पाँचखालमा मतदानस्थल नै तोडफोड

काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ । एक समूहले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो । आक्रोशित समूहले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन् । तर, प्रहरीले भने मतपेटिका सुरक्षित राखेको छ । मतदानस्थल नै तहसनहस बनाइएको छ ।मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिएको दाबीसहित सत्तारूढ दलका कार्यकर्ताहरूले विरोध गर्दै तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख

सम्बन्धित सामग्री

चुनावमा किन अशान्त हुन्छ बाजुरा ?

विगतका निर्वाचनमा झैं बाजुरा आइतबार पनि दिनभर अशान्त र तनावग्रस्त रह्यो । झडप, मतदानस्थल तोडफोड, ढुंगामुुढा प्रहार, प्रहरीद्वारा हवाई फायर, मतदाता लखेटिएकालगायत घटना आइतबारको मतदानमा पनि दोहोरियो । प्रहरीको गोली लागेर एक जनाको ज्यानै गएको छ ।

३३५ ओटा स्थानीय तहको मत परिणाम सार्वजनिक : कुन दलले कति स्थानमा जिते ?

जेठ ३, काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउने क्रम जारी छ । मंगलवार साँझ ७ः०० बजेसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ३३५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मुलुकभर ७५३ ओटा पालिकाका लागि ३५ हजार २२१ ओटा पद छन् । वैशाख ३० गते भएको निर्वाचनमा स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थल बाहेकबाट मत परिणाम आउने क्रम जारी रहेको छ ।            मतगणना भइरहेका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले ३६ ओटा मा जित हासिल गरी ७१ ओटा स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले १८ स्थानमा जित हासिल गरी ५५ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले प्रमुख पदमा आठ स्थानमा जित र १७ स्थानमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सो पदमा एक स्थानमा जित र नौ स्थानमा अग्रता कायम गरेको छ । अन्यले तीन स्थानमा विजय हासिल गरी २९ स्थानमा अग्रता कायम गरेका छन् ।            मतगणना भइरहेका नगरपालिकामध्ये उपप्रमुख पदमा कांग्रेसले २७ स्थानमा जित हासिल गरी ६३ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले २२ स्थानमा जित हासिल गरी ६७ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले उपप्रमुख पदमा ११ स्थानमा जित र २२ स्थानमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सो पदमा तीन स्थानमा जित र सात स्थानमा अग्रता कायम गरेको छ । अन्यले दुई स्थानमा विजय हासिल गरी २२ स्थानमा अग्रता कायम गरेका छन् ।            मतगणना भइरहेका गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसले ११७ स्थानमा जित हासिल गरी ६८ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले ७७ स्थानमा जित हासिल गरी ४० स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष पदमा ६६ स्थानमा जित र २० स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एकीकृत समाजवादी) ले चार स्थानमा जित र चार स्थानमा अग्रता कायम गरेको छ । अन्यले आठ स्थानमा विजय हासिल गरी २६ स्थानमा अग्रता कायम गरेका छन् ।            मतगणना भइरहेका गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसले १२० स्थानमा जित हासिल गरी ६६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले ७२ स्थानमा जित हासिल गरी ४३ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले उपाध्यक्ष पदमा ६७ स्थानमा जित र २१ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एकीकृत समाजवादी) ले सात स्थानमा जित र तीन स्थानमा अग्रता कायम गरेको छ । अन्यले सात स्थानमा विजय हासिल गरी २४ स्थानमा अग्रता कायम गरेका छन् ।            मतगणना भइरहेका स्थानीय तहका वडाध्यक्ष पदमा नेपाली कांग्रेसले १ हजार ७२२ ओटामा जित हासिल गरी ९५ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले १ हजार ३१९ मा जित हासिल गरी ११४  ओटा स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले वडाध्यक्ष पदमा ७४२ ओटा स्थानमा जित र ३१ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा ११३ स्थानमा जित र १७ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ३४७ स्थानमा विजय हासिल गरी २३ स्थानमा अग्रता कायम गरेका छन् ।            महिला सदस्य पदमा नेपाली कांग्रेसले १ हजार ६९५ मा जित हासिल गरी १०६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले)  ले १ हजार ४२७ स्थानमा जित हासिल गरी ११३ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले महिला सदस्य पदमा ६९१ स्थानमा जित र ३२ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा ११५ स्थानमा जित र १९ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ३०६ स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन् ।            दलित महिला सदस्य पदमा नेपाली कांग्रेसले १ हजार ६४० मा जित हासिल गरी १०४ ओटा स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले १ हजार ४०१ स्थानमा जित हासिल गरी ११३ ओटा स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले दलित महिला सदस्य पदमा ७१० ओटा स्थानमा जित र ३२ ओटा स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा १८५ स्थानमा जित र १७ ओटा स्थानमा अग्रता कायम गरेको छ । अन्यले २९६ ओटा स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन् ।            वडा सदस्य पदमा नेपाली कांग्रेसले ३ हजार ३८८ मा जित हासिल गरी १०३ ओटा स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले २ हजार ८८८ ओटा स्थानमा जित हासिल गरी १२३ ओटा स्थानमा अग्रता कायम गरेको छ ।  नेकपा (माओवादी केन्द्र) ले वडा सदस्य पदमा १ हजार २९४ ओटा स्थानमा जित र ३१ ओटा स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एकीकृत समाजवादी) ले सो पदमा २४४ ओटा स्थानमा जित र छ ओटा  स्थानमा अग्रता कायम गरेको छ । अन्यले ६२५ ओटा स्थानमा विजय हासिल गरी ३२ स्थानमा अग्रता कायम गरेका छन् ।            निर्वाचन कसूरमा कारवाही गर्न निर्देशन            यसैबीच निर्वाचन आयोगले वैशाख ३० गतेको निर्वाचनका क्रममा गैरकानूनी रूपमा हुलदङ्गा, ढुङ्गामुढा, तोडफोड गर्ने, हातहतियारसहित मतदान केन्द्रमा प्रवेश गर्ने जस्ता कार्य गर्नेहरुलाई निर्वाचन कसूर तथा सजय ऐन, २०७३ कारबाहीबारे नेपाल प्रहरीलाई आज स्मरण गराएको छ । कारबाहीबारे आयोगले मंगलवार गरेको सो निर्णयका आधारमा नेपाल सरकार गृह मन्त्रालयमार्फत ७७ ओटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइएको र सोको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । रासस

मानव अधिकार आयोगले औंल्यायो निर्वाचनका कमजोरी

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनका क्रममा देखिएका कमजोरीहरू औंल्याएको छ । आयोगले शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनको मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरी ती कमजोरी औंल्याएको हो । आयोगले जारी गरेको विज्ञप्तिमा मतदानमा ज्येष्ठ नागरिक, सुत्केरी, बिरामी, किरियापुत्री, महिला, अपांगता भएका व्यक्तिको सहभागिता रहे पनि हुम्ला, गोरखा लगायतका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मतदानस्थल टाढा भएकोले मतदाता अघिल्लै दिनदेखि हिँडेर जानुपरेको उल्लेख गरेको छ । मतदाता शिक्षाको अभावमा मतदान गर्ने तरिकामा अलमल परेको, कतिपय मतदानस्थलमा खानेपानीको व्यवस्थापन नहुँदा मतदाता बेहोस हुन पुगेको, शौचालयको अभाव भएको, ज्येष्ठ नागरिक, असहाय, अपांगता भएका व्यक्तिलाई सहज रुपमा मतदान गर्न सक्ने व्यवस्था नभएको पाइएको आयोगले औंल्याएको छ । त्यसैगरी, मतपेटिका तोडफोड तथा आगजनी भएको, मतदान अधिकृत कुटिएको जस्ता घटनाप्रति आपत्ति जनाउँदै आयोगले राजनीतिक दलहरूलाई थप संयमित हुन सुझाएको छ । आयोगले स्थानीय तहको निर्वाचन स्थगित भएका स्थानमा शान्ति सुरक्षाको व्यवस्था गरी तत्काल मतदान गराउन, मतदानमा सबैको पहुँच पुर्‍याउन तथा यथाशक्य छिटो मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । आयोगले झडपमा घाइते भएकाहरूको उपचार गर्न पनि आग्रह गरेको छ । स्थानीय तह निर्वाचनमा स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणको सुनिश्चितताका लागि आयोगका अध्यक्ष, सदस्य, पूर्व पदाधिकारीहरू तथा कामु सचिव नेतृत्वको ७ वटा उच्चस्तरीय अनुगमन टोली एवं आयोगका कर्मचारी सम्मिलित ४५ टोलीले ७७ ओटै जिल्लामा अनुगमन गरेको आयोगले जानकारी दिएको छ । ‘अनुगमनको क्रममा प्राप्त जानकारीअनुसार सप्तरी, काभ्रेपलाञ्चोक, अछाम, कपिलवस्तु र दाङ जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान स्थगित भएको पाइएको छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘बाजुरा, बझाङ, हुम्ला, जुम्ला, अछाम, कालीकोट, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सर्लाही, सप्तरी, रौतहट, धनुषा, महोत्तरी लगायत जिल्लाका केही मतदान केन्द्रमा राजनीतिक दलका कार्यकताबीच झडप हुँदा केही व्यक्ति घाइते भएको, केही स्थानमा हवाईफायर हुँदा केही समय मतदान प्रभावित भएको बुझिएको छ ।’ आयोगले निर्वाचत अपेक्षाकृत शान्तिपूर्ण रुपमा हुन नसकेको पनि औंल्याधएको छ ।

पाँचखालमा अवरुद्ध मतदान अझै सुरु हुन सकेन

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिकामा अवरुद्ध भएको मतदानकार्य सुरु हुन सकेको छैन । आज पाँचखाल–१३, कोसीदेखामा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा मतदानस्थल तोडफोड गरिएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीका अनुसार अझै मतदान सुरु हुने टुंगो लागेको छैन । पाँचखाल–१३ मा मतदान...

मतदान अधिकृतका कारण काभ्रेको पाँचखाल नगरपालिकामा मतदानस्थल तोडफोड

काठमाडौं । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–१३ कोसिदेखामा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपका कारण मतदानस्थलमा तोफोड भएको छ ।   जिल्ला प्रहरी काभ्रेले दिएको जानकारी अनुसार मतदान अधिकृतले एकै व्यक्तिलाई एकभन्दा बढी मतपत्र दिन खोजेपछि झडप भएको हो । झडपकै क्रममा मतदानस्थल तोडफोड भएको हो ।  जिल्लाको तिमाल...

सप्तरीमा मतदानस्थल तोडफोड, मतदान अधिकृतमाथि कुटपिट

सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एक मतदानस्थलमा तोडफोड भएको छ । शुक्रबार जारी मतदानमा झडप हुँदा मतदानस्थलमा तोडफोड गर्नुका साथै मतदान अधिकृतमाथि कुटपिट भएको हो ।  डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदानस्थलमा मतपेटिका तोडफोड गरेका छन् । उनीहरुले मतदानमा खटिएका मतदान अधिकृत विपिन यादवलाई कुटपिट पनि गरेका छन् ।  कुटपिटबाट मतदान अधिकृत यादव घाइते भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले बताए । यादवलाई उपचारको लागि राजविराजतर्फ पठाइएको छ भने घटनापछि मतदान कार्य स्थगित

सप्तरीमा मतपेटिकामा तोडफोड, मतदान अधिकृतमाथि कुटपिट

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको एक मतदानस्थलमा तोडफोड भएको छ । मतदान स्थल तोडफेडका क्रममा मतदान अधिकृतमाथि समेत कुटपिट भएको छ । नगरपालिकाको वडा नम्वर २ स्थित हरिरबा जनता मावी मतदान स्थलमा...