिँडेर जानुपरेको उल्लेख गरेको छ । मतदाता शिक्षाको अभावमा मतदान गर्ने तरिकामा अलमल परेको, कतिपय मतदानस्थलमा खानेपानीको व्यवस्थापन नहुँदा मतदाता बेहोस हुन पुगेको, शौचालयको अभाव भएको, ज्येष्ठ नागरिक, असहाय, अपांगता भएका व्यक्तिलाई सहज रुपमा मतदान गर्न सक्ने व्यवस्था नभएको पाइएको आयोगले औंल्याएको छ । त्यसैगरी, मतपेटिका तोडफोड तथा आगजनी भएको, मतदान अधिकृत कुटिएको जस्ता घटनाप्रति आपत्ति जनाउँदै आयोगले राजनीतिक दलहरूलाई थप संयमित हुन सुझाएको छ । आयोगले स्थानीय तहको निर्वाचन स्थगित भएका स्थानमा शान्ति सुरक्षाको व्यवस्था गरी तत्काल मतदान गराउन, मतदानमा सबैको पहुँच पुर्‍याउन तथा यथाशक्य छिटो मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । आयोगले झडपमा घाइते भएकाहरूको उपचार गर्न पनि आग्रह गरेको छ । स्थानीय तह निर्वाचनमा स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणको सुनिश्चितताका लागि आयोगका अध्यक्ष, सदस्य, पूर्व पदाधिकारीहरू तथा कामु सचिव नेतृत्वको ७ वटा उच्चस्तरीय अनुगमन टोली एवं आयोगका कर्मचारी सम्मिलित ४५ टोलीले ७७ ओटै जिल्लामा अनुगमन गरेको आयोगले जानकारी दिएको छ । ‘अनुगमनको क्रममा प्राप्त जानकारीअनुसार सप्तरी, काभ्रेपलाञ्चोक, अछाम, कपिलवस्तु र दाङ जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान स्थगित भएको पाइएको छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘बाजुरा, बझाङ, हुम्ला, जुम्ला, अछाम, कालीकोट, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सर्लाही, सप्तरी, रौतहट, धनुषा, महोत्तरी लगायत जिल्लाका केही मतदान केन्द्रमा राजनीतिक दलका कार्यकताबीच झडप हुँदा केही व्यक्ति घाइते भएको, केही स्थानमा हवाईफायर हुँदा केही समय मतदान प्रभावित भएको बुझिएको छ ।’ आयोगले निर्वाचत अपेक्षाकृत शान्तिपूर्ण रुपमा हुन नसकेको पनि औंल्याधएको छ ।