अरु पार्टीलाई कुचो बोक्न सिकायौँ : मिलन पाण्डे

काठमाडौं : विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले काँग्रेस, एमाले, माओवादी, राप्रपाबाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ भन्ने भाष्य आफ्नो पार्टीले स्थापित गरेको दावी गरेका छन्। उनले आफ्नो पार्टीले शुरु गरेको सरसफाइ अभियानपछि अन्य पार्टीसमेत कुचो बोकेर हिँड्न बाध्य भएको दावी गरे। पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै शुक्रबार उनले यस्तो दावी गरेका हुन्। उनले त्यसैको परिणामस्वरुप आज मुख्य मानिएका दलहरूबाहेकको विकल्प पनि हुनसक्छ भन्ने स्थापित भएको दावी गरे। उनले आफ्नो पार्टीले लोकतन्त्र विकल्परहित छैन र होइन भन्ने भा...

सम्बन्धित सामग्री

मिलन पाण्डे : स्पष्ट एजेन्डा, अप्ठ्यारो बाटो

एकातिर दलहरूको मिलेमतो तोड्दै उनीहरूको परम्परागत मत तान्ने र अर्कातिर युवा जमातलाई एकत्रित गर्ने चुनौतीमा देखिन्छन्, मिलन पाण्डे । समग्रमा उनी अप्ठ्यारो बाटोमा छन् ।

मिलन पाण्डे पक्षले वाग्मतीमा मात्रै उमेदवारी दिने

काठमाडौँ । विवेकशील साझाको मिलन पाण्डे समूहले वाग्मती प्रदेशमा मात्रै उमेदवार बनाउने भएको छ । पाण्डेले विज्ञप्ति जारी गर्दै प्रदेशहरुलाई सशक्त बनाउने अभियानमा रहेकोसमेत जनाएका छन् । ‘सशक्त प्रदेशहरू नबनेसम्म संवृद्ध देश बन्न सक्दैन भन्ने निष्कर्षसहित, विवेकशील अभियानले यो निर्वाचनमा आफ्नो सम्पूर्ण ध्यान बागमती प्रदेशमा लगाउने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो चुनावमा हामीले […]

विवेकशील साझा : रवीन्द्र मिश्र र मिलन पाण्डे दुबै बाहिरिए

२९ साउन, काठमाडौं । लामो विवादपछि विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्र र मिलन पाण्डे दुबै बाहिरिएका छन् । लामो समयदेखि पार्टीको गतिविधिमा सहभागी नभएका पाण्डेले पार्टी पुनर्गठनको घोषणा गरेका छन् भने साझा विवेकशीलले मिश्रको राजीनामा स्वीकृत गरेर नयाँ नेतृत्व चयन गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले समीक्षा बास्कोटालाई अध्यक्ष र सञ्जीववल्लभ भट्टराईलाई संयोजक […]

निर्वाचन आयोगद्वारा मिलन पाण्डे पक्षको उजुरी खारेज

काठमाडौँ । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णयविरुद्ध मिलन पाण्डे पक्षले दिएको उजुरी आयोगले खारेज गरेको छ । विवेकशील साझा पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध पाण्डेले दिएको उजुरी आयोगको पुस १२ गते बसेको बैठकले कुनै सुनुवाइ नगरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका हुन् । पौडेलले भने, ‘पाण्डेले विधान […]

मिलन पाण्डे पक्षद्वारा 'विवेकशील साझा पार्टी सुदृढीकरण अभियान' घोषणा

काठमाण्डाै – विवकेशील साझा पार्टीका राष्ट्रिय संयाेजक मिलन पाण्डे पक्षले पार्टी सुदृढीकरण अभियान घाेषणा गरेकाे छ । विवेकशील साझा पार्टी सुदृढीकरण अभियान सञ्चालनको मूल आधार ‘विवेकशील साझा पार्टी एकीकरण घोषणापत्र ( २०७७) र ‘वैकल्पिक राजनीतिको मूल बाटो’ हुने प्रवक्ता हरीशप्रसाद भट्टले आज मङ्गलवार निकाल्नुभएकाे विज्ञप्तिमा भनिएकाे छ । विगतका गल्तीका लागि क्षमा माग्दै संविधानवादको जगमा विवेकशील साझालाई मध्य वामपन्थी पार्टीको रूपमा अगाडि बढाउँदै एकीकरण भएको मितिले ६ महिनाभित्र एकता महाधिवेशन गर्न...

निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतसम्म जान सक्छौं : मिलन पाण्डे

१८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रको पक्षले गरेको विधान संशोधनलाई मान्यता दिएपछि संयोजक मिलन पाण्डे पक्षले असन्तुष्टि जनाएको छ । पाण्डे पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा पुनरावेदन दिने तयारी गरेको छ । ‘पार्टीको विधान विपरीत एकपक्षको निर्णयलाई अभिलेख नगर्न भन्दै ८ असोजमै आयोगमा उजुरी दिएका थियौं’ संयोजक पाण्डेले अनलाइनखबरसँग […]

रवीन्द्र मिश्रले पार्टी फुटाएको मिलन पाण्डे पक्षको आरोप

काठमाडौँ- अध्यक्ष रवीन्द्र मिश्रले बिहीबार ‘मार्ग परिवर्तन’ दस्तावेज पारित गरेसँगै विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष असन्तुष्ट बनेको छ। अध्यक्ष मिश्र पक्षले केन्द्रीय समिति बैठक राखेर उनले सार्वजनिक गरेको दस्तावेज ‘मार्ग परिवर्तन: विचारभन्दा माथि देश’ लाई अंगीकार गर्ने निर्णय गरेको छ। मिश्रको प्रस्तावलाई दुई तिहाइभन्दा बढी मतले पारित गरेको पार्टी प्रवक्ता शरदराज पाठकले विज्ञप्ति […]