सुकेटारमा नेपाल वायु सेवा निगमको तीन उडान कटौती

नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेको उडान निगमले कटौती गरेको हो । निगमले तीन उडान कटौती गरेको नेपाल वायुसेवा निगम सुकेटर स्टेशन इञ्चार्ज लोकन्द्र लिम्बूले बताए । अब बुधबार मात्रै उडान हुनेछ । सुकेटारमा नेपाल एयरलाइन्सबाहेक सीता एयरलाइन्सले हप्तामा दुई दिन काठमाडौँ–ताप्लेजुङ र कुनै बेला ताप्लेजुङ–भद्रपुर उडान गर्ने गरेको छ ।