रुपन्देहीमा ५७ करोड लगानीमा होटल सञ्चालन

१५ पुस, बुटवल । रुपन्देहीको तिलोत्तमा ५७ करोड लगानीमा द एस आर होटल एन्ड इभेन्टस् प्रालि सञ्चालनमा आएको छ । आफ्नै स्वामित्वको १२ कठ्ठा जग्गामा ६ जनाको सामूहिक लगानीमा सुविधासम्पन्न ३२ कोठासहितको होटल सञ्चालनमा आएको हो । भूकम्प प्रतिरोधी ६ तले भवनको होटलमा ५०० जना क्षमताको जल्सा बहुउद्देश्यीय हल, ग्राउन्ड फ्लोरमा जम्बालय फाइन डाइनिङ रेस्टुरेन्ट […]

सम्बन्धित सामग्री

पाँचथरमा ५ करोड लगानीमा होटल सञ्चालन

कोरोना संकट पूर्व बाह्य पर्यटनलाई लक्षित गरेर सुरु गरिएको होटल कोभिड महामारीका बेला बन्द थियो। कोरोना कहरपछि नयाँ सजावटका साथ पुनः सञ्चालन गरिएको होटल सञ्चालक प्रकाश नेपालले बताए।...

१२ करोड लगानीमा बनेको थ्री सिक्स्टी स्काई होटल सञ्चालन

पर्यटकीय नगरी पोखरामा करोडौंका होटल तथा रेष्टुरेण्ट थपिने क्रम जारी रहेको छ । पछिल्लो समयमा पोखराको एक प्रतिष्ठित व्यवसायीक समूह चिल्ली ग्रुपको लगानीमा पोखरा-६ हल्लनचोकमा हिमालयन ग्लोरी इन प्रन.लि.ले थ्री सिक्स्टी स्काई लाउन्ज (रेष्टुरेण्ट) तथा होटल सञ्चालनमा ल्याएको छ । भूकम्प र कोरोनाको कारण बैंकको व्याजदर बढ्दा-बढ्दै पनि जोखिम मोलेर पोखरामा पर्यटनको अथाह सम्भावना देखेर […]

बन्दीपुरमा साढे ३ करोड लगानीमा फनपार्क सञ्चालनमा

तनहुँको बन्दीपुरमा निर्माण गरिएको फनपार्क शुक्रवारदेखि सञ्चालनमा आएको छ । करीब साढे ३ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो ।  बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए । फनपार्कमा बाल उद्यान, पिङ, बगैंचामा फोटो खिच्न आर्कषक संरचना तयार गरिएको छ । २० वटा सुविधाजन्य कोठा र ८० जना क्षमताको सेमिनार हल सहितको होटल केही दिनभित्र सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ...

५० करोडको लगानीमा गोरखा गार्डेन सञ्चालन

गोरखा सदरमुकाममा गोरखा गार्डेन होटल सञ्चालनमा आएको छ । गोरखा नगरपालिका–६ को अर्घलेमा ५० करोड रुपैयाँको लगानीमा गोरखा गार्डेन सञ्चालनमा आएको हो । गोरखा गार्डेन होटल प्रालिले बिहीबार पत्रकार सम्मेलन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै होटल सञ्चालनमा ल्याएको जनाएको छ ।होटलमा २ स्विट, १० सुपर डिलक्स र ३४ डिलक्स गरी ४६ कोठा रहेको […]

१ करोड लगानीमा ‘होटल दरबार एन्ड रेस्ट्रो’ सञ्चालन

सुनसरी । पछिल्लो समय इटहरीमा स्तरीय होटल रेस्टुराँ सञ्चालन हुने क्रम बढेको छ । नगरमा नयाँ नयाँ व्यवसायसँगै होटल क्षेत्रमा लगानी गर्नेहरू पनि बढेका हुन् । यसैबीच पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरी–१७ लविपुरमा १ करोडको लगानीमा ‘होटल दरबार एन्ड रेस्ट्रो’ सञ्चालनमा आएको छ । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेलले शनिवार उक्त होटलको उद्घाटन गरेका छन् । आन्तरिक पर्यटकलाई नेपाली खानाको स्वाद चखाउन तथा चिकेनका पारखीहरूलाइ ध्यानमा राख्दै होटल सञ्चालनमा ल्याइएको सञ्चालक नगेन्द्रबहादुर राईले बताए । होटलका अन्य लगानीकर्तामा मच्छिन्द्र राई र राज नेहाङ रहेका छन् । होटलमा नेपाली मौलिक खानासँगै तन्दुरी परिकार उपलब्ध हुने सञ्चालक राईले बताए । होटल उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष पौडेलले इटहरीमा आन्तरिक पर्यटकलाइ सेवा प्रदान गर्न खोलिएका होटलकै कारण शहरको सान बढेको बताए । ‘कोरोना कहरबीच होटलहरू धराशयी बनिरहेको अवस्थामा करोडौं लगानीमा सञ्चालन गर्नु इटहरीका लागि गौरवको विषय हो,’ उनले भने । कार्यक्रममा होटल तथा लज व्यवसायी समिति इटहरीका अध्यक्ष उमेशकुमार थापा, होटल व्यवसायी महासंघ प्रदेश नं १ का उपाध्यक्ष गोविन्द थापा, होटल तथा लज व्यवसायी समिति इटहरीका सचिव विनोद कार्की लगायतले उक्त होटल सञ्चालनले यस क्षेत्रमा लगानीका लागि सकारात्मक सन्देश दिएको बताएका थिए ।

ठमेलमा अढाइ अर्बको चारतारे होटल सञ्चालन

राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा कोरोनाको कहरका बीच दुई अर्ब ५० करोड लगानीमा चारतारे होटल सञ्चालनमा आएको छ।

१३ करोड लागतमा होटल सञ्चालन

दोलखा । दोलखा सदरमुकाम चरिकोटमा १३ करोडको लागतमा होटल ‘एम्ब्रोसिया’ सञ्चालनमा आएको छ । चरिकोटका स्थानीय व्यवसायी दिनेश बस्नेतले उक्त लगानीमा दुईतारे स्तरको होटल सञ्चालनमा ल्याएका हन् । शनिवार उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले एक कार्यक्रमका बीच होटलको उद्घाटन गरे । होटल स्थापनामा करीब १३ करोड लगानी भएको होटलका सञ्चालक बस्नेतले बताए । होटलमा सातओटा सुइट तथा २८ ओटा डिलक्स रूम छन् । ५०० जना क्षमताको सभाकक्ष तथा अन्डर ग्राउन्ड पार्किङको व्यवस्था भएको होटलमा एकैपटकमा ८० जनालाई सेवा पुर्‍याउन सकिने रेष्टुराँ रहेको सञ्चालक बस्नेतले जानकारी दिए । दोलखा मनोरम पहाडी जिल्ला भएकाले यहाँको पर्यटन क्षेत्रमा बढी सम्भावना देखेकाले आफूले होटल व्यवसायमा लगानी गरेको उनको भनाइ छ ।

१५ करोड लगानीमा फनपार्क सञ्चालन

दाङ (अस) । करीब रू. १५ करोड लगानीमा दाङको घोराहीमा ‘फनपार्क’ सञ्चालनमा आएको छ । दाङ फर्न भ्याली प्रालिले घोराही उपमहानगरपालिका वडा नं १० अम्राईमा फनपार्क सञ्चालनमा ल्याएको हो । करीब तीन वर्षपछि निर्माण सम्पन्न गरी फनपार्क सञ्चालन गर्न सफल भएको कम्पनीका महाप्रबन्धक नरेशकुमार श्रेष्ठले बताए । झन्डै ३ बिगाहा ५ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको फनपार्कमा होटल, बालउद्यान, गेष्ट रूम, पाटी प्यालेस, रेष्टुराँ, इन्डोर गेम, लाइज जिम, ब्याडमिन्टन कोट, वाटर पार्क, प्रतियोगिता गराउन मिल्ने स्वीमिङ पुललगायतको व्यवस्था छ । जिल्ला सदरमुकाम घोराहीदेखि नजिकै भएकाले अहिले फनपार्कमा आउनेहरू बढेका छन् । ‘बजारको नजिक भएर पनि होला, विशेषगरी बिदाको समयमा यहाँ मानिसको भीड बढी हुन्छ,’ महाप्रबन्धक श्रेष्ठले भने । फनपार्कमा श्रेष्ठसहित ११ जनाको लगानी छ ।

तिलोत्तमामा ८ करोड लगानीमा होटेल मदानी सञ्चालन

११ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरपुरमा आठ करोड रुपैयाँ लगानीमा होटल मदानी सञ्चालनमा आएको छ । बुटवल–भैरहवा सडकखण्डको शंकरपुरमा करिब ५ कठ्ठा क्षेत्रफलमा बनेको होटलको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले शनिबार उद्घाटन गरे । होटलमा १६ वटा वातानुकूलित कोठासहित २ सय जना क्षमताको ब्यांक्वेट हल, ५० जना क्षमताको सेमिनार हल, रुफटप बारसहितका सुविधा […]

गैँडाकोटमा ११ करोड लगानीको होटल मुन स्टार आयो सञ्चालनमा

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका– २ स्थित शिलान्यास चोकमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । तीनतारे होटल सञ्चालन गर्ने लक्ष्यसहित ११ करोड रुपैयाँको लगानीमा होटल मुन स्टार सञ्चालनमा ल्याइएको हो