रवीन्द्र मिश्रले पार्टी एकता गर्ने भएपछि मिलन पाण्डे समूहको आयो यस्तो प्रतिक्रिया

विवेकशील साझामा भएको एकीकरण सम्बन्धी सहमतिलाई मिलन पाण्डे समूहले प्रतिक्रियावादीहरुकाे गठजोड मात्र भएको बताएको छ । मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले राष्ट्रिय जनता दरबार पार्टीसँग एकता गर्न सहमति गरेको छ ।विवेकशील साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले दुई तिहाइ बहुमतका साथ एकताको सहमति पत्रलाई अनुमोदन गरेको पार्टी प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।बैठकले कर्णबहादुर शाही नेतृत्वको सिटिजन्स डिसकशन फोरमसँग पनि एकीकरण गर्ने निर्णय गरेको उनको भनाइ छ ।  तर पाण