तिलोत्तमामा ८ करोड लगानीमा होटेल मदानी सञ्चालन

११ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरपुरमा आठ करोड रुपैयाँ लगानीमा होटल मदानी सञ्चालनमा आएको छ । बुटवल–भैरहवा सडकखण्डको शंकरपुरमा करिब ५ कठ्ठा क्षेत्रफलमा बनेको होटलको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले शनिबार उद्घाटन गरे । होटलमा १६ वटा वातानुकूलित कोठासहित २ सय जना क्षमताको ब्यांक्वेट हल, ५० जना क्षमताको सेमिनार हल, रुफटप बारसहितका सुविधा […]

सम्बन्धित सामग्री

५० करोड लगानीमा बुटिक होटेल

रूपन्देहीको बुटवलस्थित मिलनचोकमा ५० करोड लगानीमा पहिलो बुटिक होटेलका रूपमा ड्रिम इन्टरनेसनल होटेल सञ्चालन भएको छ ।जिल्लाको मणिग्राममा चार तारे होटेल ड्रिम ल्यान्ड गोल्ड रिसोर्टसमेत सञ्चालन गरिरहेका व्यवसायी गोपाल रानाले एकल पारिवारिक लगानीमा ४० कोठासहितको होटेल सञ्चालनमा ल्याएका हुन् । साढे चार कठ्ठा जग्गामा नेपालीपन झल्किने गरी बनेको सो तीन तारेस्तरको होटेल हो ।होटेलमा ४ […]

बुटवलमा ५० करोड लगानीमा बुटिक होटेल

बुटवल ।  रुपन्देहीको बुटवलस्थित मिलनचोकमा रु ५० करोड लगानीमा पहिलो बुटिक होटेलका रुपमा ड्रिम इन्टरनेसनल होटेल सञ्चालन भएको छ ।जिल्लाको मणिग्राममा चार तारे होटेल ड्रिम ल्यान्ड गोल्ड रिसोर्टसमेत सञ्चालन गरिरहेका व्यवसायी गोपाल रानाले एकल पारिवारिक लगानीमा ४० कोठासहितको होटेल सञ्चालनमा ल्याउनुभएको छ । साढे चार कठ्ठा जग्गामा नेपालीपन झल्किने गरी बनेको सो तीन तारेस्तरको होटेल […]

बन्दीपुर केबुलकार बनाउन २५७ रूख काटिने, माथिल्लो स्टेसनमा नौतल्ले चारतारे होटेल

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकारको ‘राइट अफ वे’मा दुई सय ५७ रूख काटिने भएको छ । केबुलकार निर्माणका लागि त्यसमार्गमा पर्ने रूख काट्न लागिएको हो । सबडिभिजन वन कार्यालय बन्दीपुरले शुक्रबारदेखि रूख कटानका लागि स्थलगत निरीक्षण सुरु गरेको छ । बन्दीपुर गाउँपालिका–४ स्थित कोच्चो सामुदायिक वनभित्रको दुई सय ५७ रूख काट्न लागिएको सबडिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख सुरेश भुजेलले जानकारी दिए । रूख काट्नका लागि वन विभागबाट स्वीकृति प्राप्त भइसकेको छ । “दुई हप्ताभित्र रूख काटेर सकिन्छ, काटेको रूख सामुदायिक वनलाई बुझाउनुपर्छ,” उनले भने । आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबुलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको छ । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरुको कम्पनी हो, जहाँ एक हजार एक सयभन्दा बढी लगानीकर्ता रहेका छन् । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ । विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबुलकार सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । तर कोभिड–१९ को प्रभावका कारण उक्त लक्ष्य प्रभावित भएको छ । विसं २०७६ चैत दोस्रो सातादेखि कोभिड–१९ का कारण लकडाउन भएपछि परियोजनाको काम प्रभावित भएको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । अब विसं २०७९ फागुन १ गते बटम स्टेसनको सम्पूर्ण काम र केबुलकारको सम्पूर्ण काम सकेर व्यावसायिक सञ्चालन गरिने शर्माले जानकारी दिए । कम्पनीले विसं २०७९ वैशाख १ गतेदेखि होटेललगायत सम्पूर्ण पूर्वाधार प्याकेजसहित फुलफेजमा पर्यटन पूर्वाधारयुक्त केबुलकार परियोजना सञ्चालनमा ल्याउने रणनीति बनाएको थियो । माथिल्लो स्टेसनको बहुआयामिक चारतारे होटेलसहितको निर्माण सम्पन्न गरी विसं २०८० असोज १ गते परियोजना मूल योजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ । तर कम्पनीले त्यस भन्दा अगावै विसं २०७८ फागुन १ गते रेष्ट्रो जोन जोन सञ्चालनमा ल्याउने भएको छ । “केबुलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ देखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ,” शर्माले भन्नुभयो । उहाँका अनुसार तल्लो र माथिल्लो स्टेसनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ ।परियोजनाको कूल लागत रु दुई अर्ब दश करोड पुगेको छ । मोनोकेवल डिटाचवेल रोटेटिङ गोन्डोला प्रविधिमा आधारित १९ गोन्डालामार्फत प्रतिघण्टा तीन सय यात्रीहरु बोक्न सक्ने क्षमता रहे पनि त्यसलाई विस्तार गरिएको छ । बजारको माग र चापका कारण यसलाई विस्तारित गर्दै २५ वटा गोन्डोला मेटेरियल क्याविनसहित प्रतिघण्टा पाँच सय यात्रुहरु बोक्ने र दैनिक १६ घण्टामाथि सेवा दिन सक्ने गरी अत्याधुनिक प्रविधि जडान गरी पूर्वाधार थप गरिने कम्पनीले जनाएको छ । यहाँ ल्यान्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडी ः बन्दिपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेसनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको शर्माले बताए ।यसैगरी वाटर पार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ । माथिल्लो स्टेसनमा नौतल्ले चारतारे होटेल बन्नेछ । यसअगाडि ६६ कोठा रहे पनि अब त्यसलाई बढाएर ८४ देखि एक सयसम्ममा स्तरोन्नति गरिनेछ । होटेललाई निश्चित समय र व्यवस्थापन पार गरेर चारतारेबाट पाँचतारे होटेलमा रुपान्तरण गर्ने गरी रणनीतिक तयारी थालिएको कम्पनीका सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिए । एक अर्ब अधिकृत पूँजी रहेको कम्पनीको जारी पूँजी रु ७५ करोड र चुक्ता पूँजी रु २० करोड रहेकामा त्यसलाई बढाएर रु ९० करोड पु¥याउने लक्ष्य लिइएको छ ।

कोहलपुरमा चारतारे होटल ‘सेन्टर प्लाजा’ पूर्ण रूपमा सञ्चालन

पश्चिम नेपालको प्रवेशद्धार बाँकेको कोहलपुरमा रहेको होटल सेन्टर प्लाजा पूर्ण रूपमा सञ्चालनमा आएको छ। २२ कठ्ठा क्षेत्रफलमा फैलिएको होटलमा ८० वटा कोठा छन्। नौ वर्षअघि बाँकेको कोहलपुरमा ५ करोड रुपैयाँको लगानीमा होटल व्यवसाय थालेको होटल सेन्टर प्लाजा प्रालिले कोहलपुरकै मदनचोक नजिकै ५५ करोड लगानीमा अर्को चारतारे होटेल ‘सेन्टर प्लाजा निर्माण गरेको हो। निर्माण सुरु भएको २५…