सरकार र वायु सेवा सञ्चालकहरुबीच सहमति

काठमाडौं । आज बुधबारदेखि देशभर आन्तरिक उडान बन्द गर्ने वायु सेवा सञ्चालकहरुले आज बिहान ११ बजेदेखि उडान सुचारु गर्ने भएका छन् । नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच मंगलबार राति भएको वार्तापछि वायु सेवा सञ्चालकहरु सेवा सुचारु गर्न तयार भएका हुन । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको समन्वयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा […]

सम्बन्धित सामग्री

वायु सेवा निगमको पुनर्संरचना गरिने

५ जेठ, काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमको पुनर्संरचना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त वैठकमा प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने बताएका हुन् । उनले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवम् टर्मिनल भवनको स्तरोन्नती गरिने पनि बताए । हवाइ सम्बन्धी […]

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।...

नेपाल वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

काठमाडौँ – सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालय तानेको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले […]

वायु सेवा निगमले साउदी अरेबियामा उडान गर्ने

काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले साउदी अरेबियाको रियादमा उडान गर्ने भएको छ । आज आइतवार नेपाल वायु सेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएको छ । उडान अनुमतिअनुसार नेपाल वायु सेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेकाे विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीकाे पहलमा यो उडान अनुमति प्राप्त भएको निगमले जनाएको छ ।  निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक...

तत्काल ई–टिकटिङ लागू गर्न नेपाल वायु सेवा निगमलाई मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमलाई तत्काल ई–टिकटिङ लागू गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजना गरिएको मन्त्रालय एवं अन्तर्गतका निकायका प्रमुखहरूसँगको छलफल कार्यक्रममा मन्त्री आलेले नेपालको ध्वजावाहक नेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवाहरू विद्युतीय माध्यमबाट प्रदान गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएका हुन् । उनले भने, “नेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवाहरू नागरिकले छिटोछरितो जानकारी लिनका लागि सेवाहरू विद्युतीय माध्यमबाट जानकारी दिनसक्ने ग...

वायु सेवा निगम सुधारको लागि समिति गठन गर्न अर्थको सुझाव

नेपाल वायु सेवा निगमको भावी कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने अर्थ मन्त्रालयले बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अध्ययन समिति गठन गर्नुपर्ने बताए ।उनले उक्त समितिमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ समेत राख्नुपर्ने बताए । उक्त समितिले १५ देखि २० दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी प्रक्रिया अघि बढाउनुपर्ने अर्थमन्त्री शर्माको भना

वायु सेवा निगमका कर्मचारीहरूलाई अन्य संस्थाका कर्मचारीको पनि ऐक्यबद्धता

काठमाडाैं : नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागिएको भन्दै आन्दोलनरत कर्मचारीका ट्रेड युनियनहरूलाई अन्य विभिन्न संस्था तथा निकायका कर्मचारी संघ संगठनहरूले ऐक्यबद्धता जनाएका छन्।नेपाल वायु सेवा निगमलाई निजीकरण गर्नका लागि कम्पनीको प्रबन्ध-पत्र र नियमावली समेत बनाइसकेको र निगमलाई बेच्न लागिएको भन्दै कर्मचारीहरू निरन्तर आन्दोलित छन्।निजीकरण गर्ने निर्णय फिर्ता लिनुपर्ने र निगमको सञ्चालक समिति सदस्यहरू र महाप्रबन्धकको राजीनामा माग गर्दै वायु सेवा निगममा क्रियाशील ट्रेड युनियनहरू आन्दोलित छन्।आन्द

आन्दोलनमा उत्रिए, वायु सेवा निगमका कर्मचारी (फोटो फिचर)

काठमाडौ : नेपाल वायु सेवा निगमका कर्मचारीहरूले आन्दोलित भएका छन्। निगमलाई निजीकरण गरिने निर्णयप्रति आपत्ति जनाउँदै कर्मचारीहरूले प्रदर्शन गरेका छन्। कर्मचारीहरूले निगमलाई निजीकरण गर्ने निणय फिर्ता नहुन्जेल आन्दोलन गरिरहने बताएका छन्।त्यस्तै ट्रेड युनियनले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिम प्रकाश पौडेलको राजीनामा समेत माग गरेको छ। सरकारको स्वामित्वमा रहेको निगमलाई कौडीको भाउमा बेचेर निजीकरण गर्न कम्पनीको प्रबन्धपत्र र नियमावलीको मस्यौदासमेत तयार पारिसक्दा पनि महाप्रबन्धक पौडेलले सरोकारवालासँ

टेलिकम र वायु सेवा निगम निजीकरण गर्न खोजिएको हो ? अर्थसचिव ढुंगानाले दिए जवाफ

घाटामा गएको नेपाल वायु सेवा निगमलाई निजीकरण गर्नु भन्दापनि रणनीतिक साझेदार भित्र्याउने तयारी भएको सरकारले बताएको छ । बजेट समीक्षा गर्न आइतवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थसचिव शिशिर कुमार ढुंगानाले प्रतिस्पर्धात्मक प्रणालीबाट रणनीतिक साझेदार भित्र्याउने तयारी भएको बताएका हुन ।  ‘वायु सेवा निगममा प्रतिस्पर्धात्मक प्रणालीबाट स्टाटेजिक पार्टनर ल्याउने तयारी भएको छ, मोडालिटीका लागि कार्यदल गठन गरेर ड्राफ्ट गर्ने हो’ उनले भने ।  यस्तै नेपाल टेलिकमलाई निजीकरण गर्न खोजिएको नभई टेलिकमक...

वायु सेवा निगमको सञ्चालक समितिमा प्रधान नियुक्त

सरकारले राष्ट्रिय ध्वजाबाहक वायु सेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्यमा किशोर प्रधानलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगर महानगरपालिका–१० मोरङका किशोरकुमार प्रधानलाई मंगलवार निगमको बोर्ड सदस्यमा नियुक्त गरेका हुन् ।  मन्त्री ढकालले निगमको बोर्ड सञ्चालकमा ४ वर्षका लागि प्रधानलाई नियुक्त गरेका पर्यटन मन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिए । नेपाल वायु सेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा (१) बमोजिम प्रधानलाई नियुक्त...