वायु सेवा निगमले साउदी अरेबियामा उडान गर्ने

काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले साउदी अरेबियाको रियादमा उडान गर्ने भएको छ । आज आइतवार नेपाल वायु सेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएको छ । उडान अनुमतिअनुसार नेपाल वायु सेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेकाे विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीकाे पहलमा यो उडान अनुमति प्राप्त भएको निगमले जनाएको छ ।  निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक...

सम्बन्धित सामग्री

वायु सेवा निगममा कार्यरत सबै 'क्याबिन क्रू'को करार नवीकरण हुने

नेपाल वायु सेवा निगममा कार्यरत सबै क्याबिन क्रूको करार नवीकरण हुने भएको छ । बिहीबार व्यवस्थापन पक्ष र क्याबिन क्रूबीच करार नवीकरण गर्ने सहमति भएको हो । बुधबारदेखि उडान बन्द गरेर आन्दोलनमा उत्रिएका क्याबिन क्रूका उडान क्षेत्र नै प्रभावित भएको छ । निगम झण्डै १५० जनाभन्दा बढी क्याबिन क्रू रहेको बताइएको छ । उनीहरूलाई करारमा नियुक्ति गर्ने व्यवस्था छ ।

सरकार र वायु सेवा सञ्चालकहरुबीच सहमति

काठमाडौं । आज बुधबारदेखि देशभर आन्तरिक उडान बन्द गर्ने वायु सेवा सञ्चालकहरुले आज बिहान ११ बजेदेखि उडान सुचारु गर्ने भएका छन् । नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच मंगलबार राति भएको वार्तापछि वायु सेवा सञ्चालकहरु सेवा सुचारु गर्न तयार भएका हुन । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको समन्वयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा […]

आकस्मिकसहितका सबै उडान बन्द गर्ने वायु सेवा सञ्चालक सङ्घको घोषणा

काठमाण्डाै – वायु सेवा सञ्चालक सङ्घ नेपालले भोलि बुधवारदेखि आकस्मिकसहितका सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूरा गर्नै नसकिने प्रावधान लागू गरेको भन्दै सङ्घले भोलिदेखि आकिस्मकसहितका सबै उडान बन्द गर्ने घोषणा गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै जहाजको रात्रि बिसान गर्दा समस्या भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले आजदेखि लागू हुने गरेर काठमाण्डौबाहिर आधार विमानस्थलमा रात्रि बिसान गरेर मात्रै उडान गर्न पाइने प्रावधान लागू गरेको छ । तर प्राध...

वायु सेवा निगमले आजदेखि अछामको साँफेबगरबाट उडान भर्ने

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज (मंगलबार) देखि अछामको साँफेबगरबाट उडान भर्ने भएको छ । निगमले आज साँफेबगर विमानस्थलमा दुई वटा उडान भर्न लागेको हो । निगमका उपनिर्देशक रमेश पौडेलका अनुसार पहिलो उडान बिहान १० बजे धनगढी देखि साँफेबगर र साँफेबगर बाट १०ः४५ बजे धनगढीका लागि हुनेछ । दोस्रो उडान धनगढीबाट फेरि ११ः ३० […]

सुकेटारमा नेपाल वायु सेवा निगमको तीन उडान कटौती

फुङ्लिङ । नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेको उडान निगमले कटौती गरेको हो । निगमले तीन उडान कटौती गरेको नेपाल वायुसेवा निगम सुकेटर स्टेशन इञ्चार्ज लोकन्द्र लिम्बूले बताए । उनले भने, ‘अब साताको एकदिन बुधबार मात्र उडान हुने निगमको केन्द्रीय कार्यालयबाट […]

सुकेटारमा नेपाल वायु सेवा निगमको तीन उडान कटौती

नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेको उडान निगमले कटौती गरेको हो । निगमले तीन उडान कटौती गरेको नेपाल वायुसेवा निगम सुकेटर स्टेशन इञ्चार्ज लोकन्द्र लिम्बूले बताए । अब बुधबार मात्रै उडान हुनेछ । सुकेटारमा नेपाल एयरलाइन्सबाहेक सीता एयरलाइन्सले हप्तामा दुई दिन काठमाडौँ–ताप्लेजुङ र कुनै बेला ताप्लेजुङ–भद्रपुर उडान गर्ने गरेको छ ।