आकस्मिकसहितका सबै उडान बन्द गर्ने वायु सेवा सञ्चालक सङ्घको घोषणा

काठमाण्डाै – वायु सेवा सञ्चालक सङ्घ नेपालले भोलि बुधवारदेखि आकस्मिकसहितका सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूरा गर्नै नसकिने प्रावधान लागू गरेको भन्दै सङ्घले भोलिदेखि आकिस्मकसहितका सबै उडान बन्द गर्ने घोषणा गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै जहाजको रात्रि बिसान गर्दा समस्या भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले आजदेखि लागू हुने गरेर काठमाण्डौबाहिर आधार विमानस्थलमा रात्रि बिसान गरेर मात्रै उडान गर्न पाइने प्रावधान लागू गरेको छ । तर प्राध...

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमान अवतरण

निजी वायु सेवा सञ्चालक कम्पनी सौर्य एयरलाइन्सले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान गरेको छ। आगामी पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आउने भएपछि सो एयरलाइन्सले सफलतापूर्वक जेट विमानबाट उडान भरेको...

सरकारको चेतावनीले पछि हटे वायु सेवा सञ्चालक, हवाई उडान बन्द नहुने

वायु सेवा सञ्चालक संघले हवाई सेवा बन्द नगर्ने भएका छन् । बुधबारदेखि हवाई सेवा बन्द गर्ने घोषणा गरेका उनीहरुले मध्यरातको वार्तापछि सेवा बन्द नगर्न सहमत भएका हुन् । गृहमन्त्रालयको समन्वयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायु सेवा सन्चालकहरुबीच वार्ता भएको वार्तापछि संघले उडान बन्द नगर्ने भएको हो। वार्तामा बुधबार बिहान ११ बजेदेखि उडान सुरु गर्ने र आफूहरुका मागको विषयमा छलफल पनि जारी राख्ने सहमति भएको छ। संघले हिजो पत्रकार सम्मेलन गर्दै जहाज र हेलिकप्टरहरू काठमाडौँ बाहिर पार्किङ गर्नुपर्ने नियमको विरोधमा जहाज र हेलिकप्टर नउडाउने निर्णय गरेको थियो । विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरू राती काठमाडौँ बाहिरका आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेपछि संघले जहाज हेलिकप्टर नै नउडाउने घोषणा गरेको थियो । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जहाजको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेको भन्दै काठमाडौँ बाहिरका विमानस्थलमा पार्किङ गर्न भन्दै आधार विमानस्थल तोकिदिएको थियो ।संघले उडान नगर्ने निर्णय गरेपछि नागरिक उड्डयन प्राधिकरणले हवाई यातायात अत्यावश्यक सेवा भएको भन्दै अत्यावश्यक सेवा बन्द गर्न नपाइने र बन्द गरे पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएको थियो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई यातायात अत्यावश्यक सेवा भएको भन्दै अत्यावश्यक सेवा बन्द गर्न नपाइने कुरा स्मरण गराएका थिए। मंगलबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले हवाई उडान बन्द गरिए प्राधिकरण एक्सनमा उत्रिने भन्दै उल्टै चेतावनी दिएका थिए। त्यसपछि गृहमन्त्रालयको समन्वयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायु सेवा सन्चालकहरुबीच मध्यरातमा वार्ता भएको हो ।

हवाई उडान नरोक्न उड्डयन प्राविधिकरणको निर्देशन

काठमाडौँ – नेपाल वायु सेवा सञ्चालक संघ नेपालको हवाई उडान रोक्ने निर्णय गैरजिम्मेवारपूर्ण भएको भन्दै नेपाल नागरिक उड्डयन प्राविधिकरणले नरोक्न निर्देशन दिएको छ। वायु सेवा सञ्चालक संघले आज देशैभरि हवाई सेवा बन्द गर्न गरेको घोषणा गैरकानुनी र गैरजिम्मेवारीपूर्ण भएको भन्दै बन्द नगरी नियमित रूपमा सञ्चालन गर्न निगमले एक विज्ञप्ति जारी गर्दै सो निर्देशन दिएको हो। […]

क्यान र वायु सेवा सञ्चालक संघको निर्णायक वार्ता सुरु

काठमाडौं, १६ बैशाख । केही समयदेखि आन्दोलनमा रहेको वायु सेवा सञ्चालक संघ र नागरिक उड्ययन प्राधिकरण (क्यान)को वार्ता सुरु भएको छ । आन्तरिक हवाई उडानको बारेमा आन्दोलित हुँदै आएको हवाई सञ्चालक संघले आज क्यानसँग निर्णायक वार्ता नभए हवाई सेवा बन्द गरेर सर्टडाउनमा जाने चेतावनी दिएको छ । प्राधिकरणले दैनिक १८ घण्टा आन्तरिक उडान गर्ने सेड्युलसहितको […]

५० प्रतिशत उडान सङ्ख्याले यात्रु उद्दार गर्न कठिनाई, सङ्ख्या थप्न माग

काठमाडौँ / वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्दार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको

उडान सङ्ख्या थप्न सरकारसंग माग

वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको छ। हाल तोकिएको ५० प्रतिशत उडान सङ्ख्याले यात्रु उद्धार गर्न कठिनाइ भएको तथा उडान सङ्ख्या घट्नेबित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायुसेवा कम्पनीले धान्नै नसकिने भएकाले सङ्घले विज्ञप्तिमार्फत उडान सङ्ख्या थप्न माग गरेको छ।‘हामी यसका लागि सस्तो भाडादर तथा सहज र सङ्क्रमण नफैलिने तरिकारले उडान गर्न प्रतिबद्धता व्यक्त गर्दछौँ । सहज र सस्तो उडानका लागि

उडान सङ्ख्या थप्न माग

वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको छ । हाल तोकिएको ५० प्रतिशत उडान सङ्ख्याले यात्रु उद्धार गर्न कठिनाइ भएको तथा उडान सङ्ख्या घट्नेबित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायुसेवा कम्पनीले धान्नै नसकिने भएकाले सङ्घले विज्ञप्तिमार्फत उडान सङ्ख्या थप्न माग गरेकोे छ ।      ‘हामी यसका लागि सस्तो भाडादर तथा सहज र सङ्क्रमण नफैलिने तरिकारले उडान गर्न प्रतिबद्धता व्यक्त गर्दछौँ । सहज र सस्तो उडानका लागि निषधाज्ञा अगा...

असार १ देखि आन्तरिक उडान खुला गर्न वायुसेवा सञ्चालक संघको आग्रह

वायु सेवा सञ्चालक संघले असार १ गतेदेखि आन्तरिक उडान खुला गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै वायु सेवा सञ्चालक संघले आन्तरिक उडान खुला गर्न माग गरेको हो ।  सरकारले निषेधाज्ञालाई क्रमश खुकुलो बनाउँदै लैजाने तयारी गरेको समाचार प्रकाशमा आइरहेको समयमा आन्तरिक उडान शुरू गर्न वायु सेवा संचालक संघले माग गरेको हो ।  संघका प्रथम उपाध्यक्ष अनोज रिमालले अन्तराष्ट्रिय प्रावधान अनुसारका सुरक्षा मापदण्डअनुसार विमान सञ्चालन गर्न तयार रहेको उल्लेख गरे...