५० करोडको लगानीमा गोरखा गार्डेन सञ्चालन

गोरखा सदरमुकाममा गोरखा गार्डेन होटल सञ्चालनमा आएको छ । गोरखा नगरपालिका–६ को अर्घलेमा ५० करोड रुपैयाँको लगानीमा गोरखा गार्डेन सञ्चालनमा आएको हो । गोरखा गार्डेन होटल प्रालिले बिहीबार पत्रकार सम्मेलन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै होटल सञ्चालनमा ल्याएको जनाएको छ ।होटलमा २ स्विट, १० सुपर डिलक्स र ३४ डिलक्स गरी ४६ कोठा रहेको […]