१५ करोड लगानीमा फनपार्क सञ्चालन

दाङ (अस) । करीब रू. १५ करोड लगानीमा दाङको घोराहीमा ‘फनपार्क’ सञ्चालनमा आएको छ । दाङ फर्न भ्याली प्रालिले घोराही उपमहानगरपालिका वडा नं १० अम्राईमा फनपार्क सञ्चालनमा ल्याएको हो । करीब तीन वर्षपछि निर्माण सम्पन्न गरी फनपार्क सञ्चालन गर्न सफल भएको कम्पनीका महाप्रबन्धक नरेशकुमार श्रेष्ठले बताए । झन्डै ३ बिगाहा ५ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको फनपार्कमा होटल, बालउद्यान, गेष्ट रूम, पाटी प्यालेस, रेष्टुराँ, इन्डोर गेम, लाइज जिम, ब्याडमिन्टन कोट, वाटर पार्क, प्रतियोगिता गराउन मिल्ने स्वीमिङ पुललगायतको व्यवस्था छ । जिल्ला सदरमुकाम घोराहीदेखि नजिकै भएकाले अहिले फनपार्कमा आउनेहरू बढेका छन् । ‘बजारको नजिक भएर पनि होला, विशेषगरी बिदाको समयमा यहाँ मानिसको भीड बढी हुन्छ,’ महाप्रबन्धक श्रेष्ठले भने । फनपार्कमा श्रेष्ठसहित ११ जनाको लगानी छ ।

सम्बन्धित सामग्री

बन्दीपुरमा फनपार्क सञ्चालनमा

बन्दीपुर । बन्दीपुरमा निर्माण गरिएको फनपार्क शुक्रबारदेखि सञ्चालनमा आएको छ । करिब साढे तीन करोड लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो ।  बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए ।  फनपार्कमा बाल उद्यान, पिङ,...

बन्दिपुरमा फनपार्क सञ्चालन

तनहुँ, ३ पुस: बन्दिपुरमा निर्माण गरिएको फनपार्क शुक्रबारदेखि सञ्चालनमा आएको छ । करिब रु साढे तीन करोड लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो । बन्दिपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए । फनपार्कमा बाल उद्यान, पिङ, बगैँचामा […]

बन्दीपुरमा साढे ३ करोड लगानीमा फनपार्क सञ्चालनमा

तनहुँको बन्दीपुरमा निर्माण गरिएको फनपार्क शुक्रवारदेखि सञ्चालनमा आएको छ । करीब साढे ३ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो ।  बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए । फनपार्कमा बाल उद्यान, पिङ, बगैंचामा फोटो खिच्न आर्कषक संरचना तयार गरिएको छ । २० वटा सुविधाजन्य कोठा र ८० जना क्षमताको सेमिनार हल सहितको होटल केही दिनभित्र सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ...

दाङमा २० करोड लगानीमा फनपार्क सञ्चालन

दाङ : घोराही उपमहानगरपालिका–१० अमराईमा रहेको दाङ फन भ्याली नामक फन पार्क सञ्चालनमा आएको छ। पार्क सञ्चालनमा आएपछि अहिले स्थानीय पर्यटकको पहिलो रोजाइ बन्न थालेको छ।तुलसीपुर–१० की सीता नेपालीले यस ठाउँमा सुविधा युक्त पार्क सञ्चालनमा आएको थाहा पाएपछि घुम्न आएको बताइन्। उनले अन्य पार्कभन्दा यस पार्क धेरै राम्रो लागेको बताइन्। घोराही र तुलसीपुरको बीच भागमा रहेको र यातायातको पनि सहजता भएकाले बाह्य जिल्लाका पर्यटकहरू पनि घुम्न आउने उनले बताइन्।यो पार्क दाङका युवाहरूको संयुक्त लगानीमा सञ्चालन

बंगलाचुली पार्कतर्फ आन्तरिक पर्यटनको आकर्षण बढ्दै

साउन ४, दाङ । पछिल्लो चरणमा दाङको विभिन्न ठाउँहरुमा विभिन्न पार्कहरु सञ्चालन गर्दै आन्तरिक पर्यटन विकासको थालनी गरिएको छ । यसैको उदाहरणीय बनेको छ दाङको बंगदाचुली गाउँपालिकाले बनाएको ‘बंगलाचुली पार्क’ । बंगलाचुली गाउँपलिका वडा नं. ५ को पुरानो बजार मुर्कुटीदेखि पूर्व–उत्तरमा रहेको अग्लो पहाडलाई पर्यटकीय स्थलका रुपमा विकास गरिएको छ । करीब २५० रोपनी क्षेत्रफलमा गाउँपालिकाले पार्क निर्माण गरेको हो । सामुदायिक वन क्षेत्रको रुपमा रहेको यो क्षेत्रफललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि बृहत योजनका साथ अघि बढाइएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले बताए । ‘यस क्षेत्रलाई पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ’, उनले भने, ‘केही भौतिक संरचना बनिसकेका छन् भने केही बन्दैछन् ।’ पार्कस्थलमा अहिले रू. १ करोड २६ लाखको लगानीमा आधुनिक भ्यू–टावर निर्माण भइरहेको छ । निर्माणको जिम्मा पाएको अम्बे निर्माण सेवा कम्पनीले भ्यू–टावर निर्माणको लागि २०७८ को असार मसान्तसम्म निर्माण गरिसक्ने सम्झौता छ । यो सँगै भ्यू–टावरको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । भ्यू–टावर सञ्चालनमा आएपछि भारतका विभिन्न ठाउँ, प्युठानको स्वर्गद्वारी मन्दिर, विभिन्न हिमालहरु लगायत दाङ उपत्यकाको सहजै अवलोकन गर्न सकिनेछ ।  त्यसैगरी पार्कस्थलमा प्रतिक्षालय, नाचघर, पार्कको विभिन्न ठाउँमा बस्नका लागि कुर्सी, भ्यू–टावरको संरक्षणका लागि पर्खाल, गेट र हिँडडुल गर्नका लागि पक्की बाटोलगायतका विभिन्न संरचनाहरु निर्माण सम्पन्न भइसकेको गाउँपालिकाले बताएको छ ।  यी संरचना निर्माणका लागि प्रदेश सरकार अन्तर्गत डिभिजन वन कार्यालयमार्फत गतवर्ष रू. ५० लाख र यस वर्षमा २० लाख गरी रू. ७० लाख लगानी गरिएको छ । त्यस्तै गाउँपालिकाले पनि २० लाख र पर्यटन बोर्ड भैरहवाले ५ लाख लगानी गरेको अध्यक्ष वलीले जानकारी दिएका छन् । विभिन्न क्षेत्रबाट करोडौंको लगानी भएपनि धेरै संरचना बनाउन अझै बाँकी रहेको त्यसलाई निरन्तरता दिदै लैजाने उनको भनाइ छ । अहिले सो क्षेत्र आन्तरिक पर्यटनकको आकर्षणको केन्द्रविन्दु बनेको छ । पार्कमा दिनदिनै घुम्न र अवलोकन गर्न आउनेहरुको लर्काे हुन्छ ।  जिल्लाको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिका, त्यसको पनि सुदूरपूर्व प्यूठान र दाङको सीमा क्षेत्र जिल्ला सदरमुकाम घोराहीदेखि ३२ किलोमिटरको दूरीमा छ । हराभरा जंगल, चिसो हावापानी, उत्तरतिर देखिने प्यूठानको पवित्र धार्मिक स्थल स्वर्गद्वारी र हिमालसँगै दक्षिणतिर नेपालका तराईदेखि भारतसम्मका फाँटसम्म देख्न पाइन्छ ।  १५ करोड लगानीमा ‘फनपार्क’  करीब रू. १५ करोड लगानीमा दाङको घोराहीमा ‘फनपार्क’ सञ्चालनमा आएको छ । दाङ फर्न भ्याली प्रा.लि.ले घोराही उपमहानगरपालिका वडा नं. १० अम्राईमा फनपार्क सञ्चालनमा ल्याएको हो ।  झण्डै तीन वर्षपछि निर्माणको काम सम्पन्न गरी फनपार्क सञ्चालन गर्न सफल भएको प्रालिका महाप्रबन्धक नरेशकुमार श्रेष्ठले बताए । ‘करीब ३ वर्षको मिहनेतपछि पार्क सञ्चालन गर्न सफल भएका छौं’, उनले भने, ‘अहिले सबैको आकर्षकणको विन्दु बनेको छ ।’ झण्डै ३ विगाह ५ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको फनपार्कमा होटल, बालउद्यान, गेष्ट रुम, पाटी प्यालेस, रेष्टुरेण्ट, इन्डोर गेम, लाइज जिम, व्याडमिनटन कोट, वाटर पार्क, प्रतियोगीता गराउन मिल्ने स्वीमिङ पुललगायको व्यवस्था छ । जिल्लाको सदरमुकाम घोराहीदेखि नजिकै भएकाले अहिले फनपार्क सबैको आकर्षकको केन्द्र बनेको छ । विदाको दिनमा आन्तरिक पर्यटकहरुलाई घुम्न घामका लागि राम्रो स्थल बनेको छ । ‘बजारको नजिक भएर पनि होला, विशेष गरी विदाको समयमा यहाँ मानिसहरुको भिड बढी हुन्छ’, महाप्रबन्धक श्रेष्ठले भने । फनपार्कमा श्रेष्ठसहित ११ जनाको लगानी रहेको छ ।

१५ करोड लगानीमा फनपार्क सञ्चालन

कोरोना संक्रमणको महामारी जारी रहेकै अवस्थामा दाङमा होटल र बाल उद्यान्नसहितको फन पार्क सञ्चालनमा आएको छ ।घोराही उप–महानगरपालिका–१० को अमराइमा विभिन्न सेवा एकै स्थानमा प्रदान गर्न गरेर फन पार्क सञ्चालनमा ल्याएको हो । ३ वर्ष अघिबाट निर्माण सुरु गरिएको दाङ फर्न भ्याली प्रालि सञ्चालनमा ल्याएको हो । उक्त फन पार्कमा हालसम्म करिव १५ करोडको लगानी […]