निकुञ्ज क्षेत्रमा उडान निषेध गरेको विरोधमा उद्योगमन्त्रीलाई वायु सेवा सञ्चालकको ज्ञापन पत्र

काठमाण्डाै – वायु सेवा सञ्चालकहरुले निकुञ्ज क्षेत्रमा उडान निषेध गरेको विरोधमा उद्योगमन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाएका छन् । बुधबार वायु सेवा सञ्चालकहरुले सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्ज क्षेत्रमा उडानलाई निषेध गरेको विरोधमा मन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएका हुन् । वायुसेवा सञ्चालकहरुले मन्त्री भट्टलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै संरक्षित क्षेत्रहरुमा पूर्ववत् रुपमा प्रचलित व्यवस्थानुसार नै सम्पूर्ण प्रकृतिका हेलिकप्टर उडानहरु निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था गरिदिन माग गरेका छन् ...